ज्वाइँको धपेडी
लन्च खाएर आको त अप्सराले खुदै आफ्नो आँखाले ब्राको फिता मिलाइदिँदै गरेको देखेछ । अन्त अप्सराले बेङ्गोेलीको ढाड बाँङ्गिने गरि हानेछ नि त आग्लोले ।
जेन काइजेन :
हामी सबैले ज्वाइँसाब् भन्नु पर्ने हो तर सबैले सिकटे ज्वाइँ भन्छन्, अनि हामी पनि सिकटे ज्वाइँ नै भन्छौँ । माथिघरे काकाको छोरी उर्वसीसँग लभ परेपछि तल डुबर्सबाट ज्वाइँ माथि ससुराली छेउमा आयो । ऊ यता आएको पनि भयो होला हौ चार वर्ष जति त । चौरस्ता छेउमा दोकान छ हो उसको । बेङ्गाली हो नि त सिकटे ज्वाइँ । त्यहि भएर व्यापारमा त उसलाई कसैले भ्याउँदैन । त्यो हो के भन्छ नि कस्मेटिक सामान अनि ब्रा, पेन्टी बेच्छ हौ उसको दोकानमा । अब त्यहाँ दोकानमा बेच्ने सामान त उसले बनाएको हैन नि । तर कस्टमरलाई कस्तो मख्ख पारेर भुल्स्याइदिहाल्छ । सबै कुरा आफ्नै हातले बनाए जस्तो गर्छ । किरिम देऊ त ज्वाइँ भन्यो भने पाँचवटा निकाल्छ हो । अन्त भन्छ कि, “यो राति लगाउनू । बिहान उठ्दा छाला त कुलकुल हुन्छ । तिम्रो बुढाले पनि चिन्दैन तिमीलाई । अलिया भट्ट हुन्छ हौ तिमी त ओभरनाइट ।” हामी केटी मान्छेहरू झुठ भएपनि फुर्काएको चैँ मन पराउने क्या । अनि फेरि ज्वाइँले अर्को किरिम निकाल्छ र भन्छ, “यो किरिम आँखाको छेउ छेउमा लगाउनू । आँखा छेउको चाउरी त छु मन्तर भइजान्छ ।”
कस्तो मुटुमै लाग्ने कुरा गर्दिन्छ नि त त्यसले । आबो मलाई नै त्यस्तो परेको छ नि त । अहिले त टिकटकको जमाना छ हो, फोटो त राम्रो भएन भने त भ्यूज आउँदैन हो । अन्त लाजको मर्नु हुन्छ नि त । कति फोटो एडिट गर्नु भनेर चाउरीमारा किरिम लिनु गाको मलाई त तीनवटा किरिम भिडायो नि सिकटेले । मेरो त हाफ सेलरी नै गैगाको नि । तर था छ, त्यो किरिम लाएपछि कलिगहरु चाहिँ लास्ट जेलस् भाको जस्तो लागेको छ है मलाई । अन्त त्यो सुपरभाइजर राकेशदा पनि म देखि लास्ट फिदा भाको छ है । आजकाल त मलाई इजी इजी काम दिन्छ कि अन्त अरु केटीहरू पनि जेलसीले मरेको होला नि त । आ, मलाई त केहि मतलब छैन । म त सिम्पल मान्छे । अब राकेशदाले भ्यालु दिन्छ त म के गर्नु हौ ?
