साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पेन्सन खानेले म्याउ गर्ने ?

आफ्नै आँखाले धमिलो देख्छन् दृष्टिदोष पालेर कुण्ठा ओकल्छन् आफ्नो लौरो नटेकेर परचक्री ढोग्छन् यस्ता सिल्ली सेवानिवृत्त आउटडेटेड कर्मचारी पेन्सन खाएर म्याउ गर्छन् ।

Nepal Telecom ad

राजाराम बर्तौला :

पसिनाको पोत उठाउन
प्रत्येक महिना बैंक धाउने
हातमा पेन्सनपट्टा लिएर
जिउँदै भएको प्रमाण दिन
छ / छ महिनामा सशरीर उभिएर
पेन्सनपट्टामा ठप्पा लगाउन पर्ने
आउटडेटेट निकम्मा सेवानिवृत्त कर्मचारी
सरकारले दिएको पेन्सन खाएर
घरीघरी म्याउ गर्ने ?

जसको मानो खानु छ
उसको गीत गाउनु त कता हो
उल्टो फतुर गर्नुछ
यो भएन त्यो भएन भन्दै असन्तोष,
आक्रोश ओकले
दूध दिने गाईको लात सहनु त कता हो
यी आउटडेटेड सेवानिवृत्त
पेन्सन खानेले म्याउ गर्ने ?

आफ्नै आँखाले धमिलो देख्छन्
दृष्टिदोष पालेर कुण्ठा ओकल्छन्
आफ्नो लौरो नटेकेर परचक्री ढोग्छन्
यस्ता सिल्ली सेवानिवृत्त
आउटडेटेड कर्मचारी
पेन्सन खाएर म्याउ गर्छन् ।

अरु भन्दा ऊ नै जान्ने
म नै विज्ञ म नै ज्ञानी
म नै हुँ भनी ठान्छन्
आफूलाई सर्वज्ञाता मान्छन्
नैतिकताको लौरो समातेर
सडकमा ताण्डव गर्ने
सरकारसँग पौठेजोरी खेल्ने
यी सेवानिवृत्त
आउटडेटेड कर्मचारी
पेन्सन खाएर म्याउ गर्ने ?

०००
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
जुन जोगी आए पनि कानै चिरेको

जुन जोगी आए पनि...

राजाराम बर्ताैला
युद्ध जारी छ

युद्ध जारी छ

राजाराम बर्ताैला
कुराको कुराउनी

कुराको कुराउनी

राजाराम बर्ताैला
आत्माभिमान

आत्माभिमान

राजाराम बर्ताैला
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
मिलन अवतार

मिलन अवतार

युवराज भण्डारी
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
0
Would love your thoughts, please comment.x
()
x