साइबर अपराध सम्बन्धी सचेतना सामग्री

छायातन्त्र

भाषा, धर्म, कला र मौलिकपना देखिन्छ कोशौं पर । ढेवा वा ढुकुटी लुटी मुलुकको लौ मोज आफैँ गर ॥ बारीमा,घरमा तथा महलमा पैसा पसी अन्त्रमा । साह्रै देख्छु थिचोमिचो छटपटी हाम्रो प्रजातन्त्रमा ॥

Nepal Telecom ad

हेमराज पन्त :

कैयौँका घरवार, काख लुटिए बर्सेर गोली जब ।
कस्तो स्वप्न थियो शहीदहरुको मासे निचोरी सब ॥
खोजौ बौद्धिकता कहाँ र कसरी नौलो नयाँ तन्त्रमा ।
साह्रै देख्छु थिचोमिचो छटपटी हाम्रो प्रजातन्त्रमा ॥१

कालो बादल चेतना सगरमा यो राष्ट्र एक्लै लुटे ।
नेता देख्छु यहाँ कुशासक सबै यी दुष्ट काला जुटे ॥
के विश्वास गरौ दुखी मुलुकको नौलो नयाँ यन्त्रमा ।
साह्रै देख्छु थिचोमिचो छटपटी हाम्रो प्रजातन्त्रमा ॥ २

लाखौँलाख यहाँ युवा र युवती भाँसेर खाडी पुगे ।
हाम्रो देश विकासका मुल सबै खोला नदी झैँ सुके ॥
खुट्टा तान्न सिपालु शासक यिनी छोडी बसे मन्त्रमा ।
साह्रै देख्छु थिचोमिचो छटपटी हाम्रो प्रजातन्त्रमा ॥३

भाषा, धर्म, कला र मौलिकपना देखिन्छ कोशौं पर ।
ढेवा वा ढुकुटी लुटी मुलुकको लौ मोज आफैँ गर ॥
बारीमा,घरमा तथा महलमा पैसा पसी अन्त्रमा ।
साह्रै देख्छु थिचोमिचो छटपटी हाम्रो प्रजातन्त्रमा ॥४

लागौँ देश विकास मूल पथमा नेपाल जागा गरी ।
पुर्खाको बलिदान, पौरख बुझी सत्ज्ञान नौलो छरी ॥
वासन्ती वनमा फुले कुसुम यी फक्री रहेका कली ।
हाम्रा वीर शहीदमा हृदयले अर्पिन्छु श्रद्धाञ्जली ॥

०००
पाटन २ सिलङ्गा, बैतडी
हाल पहलमानपुर, कैलाली

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पीडा

पीडा

हेमराज पन्त
गुनासो

गुनासो

हेमराज पन्त
म लाछी

म लाछी

हेमराज पन्त
आधुनिकता

आधुनिकता

हेमराज पन्त
जुकेबल

जुकेबल

हेमराज पन्त
सम्मानवाल

सम्मानवाल

हेमराज पन्त
बुढेसकालमा बुढोले थपे बिछ्याउना

बुढेसकालमा बुढोले थपे बिछ्याउना

रणबहादुर बुढाथोकी ‘भैया’
‘नेतारोग’ लागेको मान्छे !

‘नेतारोग’ लागेको मान्छे !

राजेन्द्र तारकिणी
मोबाइल

मोबाइल

उत्तम विचार
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
0
Would love your thoughts, please comment.x
()
x