
को आस्तिक ?
केही ससङ्कित र केही रोष प्रकट गर्दै उनले भने, “बाबु ! नास्तिकले पो यस्तो भन्छ त ।” श्रीधरले बाल बोली बोलिहाले “ए गोबरलाई गोबर भन्नेलाई नास्तिक र गणेश भन्नेलाई आस्तिक भन्नुपर्छ हो गुरु ?”

श्रीप्रसाद पोखरेल :
पण्डित धर्मानन्द गणेश स्थापना गर्दै थिए । घरका सबै फर्याकफुरुक गरेर पूजाका कामलाई तारतम्य मिलाउँदै थिए । स्कुल हिड्न तम्तयार श्रीधरले धर्मानन्दलाई सोधे, “पण्डित ज्यू ! केटाकेटीले जस्तो गोबर किन खेलाउनु भएको ?”
“श्रीधर ! यो गोबर हैन बाबु ! यो त गणेश बनाएको हो ?” श्रीधरलाई उनले प्रष्ट्याए ।
“पण्डित ज्यू ! हजुर गोबरलाई गणेश पनि बनाउन सक्नुहुन्छ ?”
केही ससङ्कित र केही रोष प्रकट गर्दै उनले भने, “बाबु ! नास्तिकले पो यस्तो भन्छ त ।”
श्रीधरले बाल बोली बोलिहाले “ए गोबरलाई गोबर भन्नेलाई नास्तिक र गणेश भन्नेलाई आस्तिक भन्नुपर्छ हो गुरु ?”
०००
इटहरी
Subscribe
Login
0 Comments
Oldest