साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बाइबाई नेपाल

नेपाललाई गरिहाल्छु बाई । बन्नेछु प्यारो अनि हाइहाई ॥ समाजले भन्दछ पाठ घोकी । आयो फलानो यति गाँठ बोकी ॥

Nepal Telecom ad

देव भट्टराई :

भत्केर जाऊन् घर खेतबारी ।
विदेशमा खोज्नुछ रोजगारी ॥
रोगी भई पाक्छ कपाल दारी ।
फर्किन्छु साठी म उमेर पारी ॥०१

छन् देश थाम्ने शिशु वृद्ध रोगी ।
भएन बालै ! थल होस् न जोगी ॥
सारा अरूका भरिए भकारी ।
रुँगेर बस्ने कति यो छहारी ?०२

त्यस्तो भयो ऊ अनि खै त तैले ?
कुवाक्य यस्ता कति सुन्नु मैले ?
जे पर्छपर्ला हिँडिहाल्छु दाजु ।
तान्नू मलाई पनि भन्छ राजु ॥०३

के काम तैले यतिको पढेको ?
छ प्रस्न साह्रै मुटुमा गढेको ॥
जानै पर्यो उत्तर खोज्न आजै ।
बिर्सूँ भनेँ तैपनि हुन्छ ताजै ॥०४

जहाजमा सर्र चढेर जान्छु ।
पढाइ गर्नेछु भनेर ढाँट्छु ॥
कमाउने दौलत लक्ष्य मेरो ।
संसार सारा अब मार्छु फेरो ॥०५

नेपाललाई गरिहाल्छु बाई ।
बन्नेछु प्यारो अनि हाइहाई ॥
समाजले भन्दछ पाठ घोकी ।
आयो फलानो यति गाँठ बोकी ॥०६

माजेर भाँडा बरु बस्छु हाँसी ।
यहाँ नहेर्ने अनुहार बासी ॥
गोरा र गोरी मृदु लाग्छ फेरि ।
को खान्छ आँटो ? छ अगाडि चेरी ॥०७

०००
भोजपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
म के गरूँ ?

म के गरूँ ?

देव भट्टराई (२)
अतिको महिमा

अतिको महिमा

देव भट्टराई (२)
आगो र पानी

आगो र पानी

देव भट्टराई (२)
भन मित्र आगे

भन मित्र आगे

देव भट्टराई (२)
हाम्रै हातमा छ

हाम्रै हातमा छ

देव भट्टराई (२)
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
पुरूषको जुनी हुन पाइनँ

पुरूषको जुनी हुन पाइनँ

कमला पन्थी अधिकारी
वृद्धका कष्ट

वृद्धका कष्ट

कल्पना अधिकारी
माटाेका कुरा गराैँ

माटाेका कुरा गराैँ

उत्तमकृष्ण मजगैयाँ
उज्यालो देखिएन त ?

उज्यालो देखिएन त ?

कणाद महर्षि
0
Would love your thoughts, please comment.x
()
x