साइबर अपराध सम्बन्धी सचेतना सामग्री

लकडाउन कोर्ट

चिचीको पनि लोभ अनि पापाको पनि लोभ गरेर कसरी हुन्छ स्वार्थी मनुखे कसरी हुन्छ ? स्वार्थकै काँधमा चढ़ी जातिलाई बोर्डमा बन्दकी राख्नेहरूलाई सराउमा उठेको पैसाले के पो तर्छाला र !

Nepal Telecom ad

कृष्ण प्रधान :

दृश्य विवरण – समय : मध्यान्ह । स्थान : लकडाउन कोर्टभित्र मानिसहरू खचाखच छन् । जजको प्रवेश हुँदा उपस्थित सबै उठी अभिवादन गरिन्छ । जजले आसन-ग्रहण गरेपछि सामान्य खल्याङ्बल्याङ मच्चिन ।

जज – (चारैतिर हेरेर) अर्डर ! अर्डर ! (सबै चुप्प…नेपथ्यबाट कर्कश आवाज) “आरोपी हाजिर होउ ।” (कोरोनालाई विटनेस बक्समा उभ्याइन्छ । कोरोना प्रवेश हुँदा कोर्टभित्र खल्याङ्बल्याङ मच्चिन्छ ।) । अर्डर ! अर्डर ! (फेरि सबै चूप । आरोपीलाई हेर्दै) आरोपी पक्षका वकिल ?

कोरोना – म स्वयम् नै ।

वकिल – अब्जेक्शन योर अनर ।

जज – अब्जेक्शन ओभररुल्ड ।

वकिल – (अभिवादन गरी विटनेस बक्स छेउमा उभिएर खिसी गर्दै) कोरोना एलायस कोभिड ज्ञढ ।

कोरोना – यस आई एम ।

वकिल – तिमी ता आयौ…आयौ…लकडाउन पनि ल्याएर हामीलाई चिड़ियाखानामा बन्दी जनावरजस्तै बनायौ ।

कोरोना – यस । संसारका लोग्नेमान्छेहरू जति सबै छाड़ा भइसकेकाले म यो संसारभरि पेट्रोलिङ गर्दै लकडाउन लिएक आएकी हूँ । (उग्र व्यक्ति हातमा डाड़ु लिएर अनि एप्रोनसित प्रेवश) ।

जज – हू आर यू ?

हत्तु – आई एम हस्तबहादुर एलायस हत्तु योर अऩर । यो औरत (कोरोनालाई देखाउँदै) ले लकडाउन ल्याएकीले नै म हत्तु हैरान भएको छु । (खैलाबैला)।

जज – अर्डर ! अर्डर ! कोर्टभित्र एप्रोन लाएर, हातमा डाडु लिएर आउने हो ?

वकिल – यो ता अनरेबल कोर्टको अपमान भएन र ?

हत्तु – हामीजस्तो वीर पुरुषको अपमान भाको चैँ ! लकडाउन भाको दिनदेखि बुढियालाई एकाबिहानै ओछ्यानमै चिया पुर्‍याउँदा, पाँच-पाँचवटा कोठा बढार्दा, पुछ्दा, भाडा मोल्दा यो वीर पुरुष हत्तु भइसकेको छ । अहिले पनि किचेनबाट एकक्षण दोकान जान्छु भनेर सुटुक्कै यहाँ आको । कोरोना ! घरकी श्रीमतीले तिमीहरूलाई निःस्वार्थ सेवागरेका एडभाण्टेज लिएर उनीहरूको हड्डी घोट्नुसम्म घोटेर खङरङै बनाएको चै ?

वकिल – अब्जेक्शन यो र अनर ।

जज – अब्जेक्शन ओभररुल्ड ।

हत्तु – (कोरोनातिर गएर) यो सब तैँ नक्कचरीको कर्तुत हो । तैले हामी वीरपुरुषलाई बीजेपी बनाइश् ।

वकिल – (छक्क परेर) बीजेपी ?

