सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

गरिबको दिन आयो भन्छन्

नेता भए गाँउका ठालू उनकै छोरा ठूला, गरिबको दिन आयो भन्छन कता तिर होला ! हाम्रै काँधमा चडी चडी साहु नेता भयो, हाम्रै पसिना खाने मान्छे देश चलाउने भयो !

Nepal Telecom ad

सुभाषचन्द्र देवकोटा :

दुःखदुःख मै बित्ने भयो यो जिन्दगी चोला
गरिबको दिन आयो भन्छन कतातिर होला !

जिन्दगीमा धेरै चोटी दोबाटोमा लडे
आफन्तकै हेला भए दुत्कारमा परे !

बाबु आमा मेर भन्थे साहुकै मल बोक्दा,
कसले गर्‍यो हामी जस्ता टुहुराको वास्ता !

स्कुलको आँगन मैले टेक्न कहिल्यै पाइन,
नयाँ राम्रो लुगाफाटो लाउन देख्न पाइन !

ज्वरो आउदा गोडा दुख्दा कसले बाबु भन्छ !
साहुको गाली, जुठा भाडा जिन्दगी नै यहि छ !

नेता भए गाउँका ठालू उनकै छोरा ठूला,
गरिबको दिन आयो भन्छन कतातिर होला !

हाम्रै काँधमा चडी चडी साहु नेता भयो,
हाम्रै पसिना खाने मान्छे देश चलाउने भयो !

हामी जस्तो दुखियाको पालो कहिले आउला,
गरिबको दिन आयो भन्छन् कतातिर होला !

०००
गाेरखा

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
हैट सल्लाहकार जिन्दगी !

हैट सल्लाहकार जिन्दगी !

सुभाषचन्द्र देवकाेटा
उस्तै तिमी, उस्तै ऊ !

उस्तै तिमी, उस्तै ऊ...

सुभाषचन्द्र देवकाेटा
बिन्ती छ देशघात नगर

बिन्ती छ देशघात नगर

सुभाषचन्द्र देवकाेटा
मेरी आमा, तिम्री आमा

मेरी आमा, तिम्री आमा

सुभाषचन्द्र देवकाेटा
आऊ आजै रमाऊँ !

आऊ आजै रमाऊँ !

सुभाषचन्द्र देवकाेटा
शहीदको टुहुरो सपना

शहीदको टुहुरो सपना

सुभाषचन्द्र देवकाेटा
छिर्ने अरूका घर

छिर्ने अरूका घर

मुक्तिनाथ शर्मा
सिटामोल र बुद्ध

सिटामोल र बुद्ध

प्रमोद स्नेही
राष्ट्रिय इमान-बे-इमान !

राष्ट्रिय इमान-बे-इमान !

गायत्री परिरोशनी
डुबोस् देश के भो म सत्ता नछाडूँ ।

डुबोस् देश के भो...

घनश्याम रेग्मी
म्याऊँम्याऊँ

म्याऊँम्याऊँ

टङ्कराज ढकाल ‘तितेपाती’