साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भित्र-भित्र आस्था ! बाहिर-बाहिर फुइँ !

अहिले, पातमा पात भए झैँ बातमा बात गर्दैछु थोत्रो मागेर ल्याए जस्तो अर्काले तेल हाल्दा मात्र चढ्न सकिने, अनुहार-न-दनुवारको मोटरमा चढी आफै-आफ बाबुसाहेब बनेका पुच्छरका पनि पुच्छर पो नाना जाति भनेर धाक लाउँछन् ।

Nepal Telecom ad

चूडामणि रेग्मी :

Chudamani Regmiअहिले पूर्वका मोतीराम भनेर चिनिनु भएका चूडामणि रेग्मी ‘युगज्ञान’ कालमा निकै रौसिएर हास्यव्यङ्ग्य लेख्नु हुन्थ्यो । ‘गजवाष्टक’ आठश्लोके व्यङ्ग्य कविताको सङ्ग्रह र ‘गफडीका गफ’ त्यही कालखण्डका दसी हुन् । ‘युगज्ञान’ मा छापिने ‘गजवाष्टक’ वा ‘गफडीका गफ’, ‘मि. झप्पुसिं’, विवेचनामा छापिने ‘एैँसेलुको झाङमुनि’ जस्ता स्तम्भले पञ्चायतकालीन विद्रूपताको लेथ्नु काडेका थिए । मोराश (मि.झप्पुसिं डबल एम.ए.) नकुल काजी (सत्यवाद केशरी), व्यङ्ग्य ऋषि (चूडामणि रेग्मी), होम सुवेदी, अनिकाले ओझा, माधव भँडारीहरूले त्यो बेला उचालेको हास्यव्यङ्ग्यको झण्डा झापातिर अझै फरफराइरहेको छ । त्यसैले अहिले पनि कोमल पोखरेल, होम सुवेदी, चूडामणि वशिष्ठ, गङ्गाप्रसाद अधिकारी, विनोद खनाल हुँदै पछिल्लो पुस्ताका खगेन्द्र नेउपानेसमेत पङ्क्तिबद्ध भएर लेथ्नु काड्ने कार्यमा सरिक छन् । अघिल्लो पुस्ताका अगुवा चूडामणि रेग्मी अर्थात ‘व्यङ्ग्य ऋषि’का तात्कालीन व्यङ्ग्यको स्वाद नवपुस्तालाई दिने गरी ‘गफडीका गफ’बाट केही बान्की फित्कौलीले उठाउने सोच बनाएको छ । नकुल काजी लगायत नयाँ पुराना सबै झापाली हास्यव्यङ्ग्यकारहरूलाई फित्कौलीमा जोड्ने प्रयत्न जारी छ । – सम्पादक ।

ख्याउँ-ख्याउँ
आलोचनाका बारे धेरै चर्चा हुन्छन्, भएका छन्, यसबारे गफडी पनि अलिकति गफ गर्छ । त्यस्तो उच्च प्रकारका खानपिन रहनसहनदेखि निम्न तहसम्मका ऐजनहरू हुन्छन्, त्यस्तै आलोचना पनि हुन्छन् । रामकृष्ण शर्मा पनि आलोचक त ताना शर्मा पनि अनि शिशुपाल खाले ठुलालाई गाली र ख्याउँख्याउँ गरी आलोचना गर्ने आलोचक पनि आलोचकै । हल्लखल्लका पनि तरिका हुन्छन् अनि टिकट बेचेर सांस्कृतिक कार्यक्रम गर्‍यो, आफैँले त्यसको खिल्ली उडायो जस्तो । त सबभन्दा भयानक आलोचना ख्याउँ ख्याउँ हो । ख्याउँख्याउँ गर्नेले बिगार त गर्न सक्तैन तर दुःख भने निकै दिन्छ । यस्तासँग मुद्दामामिला र वाद-विवाद गर्नुभन्दा ‘मौनम्’ नै उचित हो भनी गफडी सुझाउ दिन्छ । भनाइको मतलव हात्ती हिँड्दै गर्छ, भुसुना भन्किँदै गर्छन् ।

