साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हामी वीर भयौँ अरे

आस्थामा धमिरा किरा सलहझैँ दुर्गन्ध भन्केपछि थोत्रा भाषणमा त्यसै जिरहले बेकार रन्केपछि मागी खान सिपालु लाज नहुने नेता सिँगारेपछि हामी वीर भयौँ अरे मुलुक यो कङ्गाल पारेपछि ।

Nepal Telecom ad

बिन्दु मूकदर्शक :

पुर्खाको महिमा विरासत खुदै ढुट्टो बनाएपछि
खोला ताल नदी लिलाम गरिँदै वैरी खन्याएपछि
सारा ऐन विधान नीति घरको धोती लगाएपछि
हामी वीर भयौँ अरे मुलुकमा खाँडो जगाएपछि ।६

सारा जे पद छन् धमाधम सधैँ बन्डा मिलाएपछि
चोरेको रुपियाँ लुकाउन ठुलो धोक्रो सिलाएपछि
मैला बेथितिका विशाक्त बिरुवा बेर्ना उमारेपछि
हामी वीर भयौँ अरे मुलुक यो दुर्नाम पारेपछि ।७

जे जे गर्न सकिन्न गर्दछु भनी नेतृत्व उल्केपछि
ढाँटी खान लुटी कमाउन तिनै उत्पात पल्केपछि
हाम्रो मान इमान पूर्ण दिलमा नैराश्य हालेपछि
हामी वीर भयौ अरे मुलुकमा सैतान पालेपछि ।८

आस्थामा धमिरा किरा सलहझैँ दुर्गन्ध भन्केपछि
थोत्रा भाषणमा त्यसै जिरहले बेकार रन्केपछि
मागी खान सिपालु लाज नहुने नेता सिँगारेपछि
हामी वीर भयौँ अरे मुलुक यो कङ्गाल पारेपछि ।९

गाली मात्र गरेर भाषण गरी सिद्धान्त खाएपछि
दुख्दा पेट सधैँ विदेशतिर नै निर्बाध धाएपछि
भाषाभेष भुलेर पारितिरको भाङ्ग्रो लगाएपछि
हामी वीर भयौँ अरे रगतको धारा बगाएपछि ।१०

०००
दमक झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
छन्दोबद्ध ठाेक्तक

छन्दोबद्ध ठाेक्तक

बिन्दु दहाल ‘मूकदर्शक’
शब्दक्षेप्यास्त्र

शब्दक्षेप्यास्त्र

बिन्दु दहाल ‘मूकदर्शक’
बुझ्न बाँकी छ धेरै

बुझ्न बाँकी छ धेरै

बिन्दु दहाल ‘मूकदर्शक’
वृद्धमा खुसी फुलोस्

वृद्धमा खुसी फुलोस्

बिन्दु दहाल ‘मूकदर्शक’
विचार पथका चेलाहरू हो सुन

विचार पथका चेलाहरू हो...

बिन्दु दहाल ‘मूकदर्शक’
हामी

हामी

बिन्दु दहाल ‘मूकदर्शक’
डलरको बिरुवा

डलरको बिरुवा

रमेश खकुरेल
धनमहिमा

धनमहिमा

हेम अधिकारी
कालेको ‘बा’

कालेको ‘बा’

रणबहादुर बुढाथोकी ‘भैया’
भर्खर नुहाएको सहर

भर्खर नुहाएको सहर

डा. दामाेदर पुडासैनी किशाेर
किनकि, म नर्स हुँ

किनकि, म नर्स हुँ

पार्वती पुडासैनी
म को हुँ ?

म को हुँ ?

युवराज भण्डारी
0
Would love your thoughts, please comment.x
()
x