साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जस्तालाई तस्तै

लामो समयदेखि उपस्थित आक्रोशित दर्शकहरूले एकै स्वरमा भने ‘लामो समय कुरियो, प्रमुख अतिथिको अनुहार हेरियो पुग्यो, उहाँको सम्बोधन सुन्ने फुर्सद हामीलाई छैन, हामी हिँड्यौँ ।’

Nepal Telecom ad

विनोद नेपाल :

‘प्रमुख अतिथि आउनुभयो !’
आयोजक संस्थाका अध्यक्ष खुशीले उफ्रिए मानौँ दुर्लभ कुनै चिज हात परेको होस् ।

एक घण्टा ढिलोगरी कार्यक्रम स्थलमा पुगेका प्रमुख अतिथि सरासर मन्चमा पुगे ।

आसन ग्रहणपछि सभापतिको आसनमा रहेका उनै अध्यक्ष र प्रमुख अतिथि बीच कानेखुसी चल्यो ।

कार्यक्रम प्रारम्भ भयो ।

सभापतिले उदघोषकलाई इशारा गरेर बोलाए र कानमा केही भने ।

फर्केर उदघोषकले भने ‘प्रमुख अतिथिज्यू अत्यन्त व्यस्त हुनुहुन्छ । व्यस्तताकै बीच पनि हाम्रो कार्यक्रममा उपस्थित भइदिनुभएकोमा उहाँप्रति हार्दिक आभार टक्रयाउँदै तुरुन्तै फर्कनुपर्ने भएकोले सम्बोधनका लागि उहाँलाई निम्त्याउँछु ।’

लामो समयदेखि उपस्थित आक्रोशित दर्शकहरूले एकै स्वरमा भने ‘लामो समय कुरियो, प्रमुख अतिथिको अनुहार हेरियो पुग्यो, उहाँको सम्बोधन सुन्ने फुर्सद हामीलाई छैन, हामी हिँड्यौँ ।’

हेर्दाहेर्दै हल खाली भयो । खाली हलको भित्तामा ठोक्किएको प्रमुख अतिथिको आवाज उनैतर्फ फर्किरहेको थियो ।

०००
पाल्पा, हाल काठमाडौं

इलस्ट्रेसन श्राेत : नागरिक दैनिक

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
साझा शत्रु

साझा शत्रु

विनाेद नेपाल
कमाइ

कमाइ

विनाेद नेपाल
फुट

फुट

विनाेद नेपाल
योजना

योजना

विनाेद नेपाल
पाँच छेस्का

पाँच छेस्का

विनाेद नेपाल
आधुनिक बुख्याँचा

आधुनिक बुख्याँचा

विनाेद नेपाल
भाले

भाले

शेषराज भट्टराई
परिणाम यहि त होला ?!

परिणाम यहि त होला...

रामकृष्ण ढकाल
अदृश्य जेल 

अदृश्य जेल 

अन्जु शर्मा
0
Would love your thoughts, please comment.x
()
x