साइबर अपराध सम्बन्धी सचेतना सामग्री

साहित्य !!

स्वार्थपरित्यागको शिविसमाधि चेतनाको संयमित तर उग्र उन्माद अन्यायी बाबु जिउसविरुध्द एक्लो विजयको पताका प्रमिथस घामपानी स्टोभसङ्गीत उग्ररूपा प्रकृति हुरी असैह्य झञ्झा ।

Nepal Telecom ad

कलानिधि दाहाल :

प्रगाढ गहिराइ
अगाध आस्था
निरन्तर गति
अन्तर सङ्कल्प
मन्द पवन
प्रशान्त पोखरी
तरल तरङ्ग ताल
-पौडे पनि आनन्द
-बौडे पनि आनन्द
-किनारा उभिए पनि आनन्द
-बसे पनि आनन्द
विनाकपट
विनाछल
निश्छल
निस्कपट यात्राको
कहिल्यै विश्राम नहुने
कतै पूर्णविराम नलाग्ने
उच्चतर सम्भावनाको
अगम्य सागर हो
साहित्य!
विनायाचना
निर्जन टापुको अग्लो उभ्याइ
माथि आकाश
तल घनाच्छादित
गाउँबस्तीहरू
सहर बेथितिहरू
आँसु टप्किँदै
कलमको टुप्पोमा
आकाश उघ्रिँदै
दिलमा अँध्यारा रातहरू
संवेदना सजाऊँ
उन्माद बजाऊँ
लखतरान बाँच्न विवश
मान्छेका चेहरा
सुत्केरी नारीका
करुण क्रन्दन
उत्तेजित बाबुको
भट्टी महफिल
मानव तस्करको बिग्बिगी
करुण आर्तनादको
धमिलो पोखरी
सत्तासाँढ मनोपोली
मत्त मर्चा मातेका
राँगाहरूका सिँगौरी
भयग्रस्त जीवन
भाग्दै गरेका
मृगशावकको
एक बोरा थकान
उचालेर थपक्क
सर्वमिश्रण
चम्चाघुलनपछिको
उखर्माउलो गर्मी ओठ
सुरुप्प सर्वतको
सर्वस्वाद मिल्ने
शिल्पसौन्दर्य सज्जित
एक अनौठो गिलास हो
साहित्य !
मातेर लेखिन्न
छट्पटाएर भेटिन्न
खोजेर पाइन्न
पाएर चिनिन्न
संयम
धैर्यशील
नवको चाहना
विगतको परित्याग
जीवनजगत्को
उच्च ललाट
कल्पनाको सगरमाथा
भावसरोवरको वेगनास
स्वार्थपरित्यागको शिविसमाधि
चेतनाको संयमित
तर उग्र उन्माद
अन्यायी बाबु जिउसविरुध्द
एक्लो विजयको
पताका प्रमिथस
घामपानी
स्टोभसङ्गीत
उग्ररूपा प्रकृति
हुरी असैह्य झञ्झा
मन्दपवन
दाँयाबाँया कोख बनेर
धर्तीबाट आकाश
आकाशबाट धर्ती
शिर आकाश
पाउ धर्ती
पाउ धर्ती
शिर आकाश
के होइन ?
अध्यात्मविज्ञान
विज्ञानअध्यात्म
कसैले
कुनै बेला
कहिल्यै छुट्याउन नसक्ने
सप्तसुर
सप्तराग
सप्तरङ्ग समाविष्ट
सौन्दर्यको इन्द्रधनुष हो
सर्वोच्चतर साहित्य !!

०००

कलेकुटी, काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
जङ्गली समाज !!

जङ्गली समाज !!

कलानिधि दाहाल
नेता म मानूँ किन ??

नेता म मानूँ किन...

कलानिधि दाहाल
भुवाहरू

भुवाहरू

डा. दामाेदर पुडासैनी किशाेर
जीवन अरुको नाममा

जीवन अरुको नाममा

गोवर्द्धन पूजा
भर्‍याङ

भर्‍याङ

फित्काैली डटकम
भिषा लाग्यो

भिषा लाग्यो

भाेज अर्याल
गीत्कौली

गीत्कौली

अमर अधिकारी
0
Would love your thoughts, please comment.x
()
x