साइबर अपराध सम्बन्धी सचेतना सामग्री

गरिबको दिन आयो भन्छन्

नेता भए गाँउका ठालू उनकै छोरा ठूला, गरिबको दिन आयो भन्छन कता तिर होला ! हाम्रै काँधमा चडी चडी साहु नेता भयो, हाम्रै पसिना खाने मान्छे देश चलाउने भयो !

Nepal Telecom ad

सुभाषचन्द्र देवकोटा :

दुःखदुःख मै बित्ने भयो यो जिन्दगी चोला
गरिबको दिन आयो भन्छन कतातिर होला !

जिन्दगीमा धेरै चोटी दोबाटोमा लडे
आफन्तकै हेला भए दुत्कारमा परे !

बाबु आमा मेर भन्थे साहुकै मल बोक्दा,
कसले गर्‍यो हामी जस्ता टुहुराको वास्ता !

स्कुलको आँगन मैले टेक्न कहिल्यै पाइन,
नयाँ राम्रो लुगाफाटो लाउन देख्न पाइन !

ज्वरो आउदा गोडा दुख्दा कसले बाबु भन्छ !
साहुको गाली, जुठा भाडा जिन्दगी नै यहि छ !

नेता भए गाउँका ठालू उनकै छोरा ठूला,
गरिबको दिन आयो भन्छन कतातिर होला !

हाम्रै काँधमा चडी चडी साहु नेता भयो,
हाम्रै पसिना खाने मान्छे देश चलाउने भयो !

हामी जस्तो दुखियाको पालो कहिले आउला,
गरिबको दिन आयो भन्छन् कतातिर होला !

०००
गाेरखा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मनको लड्डु …

मनको लड्डु …

सुभाषचन्द्र देवकाेटा
निरोको शहर…

निरोको शहर…

सुभाषचन्द्र देवकाेटा
म हार्न तयार छु

म हार्न तयार छु

सुभाषचन्द्र देवकाेटा
जय नेपाली क्रान्ति !

जय नेपाली क्रान्ति !

सुभाषचन्द्र देवकाेटा
राजनीतिका बनियाँ

राजनीतिका बनियाँ

सुभाषचन्द्र देवकाेटा
भन्… नयाँ वर्ष त किन आइस् ?

भन्… नयाँ वर्ष त...

सुभाषचन्द्र देवकाेटा
बोक्सीका ताजा बात- ९

बोक्सीका ताजा बात- ९

गायत्री परिरोशनी
माटोबाट पलाएर माटोमै

माटोबाट पलाएर माटोमै

अनिता काेइराला
बिचरा झोलेहरु

बिचरा झोलेहरु

फित्काैली डटकम
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
0
Would love your thoughts, please comment.x
()
x