साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अनलक – १

यहाँ सरहरू गोर्खाल्याण्ड पुलिस हुँदा हुन् ता कम्मरमा भिरेको सिरुपाते फुत्तै फुत्तै निकाली सिन्कौलाको रुखको बोक्रा ताछेजस्तो हाम्रो पछिल्तिर ताछेर थानाको गेटमै घाममा सुकाउँथे नि !

Nepal Telecom ad

कृष्ण प्रधान :

पात्रहरू – अजिङ्गरे, मलसाप्रे, इन्सपेक्टर, ओसी, प्याकुली, यमराज, चित्रगुप्त, नेता, लाइक, हाँसुली ।

लकडाउन समाप्ति घोषणापछि अनलक घोषाणा हुनासाथै अजिङ्गरे मर्निङ वकम जान थालेको छ । मोटो न मोटो लौरो लिएर झ्याप् झ्याप् दाह्रीजुङ्गासरिका अजिङ्गरे बाटामा हिँड्दै गर्दा उनको आत्मीय साथी मलसाप्रे पनि उस्तै झ्याप् झ्याप् दाह्रीजुङ्गामै आइरहेको हुन्छे ।

मलसाप्रे – (छक्क परेर) मैले ता काटीकुटी लेखनाथ पौड्याल नै देखेँ है तँलाई ।

अजिङ्गरे – (छक्क परेरै) लेखनाथ !! आफू चैँ नि आफू चैँ ?

मलसाप्रे – मलाई चैँ के देखिस् नि !

अजिङ्गरे – दुरुस्तै लादेन देखेँ नि । क्या हो आमामामा नाकका भुत्लाहरूले छाती भेट्नु आँटेछ ता ।

मलसाप्रे – (नाकको भुत्ला (नथ्थु) मुठ्याउँदै) यो जनै हो जनै । मूत्र बस्दा दुइटै कानमा बटारेर बस्नुपर्छ ।

अजिङ्गरे – कानमा चैँ किन बटार्नुपर्‍यो नि ?

मलसाप्रे – यति गरेन भने बस्दा तल भुइँ छुँदैन ? भरै जम्मे लफक्रै भिज्यो भने काँ सुकाउनु भन् ता । अर्को कुरो भुत्लाको मुठाबाट कोरोना छिर्न सक्दैन अनि तेरा दाह्रीजुङ्गाले भुँडीको डिल नाँघ्न आँटे पनि नाकमा एउटा भुत्ला देख्दिनँ ।

अजिङ्गरे – (नाकका दुलामा हात हाल्दै) लकडाउनले गर्दा दिनभरि रातभरि सुताइ अनि १२० कि.मि. स्पिडमा घुराइ । अस्ति अमफानले कलकत्तालाई सोत्तर पारेजस्तै मेरो घुराइले नाकका भुत्लाहरू पनि सोत्तर भएछ । (प्रसङ्ग बद्लेर) बट हू आर यू ?

मलसाप्रे – म एम. एस हौ… एम. एस ।

अजिङ्गरे – एम. एस ? मेडिकल सार्जेन ? कि मोटर स्ट्याण्ड ?

मलसाप्रे – उफ…एम. एस. मलसाप्रे । तेरा आँतका साथी । तँ ए. आर. होइनस् ?

अजिङ्गरे – ए आर ?

मलसाप्रे – अरे ए. आर. भनेको अजिङ्गरे ।

अजिङ्गरे – खै ! साँच्ची म को हो हँ ! मलाई चिनिस् ?

मलसाप्रे – नचिन्ने भा तँसित किन टाँसिनु आउँथे ? अन्त तेरो हातमा मोटो न मोटो डण्ठा पो छ ता !

अजिङ्गरे – (लट्ठी देखाउँदै) चिनिनस् यसलाई ? यै ता हो पुलिसको हातमा हुँदा फुके भएर जिउमा ट्याटु बनाइदिने । अनलक शुरु भएदेखि पुलिसकाक यी लट्ठीहरूलाई हाम्रो बोर्डको श्राप लागेको छ । (पुलिस भ्यान आएर घ्याच्च रोकिन्छ । भ्यानबाट इन्सपेक्टर र ओसी ओर्लन्छन्) ।

इन्सपेक्टर – के हुँदैछ यहाँ ?

अजिङ्गरे – अजिङ्गरे र मलसाप्रेको मित्रमिलन ।

ओसो – (अजिङ्गरेको हातमा भएको लट्ठी हेर्दै) यो लट्ठी तैले कहाँ पाइस् ? हाम्रो थानाबाट लट्ठी हराएको छ । चोरेर ल्याइस् ?

मलसाप्रे – लकडाउन ता सकियो होइन सर ! अब पुलिसलाई लट्ठीको के काम ?

इन्सपेक्टर – यो लट्ठी लिएर कता हिँडेको ?

अजिङ्गरे – कात्रो किन्नु गाको सर ।

ओसी – (छक्क परेर) कात्रो !!!!

इन्सपेक्टर – किन कसले पैँताला फर्कायो ?

अजिङ्गरे – (लट्ठी देखाउँदै) पुलिसको लट्ठीले नि सर !

