साइबर अपराध सम्बन्धी सचेतना सामग्री

‘सरकार चिन्तित छ’

अधिकारीले घुस नलिओस् र वकिल पनि अपराधीलाई बचाउन नपुगोस् । साधु हो ! मिसावट र मुनाफाखोरीमा फाँसी हुन थालोस् त, तब बल्ल अपराधीहरू चिन्तित हुन थाल्नेछन् र सरकारले चिन्ता गर्नु नपर्ने हुनेछ ।

Nepal Telecom ad

हरिशंकर परसाईं :

व्यङ्ग्यानुवाद :: रमेश समर्थन

साधु हो ! तिमीहरूले स्वतन्त्रता दिवस मनायौ । तर पानी पर्नाले बाहिरी उत्सवहरू भएनन् ।
साधु हो ! अङ्ग्रेज जाति पनि निकै चलाख छ । यसले भारत छोड्दाखेरि दुईवटा यस्ता काम गरेर गयो कि तिमीहरूले यसलाई सधैं भोग्नुपर्ने भयो । एउटा त पाकिस्तान बनायो जसले हामी निदाएको वेलामा हाम्रो कुर्थाभित्र पसेर वेलावेलामा हामीलाई टोकिरहन्छ । फेरि उनीहरूले स्वतन्त्रता पनि यस्तो मौसममा दिए कि जति वेला पनि खुब पानी दर्किरहन्छ । अनि के भन्दै गए भने ‘लौ हिन्दुस्तानी हो ! कस्तो मौसममा आजादी दिएर जाँदै छौं भने तिमीहरूले राम्रोसित मनाउन पनि पाउने छैनौ ।’

साधु हो ! स्वतन्त्रता दिवसपछि मैले अखबार उठाएर कहाँ के भएछ भनेर हेर्न खोजें । एउटा यस्तो समाचारमा मेरा आँखा परे – खानेकुरामा भएको मिसावटबाट सरकार चिन्तित !

साधु हो ! यो त खाद्य उपमन्त्री श्री थमस साहेबको वक्तव्य पो रहेछ ! म सोचमा परिरहें । साधु हो ! म के देख्दै छु भने बिचरो सरकार हरेक समस्यामा चिन्तित भइरहन्छ । भाउ बढे पनि सरकार चिन्तित हुन्छ । यता आएर चोरी र हत्या आदि हुँदा पनि मानिसहरू मन्त्रीजीसितै गुनासो गर्छन् । अनि मन्त्रीजी भन्छन् , ‘सरकार निकै चिन्तित छ ।’ उता सरकार चिन्तित हुन्छ, यता अपराधहरू अझ बढ्दै जान्छन् । रेलदुर्घटनाहरू हुन्छन् अनि सरकारले फेरि वक्तव्य निकाल्छ – बढ्दो रेलदुर्घटनाबाट सरकार चिन्तित छ ।

सरकार चिन्ताले दुब्लाउँदै जान्छ तर दुर्घटनाहरू कम हुँदैनन् । साधु हो ! बढ्दो महङ्गीबाट सरकार चिन्तित छ , बेरोजगारीबाट सरकार चिन्तित छ , शिक्षाको खस्किँदो स्तरबाट सरकार चिन्तित छ । साधु हो ! मेरो मनमा सरकारप्रति निकै टिठ जाग्छ । यो बिचरो चिन्तैचिन्ताले पिरोलिएर कसरी सुत्छ होला ! यदि यसै गरी सरकार चिन्तित भइरह्यो भने देशको हालत के होला ?

साधु हो ! सरकार त चिन्तित हुन्छ तर अपराधी भने चिन्तित हुँदैन । बढ्दो मूल्यले सरकार चिन्तित छ तर नाफाखोर व्यापारीलाई अलिकति पनि चिन्ता छैन । गुन्डागर्दीले सरकार चिन्तित छ तर गुन्डाहरू चिन्तित हुँदैनन् । अहिले मिसावटका कारण सरकार त चिन्तित छ तर मिसावट गर्नेहरू अलिकति पनि चिन्तित छैनन् । उनीहरू ढुक्क र निर्धक्कका साथ मिसावट गर्छन् ।

साधु हो ! मलाई यो अवस्था बडो अचम्मको लाग्छ । यसमा चोर त चिन्तित हुँदैन, बरू पुलिस चिन्तित हुन्छ । जसले अपराध गर्छन् उनीहरूलाई त चिन्ता हुँदैन तर जो अपराध समाउने हुन् उनीहरू भने चिन्तामा दुब्लाएका छन् । साधु हो ! कुनै दिन यस्तो समय पनि आउन सक्ला जब सरकारलाई त पटक्कै चिन्ता नहोस् तर चोर, मुनाफाखोर मिसावट गर्नेहरूलाई चिन्ता होस् ?

साधु हो ! सम्पूणर् समस्या त चिन्तित को हुन्छ भन्ने कुरामा निर्भर गर्छ । जहाँ गलत काम गर्नेहरू चिन्तित हुँदैनन् त्यहाँ सही काम कसरी हुन सक्ला ? हामी बजारबाट पिठो ल्याउँछौं अनि हामीलाई के चिन्ता हुन्छ भने कतै मिसावट त छैन ? कतै हामी बिरामी त परिन्नँ ? तर पिठोमा माटो मिसाउने मान्छे चिन्तित छैन । उसलाई के थाहा छ भने उसको कसैले केही बिगार्न सक्दैन ।

साधु हो ! तपाईं सोध्न सक्नुहुन्छ, ‘अपराधी कसरी चिन्तित हुन्छ त ?’ हालसालै सोभियत रुसमा मिसावटको अपराधमा मानिसहरूलाई फाँसी दिइएको त सुन्नुभएकै होला । तपाईं भन्नुहोला, मेरी बास्सै ! मिसावट गर्नेलाई फाँसी ? तर मिसावटले त एक जनाको हैन, समाजकै हत्या हुन्छ नि ! के यो हत्याभन्दा ठुलो अपराध होइन त ? यस्तो सजाय त त्यति वेला मात्र हुन सम्भव हुन्छ जति वेला कानुन कार्यान्वयनमा होस् र पुलिसले रिपोर्ट हेरफेर नगरोस्, अधिकारीले घुस नलिओस् र वकिल पनि अपराधीलाई बचाउन नपुगोस् । साधु हो ! मिसावट र मुनाफाखोरीमा फाँसी हुन थालोस् त, तब बल्ल अपराधीहरू चिन्तित हुन थाल्नेछन् र सरकारले चिन्ता गर्नु नपर्ने हुनेछ ।

०००
परसाइँ ग्रन्थावली- ५ बाट नेपाली अनुवाद

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
संयोजक

संयोजक

हरिशंकर परसाईं
दुई व्यङ्ग्य कथा

दुई व्यङ्ग्य कथा

हरिशंकर परसाईं
लज्जास्पद

लज्जास्पद

हरिशंकर परसाईं
सिको

सिको

दिप मंग्राती
खरी झरेको मादल

खरी झरेको मादल

चिरञ्जीवी दाहाल
कविजी

कविजी

डा. कपिल लामिछाने
गाई भैंसी पाल, घाँस नकाट

गाई भैंसी पाल, घाँस...

सुरेशकुमार भट्ट
परलोकवासी पिताको पत्र

परलोकवासी पिताको पत्र

गणेशप्रसाद लाठ
0
Would love your thoughts, please comment.x
()
x