देख् तमासा !
खेलको याम छ अहिले । यस सन्दर्भमा गफडीलाई खेलवारे एक-दुई गफ हाँक्ने इच्छा पलाएर आयो । खेलमा विशेष गरेर भारेभुरे तर चर्चित खेल फुटबल अर्थात् लात्ते भकुन्डो हो, जसमा आक्रमणात्मक र संरक्षणात्मक दुई प्रकारका खेल हुन्छन् । (हुन्छन् रे वास्तवमा !) जो संरक्षणात्मक खेल खेल्छ, त्यसले मुस्किलले गोल गर्छ र खेल जित्छ । गफडी त्यसैले संरक्षणात्मक गफ नपोसाएको अनुभव गर्छ । दुःखको भनौँ वा हाँस-ठट्टाको कुरो, के भने यस्तै गफ पनि एक-दुई वरिष्ठलाई अपचात्मक गरिष्ट भयो रे । अनि त गफडी आफ्ना सोझा सरल गफलाई वम जस्तो ध्वंसी भनाउन चाहँदैन । बस् । एकजना भाजुले ‘के भयो हँ !’ भनेझैँ मध्यम-मार्ग पो अपनाउनुपर्छ कि भन्ने ठान्न-ठान्न खोज्छ !

भित्र-भित्र आस्था ! बाहिर-बाहिर फुइँ !
गफडीलाई गफ गर्दै लाँदा भित्र-भित्र आस्था । बाहिर-बाहिर फुइँ गर्ने एकजना रुन्चेको हेक्का आयो । मौका परे अर्काका काँध पनि चढ्ने, मौका नपरे कोडीका पाउ पनि पक्रने, मौका परे बाबु-आमा पनि रुवाउने, मौका नपरे निर्लज्ज भई पिलपिल रुने पिन्चे, अर्कालाई अनेक कुकृत्य गरी रुवाउनसम्म रुवाउने आफूलाई पर्दा भने भुतुक्कै हुने । हरे । धन्यको नेपाली वीर हो यो । यस्ता प्रवृत्तिकाको फुइँ सुनेर गफडी तिन छक्क पर्छ अलेलि होइन । आफू भित्र-भित्रै खट्पटिनेहरूले अर्कोको चित्त नचिन्नु धिक्कारै हो भन्छ गफडी, तर गफडीको हितवार्ता कौन पुछे खेसाडीका दाल !

पातमा पात ! बातमा बात !
कुनै जमानामा पटुकाको ठुलो रवाफ थियो । कतै-कतै ‘टाइधारी’ को पनि रौनक छ । अहिले, पातमा पात भए झैँ बातमा बात गर्दैछु थोत्रो मागेर ल्याए जस्तो अर्काले तेल हाल्दा मात्र चढ्न सकिने, अनुहार-न-दनुवारको मोटरमा चढी आफै-आफ बाबुसाहेब बनेका पुच्छरका पनि पुच्छर पो नाना जाति भनेर धाक लाउँछन् । परिश्रममा पत्यार गर्ने गफडी यस्ता यस्ता खेला देखेर तिन छक पर्छ । मुर्छै पर्न खोज्छ । तर यस्ता तमासेका तमासा बाँचे नै त देखिँदो रहेछ । पश्चिमे फतफताएकै गल्लीका… ले झैँ भुक्ने, गाउँ भाँड्ने, सहर पसे, त्यहाँ पनि भाँड्ने यस्ताका क्षणिक फुर्ती यसै टिलाले हेर्छ गफडी। जे, बढी झर्को लाग्या भए रिसानी माफ । अर्थात् क्षमायाचनासहित आजलाई यत्ति गरूँ। आगे फेरि ।

०००
युगज्ञान वर्ष १०, अङ्क १७, २०३५
झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
यो झापा हो

यो झापा हो

चूडामणि रेग्मी
प्यारोडी पाराका गफ

प्यारोडी पाराका गफ

चूडामणि रेग्मी
कविता गफ !

कविता गफ !

चूडामणि रेग्मी
सयौं लठ्ठी खाएका गफ !

सयौं लठ्ठी खाएका गफ...

चूडामणि रेग्मी
दुई कुरा !

दुई कुरा !

चूडामणि रेग्मी
कलश चोरलाई खुलापत्र

कलश चोरलाई खुलापत्र

चिरञ्जीवी दाहाल
दुइमुखे म

दुइमुखे म

सञ्जय साह मित्र
भ्रम

भ्रम

नन्दलाल आचार्य
झण्डी

झण्डी

कृष्ण प्रधान
हरि ॐ सत्ता सह नौ भुनक्तु

हरि ॐ सत्ता सह...

होम सुवेदी
चारैतिर हमला

चारैतिर हमला

डा. विदुर चालिसे
0
Would love your thoughts, please comment.x
()
x