ओसी – लट्ठी पनि कहिले मर्छ गोरु ।

मलसाप्रे – लकडाउनमा पुलिसको लट्ठी कम्ति चम्केको होइन अनि ।

अजिङ्गरे – अब पुलिसको लट्ठीको मृत्यु भएको छ । यसलाई अब श्मशान घाटमा पुर्‍याएर अन्तिम संस्कार…

ओसी – (कड्केर) चूप ! (दुवै चूप हुन्छन्) ।

इन्सपेक्टर – अनलक शुरु भएर ता यिनेरोक आँट निकै चल्न थालेछ ङई !

मलसाप्रे – (लाडे पल्टिँदै) सर ! सर ! तपाईंहरू कहाँका पुलिस सर ?

ओसी – (ठूल्ठूला आँखा पारेर) वाट डु यू मिन ?

मलसाप्रे – सर तपाईहरू गोर्खाल्याण्ड पुलिस सर कि …. !

इन्सपेक्टर – (प्रचण्ड रिसाएर) शटप । (काँधमा औँलीहरू उफार्दै) देखिनस् यहाँ डब्ल्यू बी पी लेखेको ?

अजिङ्गरे – सरहरू डब्ल्यू बी पी हुन् र ता कम्मरमा पिस्तोल भिरेका छन् । गोर्खाल्याणड पुलिस भा ता कम्मरमा लामो लामो सिरुपाते खुकुरी भिर्नेथिए नि । हो कि सर !

मलसाप्रे – खुकुरी भिर्नु मात्र होइन… डब्ल्यू बी पीहरूले हामीलाई लकडाउनमा पछिल्तिर ट्याटु बनाएजस्तो यहाँ सरहरू गोर्खाल्याण्ड पुलिस हुँदा हुन् ता कम्मरमा भिरेको सिरुपाते फुत्तै फुत्तै निकाली सिन्कौलाको रुखको बोक्रा ताछेजस्तो हाम्रो पछिल्तिर ताछेर थानाको गेटमै घाममा सुकाउँथे नि !

ओसी – पछिल्तिर मात्रै तिमीहरूजस्ता अटेरीहरूको व्याक फ्रण्ट ताछ्नेथे नि ।

अजिङ्गरे – आम्बो सर नानी पाउनु कहिले कहिले कोक्रो बुन्नु अहिले ?

ओसी – खै त्यो लट्ठी यता ले ।

अजिङ्गरे – सरी सर ! अब पुलिसहरूलाई लट्ठी बोक्नु सुहाउँदैन । सरहरूलाई ता सिरुपाते भिरेको नै सुहाउँछ हौ ।

इन्सपेक्टर – (क्म्मरको पिस्तोल देखाउँदै) यो पिस्तोल चैँ डाँडा कट्टाउनु ?

मलसाप्रे – किन कट्टाउनु सर ? देब्रे कम्मरमा पिस्तोल अनि दाहिनेमा सिरुपाते ।

ओसी – यो लट्ठी चैँ ?

मलसाप्रे – यो लट्ठीले हामीलाई कम्ति ता बिजोक बनाको छैन ! यसलाई श्मशानघाटमा नपुर्‍याई शान्तिले श्वासै नफेर्ने सर !

अजिङ्गरे – (जिज्ञासु भावमा) साँच्ची सर यसलाई दाउराको सोफ सेट (चिता)मा राखेर अग्निदाह गर्नु कि बिजुलीको चूल्हामा अग्निदाह गर्नु सर ?

ओसी – तेरै मुखमा हाल् ।

मलसाप्रे – उखु भा ता अनलक शुरु भएकै दिन चुसेर चुसेर हामीलाई दुःखाको साटो फेर्ने नि सर ।

अजिङ्गरे – लट्ठी चुस्नु भएन सर ।

इन्सपेक्टर – (कड्केर) शटप । धेर बोल्ने भएछस् सालाहरू । लकडाउन हुँदो हो ता नि तँहरूको छाला काढ्ने थियौँ ।

मससाप्रे – लकडाउन भाको भा ता कहाँ यसरी मर्निङ वाक आइन्थ्यो नि सर । हिजो खाको बासी भाँडा मोल्दै गरेका हुन्थ्यौँ नि सर । (फोन आउँछ । फोन सुन्दै दुवै अफिसर गाडीमा चढेर प्रस्थान) ।

अजिङ्गरे – (गाडी गए तर्फ कराउँदै) सर लट्ठीको श्राद्धैमा सराउ लिएर आउनोस् है तपाईंहरू दुवैजना… ।

पर्दा खस्छ ।

०००
सिलिगुडी (भारत)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बाजी

बाजी

डा. विदुर चालिसे
म ट्याब्लेटको मान्छे

म ट्याब्लेटको मान्छे

घिमिरे ‘मैदेली’
काफल काण्ड

काफल काण्ड

रामप्रसाद पन्थी
शिक्षक बन्न सजिलो काँ छ र !

शिक्षक बन्न सजिलो काँ...

मीनप्रसाद लामिछाने
0
Would love your thoughts, please comment.x
()
x