कसैको आँखामा क्रिमकाे फिट देखोस् मात्र न सिकटेले । क्या कन्भिन्स गर्दिन्छ हौ । अब तिम्रो मरद्ले अन्त आँखा लगाउला है, चाउरे अनुहार लिएर नहिँड भनेपछि त मनमा हल्का सिरेटो चल्छ नि त । हैन त ? अनि त आफ्नो फ्यूचर नै ड्यामेज हुने भएपछि त हल्का इन्भेष्ट गर्नु नै परो नि । अन्त ज्वाइँले स्किन टोनर भन्छ किन्यो, स्किन टाइट गर्ने किरिम भन्छ किन्यो । अझ हुँदा हुँदा बुढ्यौलीले छोएको अधबैंसे आइमाई दुकानमा आयो भने त सिकटेले के के चैेँ बेच्दैन भन्नु न । ए ! ब्रेस्ट टाइट गर्ने किरिम देखि यता, उता, तल, माथि कता कता हो कता कता म त भन्नु पनि शरम लाग्छ । त्यस्तो किरिमहरु, फेस मास्क, हो सेन्टहरू के के चैँ भिडाउँदैन र ? उता सिलिगुडिबाट सस्तोमा माल ल्याउँछ कि त अनि ओर्जिनल भन्दै नाफा खाएर यताकोलाई बेची पठाउँछ ।
उसको बुढियाको एउटा सतिदेवी स्कुटी छ नि हो त्यसैमा रन्केर उँधो र उँभो कुदेको आजकाल थोडा होइन सिकटे । म त त्यो अतालिएर कुदेको सहन नसकेर हिजो त सोधी पठाएँ नि । “ए सिकटे ज्वाईँ, कति फालिएर कुदी बस्छौ हो ? अप्सरा सुत्केरी भयो कि क्या हो ? सिकटे मुस्कुरायो र भन्यो, “छैन हो छ्यामा । यसपाला त होला जस्तो छ ।” हाम्रो अप्सरा चैँ अलिक हेल्दी छ भनुम् न । त्यहि कुइन्टल र १० केजी जति होला । फारेनतिर त त्यो केहि हैन तर यता चैं मोटी भन्दिन्छ क्या । हाम्रो अप्सराको बच्चा बसेकै छैन नि । त्यै पीरले हो कि के हो ज्वाईँ सुकेको खोर्सानी जस्तो खङरङ्ग भैसक्यो । दोकानै बन्द गरेर किन कुद्दै छ त यो ज्वाइँ भनेर मैले सोधेको, “अन्त तीजको बेला छ, दुकान त खोल्नुपर्दैन त ज्वाइँ ?”
“त्यै तीजले त अनि । उता अप्सराले वर्त लिन्छ कि यसपालि । उसको ममी पनि पाकीमदेखि आको छ । अरुहरू सबै गर्दा दशजना आइमाई पाहुना छ । अन्त त्यो भाइरल साडी ल्याएछ सबैको लागि एकै नासे । दरमा लाउने एउटा जातको, वर्तमा लाउने आर्को । अन्त फेरि पञ्चमीमा फेरि गुगल साडीको सेट आर्कै छ । अन्त साडीमा फल्स हाल्न लगिदेऊ भन्छ । उता सब्जी आर्कै छ । दुध, फलफूलहारु त छँदैछ । अनि त्यो डल्लै १० जनाको बलोच फेरि कसैको के मिलेन भन्छ, कसैको के मिलेन भन्छ । अन्त तल दर्जीकोमा कुद्यो । हल्का धपेडी छ हौ छ्यामा मलाई ।”
त्यति भनेर ज्वाँइ फेरि स्कुटीमा बत्तियो । उसको स्कुटी जडौरी भैगाको छ कि । कुद्दा कुद्दै के के पार्टस् खुस्केर झरिजान्छ । अन्त सतीदेवीको अंग पतनको कथा सम्झेर बेङ्गोली ज्वाइँको स्कुटीलाई सतिदेवी नाम राखिदेको नि ! ज्वाइँले त विज्जी भएर दोकान नखोलेको त भन्यो । तर खास कुरा त अर्कै छ नि त । मलाई चैं ढाट्नु पर्दैन क्या ! त्यो दोकानमा ट्रायल रुम नभाको नि त । अन्त तौलीले पर्दा गरेर एउटी केटीलाई ब्रा ट्राइ गराउँदो रैछ ज्वाइँ । लन्च खाएर आको त अप्सराले खुदै आफ्नो आँखाले ब्राको फिता मिलाइदिँदै गरेको देखेछ । अन्त अप्सराले बेङ्गोेलीको ढाड बाँङ्गिने गरि हानेछ नि त आग्लोले । अनि त अप्सरा बसेको बेला मात्र ज्वाईंलाई दुकानमा बस्नु दिँदो रैछ । ज्वाइँ अलिक त छिचरा नै छ क्या । त्यहि भएर अप्सरालाई गाह्रो छ ।
ऊ ऊ ऊ फेरि के लिएर भर्खर सुइँकियो ज्वाईं । तपाईंले देख्नु भयो त ? (दोबाटे भट्टिवाल्नी छ्यामासँगको गफमा आधारित है । आजु तीजको दिनमा त्यस्तो उस्तो त खान नहुने, त्यै पनि घरमा एक्लै हुँदा कता जाउँ जाउँ भयो । धूप पनि ज्यास्ति क्या ! तैट, ओभनमै पसेजस्तो । अन्त आँत पनि हरहर भयो कि अनि चिसो खानु छिरेको । यति कुरा सुन्नु पाइयो नि ।
०००
Subscribe
Login
0 Comments
Oldest