साइबर अपराध सम्बन्धी सचेतना सामग्री

खटियाको गुनासो

हिटरले कोठाको अक्सिजन खाएर स्वाहा पारेछ, आधारातमा नाखमुख सुकेर हैरान । उठेर झ्याल ढोकाको खापा उदाङ्गै पारेर सुतेको हिटरको हिट कता फिट भयो थाहा भएन चिसोले मित लगाउन थालिगो । केही गर्दा पनि सुख भएन ।

Nepal Telecom ad

अशोककुमार शिवा :

यो जाडोभरि मैले नपाउनुको दुःख खाएर बिताए भन्दा फरक नपर्ला । मंसिरको पहिलोसाताबाटै उर्लेको जाडो बाबा कुरा नगरौँ कसरी फागुनको पहिलो साता आइपुगियो सपना जस्तै भा छ । के कुरा गर्नु कुरा गरिसाध्य भए पो गर्नु । फेरी नगर्दा पनि यो मोरा घाटी खसखसाएर हैरान पार्छ । घाटी खसखसाइरहनु भन्दा त बरू कुरा गर्नु नै वेश ।

मध्य जाडोको एकरात असाध्यै चिसो भयो र पल्लो कोठाबाट अर्को सिरक ल्याएर खप्ट्याएर ओडेर सुतेको, सुतेको एकछिन भा छैन कोठामा करकर कराएको आवाज आउँन थाल्यो रातको समय घरमा एक्लै डर डर पनि लाग्यो । आ के नै होला र के नै पो गर्ला ? भनेर मन बलियो पारेर जुरुक्क उठेर यसो सुनेको त खटियाको करकर पो रहेछ । अईया र आत्थोको गनगन् ए बा म त तीन छक्क परेँ ।

आज किन खटिया गन्गनायो भनेर सोधेको त मेरीबास्सै लाउनसम्मको आरोप ममाथि लगायो । पहिला भन्यो “बत्ती बाल्” ल त भनेर बालेँ । फेरी भन्छ “सिरक उठाउ” ल त भनेन खप्ट्याएको सिरक उठाएर अर्कोतिर राखेँ । खटिया त अझै चुप लाग्ने नामै लिँदैन त भन्छ “अर्को सिरक पनि पल्टाउ” । ए बा यो कठ्याङ्ग्रिँदो जाडोमा मलाई किन सास्ति दिँदैछ यो खटिया ? रिसले आँखा देखिनँ । पारो चढेर नब्बेको आँकडा कटिसक्यो ।

खटियाले अति गर्‍यो यस्ताको कुरा सुनेर के जाडोमा कक्रिनु भनेर सिरक ओडेर सुत्न लागेको फेरी कराउन थाल्यो । “म पहिलाको जस्तो दह्रो खह्रो छु र भन्या के को भारी बोकाएको मलाई ? कि के हो तौल त शङ्कालाग्दो थियो त” पो भन्न थाल्यो । मलाई हाँसो उठ्यो हाँसौँ कि जस्तो त लाग्या थियो फेरी मध्यरातमा एक्लै हाँस्दा छिमेकीले समेत अर्कै लख काट्लान भन्ने डर भएकोले ठूलो स्वरले हासिनँ मिसमिस मुस्काएँ ।

म मुसुमुसु मुस्काई रहँदा खटिया धमाधम कुरा खुस्काई रहेको थियो । “उमेरमा मैले के के व्यहोरे के के कहिल्यै गुनासो गरिनँ । अहिले जिउज्यान सबै मक्किएको धुलिया लागेको बेला भारी किन बोकाउनु पर्‍यो” पो भन्छ । मैले यसो विचार गरे हुन त हो विचरो आजको भएपो, मक्काएर भाँचिन लागेको करङ जस्ता बाङ्गिसकेका सरी छन् । धमिराले खाएर धुलै पारिसकेको छ के थामोस् । यो त खटियाको दयाको कुरा भयो । अनि यो जाडोमा आफ्नो दया चाहिँ कस्ले गर्ने नि ? गुनासो गर्ने गर्दै गर्छ सुत चुप लागेर भनेर सुतेँ ।

सुत्नु त सुतियो मर्दा निन्द्रा लाग्न द्या हैन । करकर करकर न ऊ चुप लाग्यो न म निदाएँ । सिरक खप्ट्याएकोले तातो चाहिँ त भयो तर निन्द्रा सबै काँचै बस्यो । भोलिपल्ट बेलुका फेरी त सुत्नुपर्‍यो हिजो त्यतिका रामायण कथा सुनेको अब के गर्ने होला त भनेर सोचेँ । एउटा जुक्ति आयो रातभरि हिटर बाल्ने । त्यस दिन हिटर बालेर एउटा सिरक फालेर सुते । हिटरले कोठाको अक्सिजन खाएर स्वाहा पारेछ, आधारातमा नाखमुख सुकेर हैरान । उठेर झ्याल ढोकाको खापा उदाङ्गै पारेर सुतेको हिटरको हिट कता फिट भयो थाहा भएन चिसोले मित लगाउन थालिगो । केही गर्दा पनि सुख भएन ।

पछि एउटा उक्ति सम्झिएर जुक्ति लगाए । खटियालाई घटिया सोच विचार छोडेर सही कुरोको अनेक चुरो कसेपछि बल्ल सहमतिमा ल्याएर खटियाको करङमा काम्रो बाँधेर बलियो पारिदिने वाचा गरेर जाडो कटाउने निधो गरियो र पो अहिलेसम्म तगडै रहियो नत्र त रामनाम सत्य नै हुन्थ्यो कि के थाहा ???
जय होस् बुढो खटियाको ।

०००
गल्कोपाखा, काटमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
बेहालको जात्रैमात्र

बेहालको जात्रैमात्र

अशोककुमार शिवा
काँध धेरै थाकिसक्यो

काँध धेरै थाकिसक्यो

अशोककुमार शिवा
फल थाम्न नसक्ने फेद के काम ?

फल थाम्न नसक्ने फेद...

अशोककुमार शिवा
बुढ्यौलीको ढोका

बुढ्यौलीको ढोका

अशोककुमार शिवा
बठ्याईं

बठ्याईं

अशोककुमार शिवा
सुकिला अतिथि

सुकिला अतिथि

माधव पोखरेल गोज्याङ्ग्रे
‘एक कान दुइ कान मैदान’ = भाइरल

‘एक कान दुइ कान...

कृष्ण प्रधान
किन आउँदैन ?

किन आउँदैन ?

रामकृष्ण ढकाल
सिको

सिको

दिप मंग्राती
0
Would love your thoughts, please comment.x
()
x