हत्तु – यस बीजेपी । बी फर बढ़ार्ने, जे फर झाड़ू लाउने अनि पी फर पकाउने । यसलाई कठोरभन्दा कठोर शास्ति दिनुहोस् भन्ने आदरणीय जज समक्ष अनुरोध गर्दछु । (रिसले कोरोनाको जगटा लुछ्न अघि बढ़्छ । जज र वकिल आएर हत्तुलाई समातेर राख्छ। कोरोना भुतुक्कै भएर हाँस्छे । सबै छक्क पर्छन् )।

जज – अर्डर ! अर्डर !

कोरोना – (हाँसेकीले बोल्नै नसकी नसकी) लकडाउनलाई सम्झेर हाँसेकी ।

वकिल – (प्रचण्ड गर्जेर) हाँस्ने कुरा चैं के छ यहाँ योर अनर ?

कोरोना – (हाँस्दै) किन छैन ? प्रशस्तै हाँस्ने कुराहरू छन् यहाँ । (जजलाई देखाउँदै) लु जज साहेबलाई हेर्नोस् । लुङ्गी, काँधमा गाम्छा, मुखभरि मोसै मोसो अनि वकिल साहेबलाई देख्नुभयो ? हापेन र स्याण्डु भेष्टमा मात्रै । यो अनरबेल कोर्टको अपमान भएन र ?

जज – कुरा ठिकै हो । अनरेबल लकडाउनको सम्मान गर्दै घरभित्रकै जजको आज्ञा अवमानना गर्नुभएन । बिहानदेखि घरको एक ट्रिप काम गरेर दूध लिनु पठाएकीले दूध लिनु आउँदा सोझै यता आको ।

वकिल – बिहानदेखि एक राश लुगा धोएर ब्रेकफाष्ट तयार पार्ने बित्तिक्कै कोर्ट आको ।

हत्तु – लकडाउनले अहिले पुरुषहरूको असार पन्ध्र चल्दैछ । (रिसिँदै) यी सबै एई नक्कचरीले गर्दा हो ।

कोरोना – तिमीहरूलाई साह्रो पर्छ अनि दोष मलाई ? थाहा छ अनरेबल जज तपाईहरूलाई ? म आएँ, लकडाउन आयो । यसले ता प्रत्येकलाई नाफै नाफा भएको छ जस्तो लाग्छ ।

जज – (झोंक्किएर) के नाफा ? कस्तो नाफा ?

वकिल – एक ता लकडाउनले घरभित्र थुना मात्रै होइन घरको सिरिखुरी काम गर्नुपर्केलो ज्यान जान लागिसक्यो ।

कोरोना – ज्यान गए पनि जहान ता साथैमा छिन् होइन ?

हत्तु – जहान ता छिन् नि । जहानको डिक्टेटरशिपले यो ज्यानै पल्लो फाल पुगिसक्यो हजूर । जहानको धम्की, शानको बुल्डोजरले किच्चिएर ब्रेन डेड भइसकेको छ । हामी वीरपुरुषहरू जिउँदो लाश भएका छौं । फगत जिउँदो लाश ।

कोरोना – राति सँगै सुत्नु ता पाउँछ होला नि !

दुवै – (दुवै) अम्मुई ।

हत्तु – (तर्सेर) राति सँगै सुत्नु ? दिउँसो छेउमासम्म जाने चान्स छैन रातिको कुरा ? सोसियल डिस्टेन्सिङको सुगा रटाइले आफू निचोरेको कागतीजस्तै अनि श्रीमती चाहिँ सिण्टेक्सजस्तै ।

कोरोना – किन ? लकडाउनले नाफा भएको छैन ?

जज – नाफै नाफा नि । लुगा धुँदा तल धाराबाट पानी ओसार्दा-ओसार्दा खुट्टाको पाँसुला र मसल्स इञ्जेक्शन लगाएको कुभिण्डोजस्तो भइसक्यो ।

वकिल – ठूल्ठूला ब्ल्याङ्केट, कम्बल, राड़ी धुँदा-धुँदा यी औँलीहरू कचल्टिएको इस्कुसको जराभन्दा आगर भइसके ।

कोरोना – युगौंदेखि यहीँ काम गर्दै आउने स्वास्नीमान्छेहरूको कुनै कम्पलेन सुनिएको छैन । के साह्रो मतलबी हई यी पुरुष भनौदाहरू ? जेसुकै भन तर जज साहेब मैले ल्याएकी लकडाउनले सबैलाई अब धेरै फाइदा हुन्छ ।

