साइबर अपराध सम्बन्धी सचेतना सामग्री

यो सरकार

भ्रष्टाचार रोक्छु भनिसिन्छ आफ्नै मान्छे पर्छ तस्करलाई थुन्छु भन्दा सरकार भित्रकोले गर्छ उद्योगी व्यापारी सबमा हाहाकार छ तर सरकारलाई कसको जयजयकार छ यो सरकार हाम्रो होइसिन्छ छ कि विदेशीको होइसिन्छ ?

Nepal Telecom ad

प्रेम ओली :

सरकार त
कहिले हेलिकप्टरमा चढेर घुमिसिन्छ
कहिले जेटमा बसेर संसार घुमिसिन्छ
ब्लु लेबल खाएर मस्तले झुमिसिन्छ ।

कहिले चाइनाको दोसल्ला ओडिसिन्छ
कहिले अमेरिकाको दोसल्ला ओडिसिन्छ
आफन्तलाई लगेर अमेरिका छोडिसिन्छ
जिराको भाउ कहाँ पुग्यो
चिनिको भाऊ कहाँ पुग्यो
सरकारलाई कुनै मतलब छैन
लाग्छ यो सरकार जनताको हैन
सरकार त
कहिले हेलिकप्टरमा चढेर घुमिसिन्छ
बेयर र व्हिस्कीमा मस्तले झुमिसिन्छ ।

सरकारले जनताको भन्दा
घरको चिन्ता धेरै गरिसिन्छ
कतै खाली देखी कि
छोरी, ज्वाइँ, भाइले भरिसिन्छ
भ्रष्टचार रोक्छु भनिसिन्छ आफ्नै मान्छे पर्छ
तस्करलाई थुन्छु भन्दा सरकार भित्रकोले गर्छ
उद्योगी व्यापारी सबमा हाहाकार छ
तर सरकारलाई कसको जयजयकार छ
यो सरकार हाम्रो होइसिन्छ छ कि बिदेशिको होइसिन्छ
बोलावट आयो कि बिदेसतिर गइेसिन्छ
खै कै लिन हो कि दिन हो
कहिले वारि गरिसिन्छ कहिले पारि गरिसिन्छ
जनता त भन्दैछन रे,
यो सरकार कहिले मरिसिन्छ ?

०००

घट्टेकुलाे, काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
मेरा बा

मेरा बा

प्रेम ओली ढकलपुरे
सरकार

सरकार

प्रेम ओली ढकलपुरे
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
सरकार

सरकार

प्रेम ओली ढकलपुरे
नाग पञ्चमी

नाग पञ्चमी

प्रेम ओली ढकलपुरे
एउटा मच्छेर

एउटा मच्छेर

प्रेम ओली ढकलपुरे
0
Would love your thoughts, please comment.x
()
x