साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बाउन्ड्री बाहिरको बल

बेइमान दर्शकहरूको बाहुल्यता भएको स्टेडियममा खेल्नुभन्दा बिना दर्शकको मैदानमा खेल्नु खेलाडीलाई मन परेको पनि त हुनसक्छ ।

Nepal Telecom ad

अशोककुमार शिवा :

देशले क्रिकेटमा लगातार तरक्की गरिरहेको अवस्थाको बारेमा बिरलै मात्र अनभिज्ञ होलान । यसको श्रेय देशले कति पाउला त्यो त थाहा छैन तर खेलाडी र टिमले चाहिँ श्रेय पाउनै पर्छ । श्रेय नपाउने हो भने दिनरात मेहनत गरेर दिलोज्यान दिई मैदानमा उत्रिएको के मजा ?

क्रिकेट खेलका नियमहरू के के हुन र यसको तौर तरिका कस्तो हो म जाबो छक्का, चौका र क्याच आउट (विकेट) मात्रै बुझ्नेलाई के थाहा ? परबाट बलरले कुँदेर बल फाल्दा बटारिएर ब्याटर भए ठाउँमा पुग्दा ब्याटरले फ्याट्ट हानेर डाँडा कटाए छक्का नत्र मैदान हुदै कुदेर बाउण्ड्री कट्यो भने चौका अनि बलले ब्याटरको पछाडि पट्टी गाडेर राखेको पोललाई छोयो भने विकेट हुने कुरा चाहिँ मैले पनि बुझेको छु ।

बलरले बल समातेर जाङमा घोटेको दृश्य अझै रमाइलो लाग्छ मलाई । बलरले बल जाङमा घोटेर अझ हेर्छन् पनि के हेर्छन् के देखिनु पर्छ त्यो भने म के जान्नु र । त्यत्रो मैदानको धुलोमाटो घोट्दै कुदेको मैलो बलमा औलामा थुक लगाएर समेत घोट्छन् । यस्तो दृश्य देख्दा भने यी क्रिकेटरहरू कति फोहोरी हुन भन्ने पनि लाग्छ । तर त्यो कुरामा हामीलाई के को चासो हामीलाई त मनोरन्जन चाहिएको छ । रमाउनु परेको छ अनि छक्का, चौका अनि आउट भन्दै कराउनु छ ।

क्रिकेट बलले स्टम्पलाई छोएर मात्रै आउट हुने नभई हानेको बल फर्किएर फर्काएर नआए सम्म कतिपल्ट ओहरदोहोर गर्न भ्याउँछन् ब्याट्स्म्यानहरू भनेर रन काउण्ट हुँदोरहेछ भने ब्याटर कुद्दाकुद्दै बल फर्काएर स्टम्प हिर्काए पनि ब्याटर आउट हुँदारहेछन् । बडो अचम्मको खेल रहेछ यो क्रिकेट । बल बिचमा अल्मलिउञ्जेल जतिसक्दो कुदिसक्नु पर्ने रहेछ । जुन टिमले एकापट्टीको स्टम्पबाट अर्कोपट्टीको स्टम्प भएसम्म बढी दौड लगाउन सक्यो उही टिमले जितेको ठहरिने रहेछ ।

बाउण्ड्री बाहिर धेरैबेर बल लिएर अलमल गर्नु वा चाँडो बल फिर्ता नगर्नु त्यस टिमलाई नै घाटा लाग्ने हुँदोरहेछ । साँढे गोरुले खुट्टाले भुईं कोरे झै ब्याट्स्म्यानको खुट्टाले पिच कोरेको हेर्नु अर्को मजाको दृश्य ।

क्रिकेटमा नाम कमाएका नेपालका एकजना खेलाडीले खुट्टाले भुई कोर्ने ठाउँ नभेटाएर नगरकोट देखी गौशालासम्म भुईं खोजेर हिँडेको, बाउण्ड्री बाहिर बल धेरैबेर खेलाएको, अनावश्यक बल जागमा घोटेको अनि दर्शक नभएको स्टेडियममा स्टम्प भाच्ने गरी बलिङ गरेको भनेर कुनचाहीँले कुरा लगाई दिएछ । विचराको निद हराम भएको छ रे भन्ने पो सुने । होइन अनि खेल्न जान्ने सिपालु खेलाडीले जहा पनि प्राक्टिस त गरिहाल्छन् नि हौ । कि मैले पो गल्ती भने ?

जसले पोल लगायो त्यो पक्कै पनि निर्मोही निर्दयी क्रिकेट खेल विरोधि अझ भन्नुपर्दा राष्ट्र विरोधि नै हुनुपर्छ । बेइमान दर्शकहरूको बाहुल्यता भएको स्टेडियममा खेल्नुभन्दा बिना दर्शकको मैदानमा खेल्नु खेलाडीलाई मन परेको पनि त हुनसक्छ । कि इच्छा र आकाङ्क्षालाई तिलाञ्जली दिएर अरुको चाहाना अनुरूप मात्रै खेल्नु पर्ने हो ? यसो पक्कै नहुनुपर्छ । खेलाडीले जहाँतहीँ अभ्यास खेल खेल्न पाउनु पर्ने उसको नैसर्गिक अधिकार हो । खेलाडीको नैसर्गिक अधिकार खोस्ने र बेफ्वाँकको बकबास गर्नेलाई कारवाही हुनुपर्छ भन्ने मेरो सामान्य बुझाई हो । खै के पो हो ?

अन्तमा, म चाहि एक अनाडी दर्शक हुँ । मलाई अरु कुरा थाहा छैन् नेपालका क्रिकेटरहरूले जुन कुनै ठाउँ, मैदान वा स्टेडियममा पनि खेल्न पाउनुपर्छ । निरन्तरको अभ्यासले नै सफलताको बाटो तय गर्दछ । जय देश, जय क्रिकेट ।

०००
गल्कोपाखा, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सुव्यवस्था

सुव्यवस्था

सुरेशकुमार पाण्डे
नेताको व्यथा

नेताको व्यथा

रामकुमार पाँडे
अज्ञानताको विज्ञान

अज्ञानताको विज्ञान

शिवप्रसाद जैशी
जङ्गली समाज !!

जङ्गली समाज !!

कलानिधि दाहाल
0
Would love your thoughts, please comment.x
()
x