साइबर अपराध सम्बन्धी सचेतना सामग्री

थलानै बसाए

हगे थाल भित्रै र चाटे सिनित्तै बनाए भुँडी ढुस्स भो भित्र भित्रै गरौँ काम भन्ने भुले स्वार्थ भक्त बनाए अझै देशलाई अशक्त ॥

Nepal Telecom ad

हेम अधिकारी :

यहाँ देशको हेर चिन्ता हुँदैन
पदैमात्र खाने, नपाई हुँदैन
दलैदल् दलैदल् भए हेर दल्दल्
पदैमा सधैँ गर्दछन् ठालु खल्बल् ॥

कता के छ चाला सबै स्वार्थमा छन्
मिले मन्त्रि आफ्नो दलै चट्ट छाड्छन्
बिहानै कता हो दिनैमा कता हो
र साँझै परे फेरि पुग्ने कता हो ॥

न टुङ्गो छ नेता कता पुग्छ कैले
भुले भोट दाता, भुले काम ऐले
भनेको कसो के, थियो भोट माग्दा
कमाऊ भयो आज सम्पूर्ण धन्दा ॥

हगे थाल भित्रै र चाटे सिनित्तै
बनाए भुँडी ढुस्स भो भित्र भित्रै
गरौँ काम भन्ने भुले स्वार्थ भक्त
बनाए अझै देशलाई अशक्त ॥

बडो आसले भोट हाले पठाए
गए माथि चौपट्ट पारे ठटाए
कमाए, थमाए, रमाए, हँसाए
र यो देशलाई थलानै बसाए ॥

०००
हाल क्यानडा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
लेखबहादुर

लेखबहादुर

नन्दलाल आचार्य
चम्चाको चमत्कार

चम्चाको चमत्कार

डा. बमबहादुर जिताली
ऐ जिन्दगी ! खबरदार !

ऐ जिन्दगी ! खबरदार...

लक्ष्मण नेवटिया
चैतकाे बाँदर

चैतकाे बाँदर

रामप्रसाद पन्थी
0
Would love your thoughts, please comment.x
()
x