सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

हामी वीर भयौँ अरे

आस्थामा धमिरा किरा सलहझैँ दुर्गन्ध भन्केपछि थोत्रा भाषणमा त्यसै जिरहले बेकार रन्केपछि मागी खान सिपालु लाज नहुने नेता सिँगारेपछि हामी वीर भयौँ अरे मुलुक यो कङ्गाल पारेपछि ।

Nepal Telecom ad

बिन्दु मूकदर्शक :

पुर्खाको महिमा विरासत खुदै ढुट्टो बनाएपछि
खोला ताल नदी लिलाम गरिँदै वैरी खन्याएपछि
सारा ऐन विधान नीति घरको धोती लगाएपछि
हामी वीर भयौँ अरे मुलुकमा खाँडो जगाएपछि ।६

सारा जे पद छन् धमाधम सधैँ बन्डा मिलाएपछि
चोरेको रुपियाँ लुकाउन ठुलो धोक्रो सिलाएपछि
मैला बेथितिका विशाक्त बिरुवा बेर्ना उमारेपछि
हामी वीर भयौँ अरे मुलुक यो दुर्नाम पारेपछि ।७

जे जे गर्न सकिन्न गर्दछु भनी नेतृत्व उल्केपछि
ढाँटी खान लुटी कमाउन तिनै उत्पात पल्केपछि
हाम्रो मान इमान पूर्ण दिलमा नैराश्य हालेपछि
हामी वीर भयौ अरे मुलुकमा सैतान पालेपछि ।८

आस्थामा धमिरा किरा सलहझैँ दुर्गन्ध भन्केपछि
थोत्रा भाषणमा त्यसै जिरहले बेकार रन्केपछि
मागी खान सिपालु लाज नहुने नेता सिँगारेपछि
हामी वीर भयौँ अरे मुलुक यो कङ्गाल पारेपछि ।९

गाली मात्र गरेर भाषण गरी सिद्धान्त खाएपछि
दुख्दा पेट सधैँ विदेशतिर नै निर्बाध धाएपछि
भाषाभेष भुलेर पारितिरको भाङ्ग्रो लगाएपछि
हामी वीर भयौँ अरे रगतको धारा बगाएपछि ।१०

०००
दमक झापा

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
जन्मे फेरि मुसा

जन्मे फेरि मुसा

बिन्दु दहाल ‘मूकदर्शक’
लाटो सिँगार्छन् अझै

लाटो सिँगार्छन् अझै

बिन्दु दहाल ‘मूकदर्शक’
मुस्किल छ

मुस्किल छ

बिन्दु दहाल ‘मूकदर्शक’
कालो सर्प

कालो सर्प

बिन्दु दहाल ‘मूकदर्शक’
छन् यहाँ

छन् यहाँ

बिन्दु दहाल ‘मूकदर्शक’
गोरु ब्याए

गोरु ब्याए

बिन्दु दहाल ‘मूकदर्शक’
धरोधर्म गर्छु (२५)

धरोधर्म गर्छु (२५)

डिल्लीप्रसाद मूलतिहुन
कसो गर्नु हो ? माइला दाइ !

कसो गर्नु हो ?...

तेजविलास अधिकारी
दुःसमय

दुःसमय

विमल निभा
मलाई कवि जस्तै हुन मजा लाग्छ

मलाई कवि जस्तै हुन...

खगेन्द्र नेउपाने