हत्तु – आफ्नो दमाहा आफै बजाउनु पनि जानेकी हई ।

कोरोना – जीवन नै स्वाहा पार्ने स्ट्रोकजस्तो डरलाग्दो रोग पनि होइन । कोरोना सङ्क्रमित रोगीलाई नर्सिङ होमतिर भर्ती लिँदैन अनि नर्सिङ होमको पैसा चुस्ने बाटो बन्द हुन्छ ।

हत्तु – (घोरिएर) ठिकै भन्यौ तर तिमीले ता हाम्रो फोक्सो चुसेकी चाहिँ ?

कोराना – ह्वाट ? मैले फोक्सो चुसेकी मात्रै देख्यौ ? सिङ्गो जातिलाई चुसेर मशिनमा पेलेको रसबिनाको उखुजस्तो बनाउऩे जाति चुसुवी घटिया औरत चाहँ देखिनौ ? त्यो तिमीहरूको जातिको निमित्त मभन्दा पनि घातक कोरोना हो । मलाई थाहा छठ म ता यो संसारबाट एकदिन पराजित भई लट्ठीपट्ठी कसेर उठीवास लाग्छु । तर तिमीहरूको घर-आँगनमा रडाँको मच्चाइरहेकी कोरोनालाई उठीवास लाउन सकेका छौ ? त्यसैको जयगान गर्नमै मस्त र व्यस्त देखिन्छौ नामर्द हुतिहाराहरू । मलाईभन्दा पनि तिमेरकै नजिकैको कोरोनालाई जरैसित उखेलेर फ्याँक्ने कोशिष गर । मैले गर्दा एक करोड़को ज्यान जाला हो तर तिमीहरूको कोरोनाले सिङ्गो जाति नै स्वाहा पार्छे…लाखेस ! (खैलाबैला मच्चिन्छ) ।

जज – अर्डर ! अर्डर ! (गम्भीर भावमा) जसो जसो बाहुन उसै उसै स्वाहा।

कोरोना – सबैभन्दा ठूलो नाफा अन्त्येष्टि क्रिया गरिरहनुपर्दैन ।

जज – (छक्क पर्दै) किन…किन….

कोरोना – डरले कोही आए पो । नो खर्च नो झमेला ।

हत्तु – अन्त मराउमा अलि अलि उठ्ने पैसाको बाटो बन्द ?

कोरोना – चिचीको पनि लोभ अनि पापाको पनि लोभ गरेर कसरी हुन्छ स्वार्थी मनुखे कसरी हुन्छ ? स्वार्थकै काँधमा चढ़ी जातिलाई बोर्डमा बन्दकी राख्नेहरूलाई सराउमा उठेको पैसाले के पो तर्छाला र ! कोर्टमा खैलाबैला मच्चिन्छ । कोरोना दाउ छोपेर अदृश्य हुन्छे । सबै कोरोनलाई खोज्नपट्टि लाग्छन् ।

विस्तारै पर्दा खस्छ ।

०००
सिलिगुडी (भारत)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तर्सिङहोम (४)

तर्सिङहोम (४)

कृष्ण प्रधान
तर्सिङहोम (३)

तर्सिङहोम (३)

कृष्ण प्रधान
तर्सिङहोम (२)

तर्सिङहोम (२)

कृष्ण प्रधान
तर्सिङहोम (१)

तर्सिङहोम (१)

कृष्ण प्रधान
झण्डी

झण्डी

कृष्ण प्रधान
बैठक

बैठक

भोलानाथ सुबेदी
परिवर्तनको राज

परिवर्तनको राज

सुरेशकुमार पाण्डे
दुई लघुव्यङ्ग्य

दुई लघुव्यङ्ग्य

हरिशंकर परसाईं
उखान, इख र अङ्कलको टिभी

उखान, इख र अङ्कलको...

दामाेदर न्याैपाने
बाढीको पाठ

बाढीको पाठ

लक्ष्मी रिजाल
0
Would love your thoughts, please comment.x
()
x