साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भुल्यौँ

साथी भाइ कुटुम्ब साथ अहिले प्रत्यक्ष भेट्नै भुल्यौँ केही भन्नु परे त फोन गरियो सौहार्द वाणी भुल्यौँ । हाम्रो जीवन यन्त्रवत् हुनगयो सोच्ने मर्‍यो जाँगर हामीले अब उच्च पार्नु कसरी हाम्रो झुकेको शिर ॥

Nepal Telecom ad

हृषीकेश बराल :

व्यासी लेक उपत्यका नद नदी भन्ज्याङ टारी भुल्यौँ
चौतारी घर गोठ गोधन सबै भेडा र बाख्रा भुल्यौँ ।
ख्याली डम्फु मृदङ्गका लय भुली बन्दै गयौँ अस्थिर
हामीले अब उच्च पार्नु कसरी हाम्रो झुकेको शिर ॥१

खोला ताल कुवा तलाउ झरना पाखा पखेरा भुल्यौँ
भाषा रीतिरिवाज संस्कृति पुरा चाहिन्न भन्दै भुल्यौँ ।
ट्याम्को मादल खैँजडी र मुजुरा झ्याम्टा भुल्यौँ आखिर
हामीले अब उच्च पार्नु कसरी हाम्रो झुकेको शिर ॥२

खोजी खान जडीबुटी प्रकृतिमा रोगी बनेमा भुल्यौँ
गीताका उपदेश पढ्न नसकी बेकार भन्दै भुल्यौँ ।
मुर्चुङ्गा नगरा र ढोलक भुल्यौँ लाग्दैछ साह्रै पिर
हामीले अब उच्च पार्नु कसरी हाम्रो झुकेको शिर ॥३

जोत्ने गोरु हलो जुवा गहुँ उवा तोरी र कोदो भुल्यौँ
गैह्रीखेत दिँदैछ धान मसिनो खाई अघाई भुल्यौँ ।
सानामा ममता बडासित झुकी गर्नै भुल्यौँ आदर
हामीले अब उच्च पार्नु कसरी हाम्रो झुकेको शिर ॥४

छाड्यौँ लाउन कन्धनी अझ जनै धोती र टोपी भुल्यौँ
जाग्थ्यौँ प्रात छिटो उठिन्न अहिले बानी बसाल्नै भुल्यौँ ।
वाणी मिष्ट तपाइँ जी हजुरको बोल्ने भएनौँ घर
हामीले अब उच्च पार्नु कसरी हाम्रो झुकेको शिर ॥५

साथी भाइ कुटुम्ब साथ अहिले प्रत्यक्ष भेट्नै भुल्यौँ
केही भन्नु परे त फोन गरियो सौहार्द वाणी भुल्यौँ ।
हाम्रो जीवन यन्त्रवत् हुनगयो सोच्ने मर्‍यो जाँगर
हामीले अब उच्च पार्नु कसरी हाम्रो झुकेको शिर ॥६

आफ्नो धर्म परम्परा विगतको संस्कार आस्था भुल्यौँ
भित्र्यायौँ निरपेक्षवाद घरमा आफ्नो चिनारी भुल्यौँ ।
गुम्बा चैत्य विहार मन्दिर भुल्यौँ ढोगेर गिर्जाघर
हामीले अब उच्च पार्नु कसरी हाम्रो झुकेको शिर ॥७

०००
पोखरा -२६ कास्की ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
किन यस्तो भने ?

किन यस्तो भने ?

हृषीकेश बराल
हो देश सर्वोपरि

हो देश सर्वोपरि

हृषीकेश बराल
देशको अवस्था

देशको अवस्था

हृषीकेश बराल
जीवनको अस्थिरता

जीवनको अस्थिरता

हृषीकेश बराल
जानकारी (२)

जानकारी (२)

हृषीकेश बराल
जानकारी (१)

जानकारी (१)

हृषीकेश बराल
बिचरा झोलेहरु

बिचरा झोलेहरु

फित्काैली डटकम
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
0
Would love your thoughts, please comment.x
()
x