अन्जु शर्मावार्ता
“तिम्रो र मेरो वार्ता भनेको नेताको जस्तो पो भयो ! अनुकूल मौसममा मिल्ने, प्रतिकुल हुँदा भङ्ग गर्ने । दुष्चरित्र स्वभाव” घामले उत्तर दियो । अनि दुवैले एकअर्कालाई हेरेर मुसुक्क मुस्काउँदै, ग्वाम्म अङ्गालो मारेँ ।

अन्जु शर्मा :
घाम र पानी वार्ता गर्न व्यस्त थिए । तब घामले भन्यो “प्रिय ! तिम्रो र मेरो असमझदारीका कारण जनताले वेमतलवको दुःख पाए । अब तिमी र म प्रकृतिको नियममा आबद्ध रहेर मात्र जनता समक्ष जानपर्छ ।”
“हो प्रिय ! तिम्रा कुरामा दम छ । तिमी मैले भिजाएका बस्ती सुकाउने बेला मात्र उपस्थित जनाउ ।” पानीले सहमति जनायो ।
अचानक पर बस्तीमा घाम टिलिक्क टल्किए । पानी रिसले मुर्मुराउँदै “एकैक्षणमा तिमीले किन वाचा तोड्यौ ?”
“हो, बाध्य भएँ प्रिय ! त्यो बस्तीका गरिब र सुत्केरीको न्यानो भनेको मात्र मेरो उपस्थिति रह्यो । अनि तिमी किन वर्षेकी त ?”
“क्यार्छौ त ! तिमीले सुकाएका धाँजाबाट बिरूवाहरूको रोधन र चित्कार मैले पनि सहन सकिन नि !”
“तिम्रो र मेरो वार्ता भनेको नेताको जस्तो पो भयो ! अनुकूल मौसममा मिल्ने, प्रतिकुल हुँदा भङ्ग गर्ने । दुष्चरित्र स्वभाव” घामले उत्तर दियो । अनि दुवैले एकअर्कालाई हेरेर मुसुक्क मुस्काउँदै, ग्वाम्म अङ्गालो मारेँ ।
०००
काठमाडौं
Subscribe
Login
0 Comments
Oldest