साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सुनै मात्र फल्ने भयो देशभित्र

यहाँ बाउसे छन् ठुला कारवाला र रोपारका छन् मुठे झ्याप्प बाला यिनैले बनाए सुनैभित्र मित्र सुनै मात्र फल्ने भयो देशभित्र ॥

Nepal Telecom ad

कविराज घिमिरे :

छ जो शत्रु आफ्नो सबै एक हुन्छन्
सुनैको खलोमा सबै लट्पटिन्छन्
मिली रोप्न थाल्छन् सुनै पो विचित्र
सुनै मात्र फल्ने भयो देशभित्र ॥१

सुनैको छ खाना सुनैको छ नाना
सबै ढोल झ्याम्टा सुनैका बजाना
युवादेखि पाका सुनै यत्रतत्र
सुनै मात्र फल्ने भयो देशभित्र ॥२

छ साथी सुनैको र वैरी सुनैको
र भन्सार चोखो पहेँलै सुनैको
कतै छैन खाली जिमीभित्र चित्र
सुनै मात्र फल्ने भयो देशभित्र ॥३

न जोत्ने छ लेठा न पानी दिने हो
न बाढी न पैह्रो न चिन्ता लिने हो
दलालीहरूकै लगानी छ यत्र
सुनै मात्र फल्ने भयो देशभित्र ॥४

यहाँ बाउसे छन् ठुला कारवाला
र रोपारका छन् मुठे झ्याप्प बाला
यिनैले बनाए सुनैभित्र मित्र
सुनै मात्र फल्ने भयो देशभित्र ॥५

समातेर देखाउँदा हुन्न साँडे
छ लाठे त्यहाँ झन् उही आलुपाँडे
त्यसैले बढ्यो झन् अहा ! गर्भपत्र
सुनै मात्र फल्ने भयो देशभित्र ॥६

०००
भक्तपुर ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
वृद्धका सकसको …

वृद्धका सकसको …

कविराज घिमिरे
वृद्ध हुन् कि वा युवा…

वृद्ध हुन् कि वा...

कविराज घिमिरे
मुमा सरह नै हुन् कर्मदाता पनि

मुमा सरह नै हुन्...

कविराज घिमिरे
कालेको ‘बा’

कालेको ‘बा’

रणबहादुर बुढाथोकी ‘भैया’
भर्खर नुहाएको सहर

भर्खर नुहाएको सहर

डा. दामाेदर पुडासैनी किशाेर
किनकि, म नर्स हुँ

किनकि, म नर्स हुँ

पार्वती पुडासैनी
म को हुँ ?

म को हुँ ?

युवराज भण्डारी
उत्पात भो

उत्पात भो

हेम अधिकारी
0
Would love your thoughts, please comment.x
()
x