सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

पिता माता पाल्ने

सधैँ एक्लो पारी विरह बहमा राख्दछन् बेसहारा बुढो हड्डी घोटी भन न कसरी गर्दछन् ती गुजारा मरे मात्रै फिर्छन् दिन दशकृया दाम बोकेर फाँचो पिता माता पाल्ने सविनय बधू पुत्रको देख्छु खाँचो॥

Nepal Telecom ad

रामशरण न्यौपाने :

बढ्यो तृष्णा धेरै धनतिर हरे लोकको आज भोलि
हिँडेका छन् सारा परमुलुकमा दामको भर्न झोली
परेको अप्ठ्यारो म त मुलुककै लेख्छु खोलेर साँचो
पिता माता पाल्ने सविनय बधू पुत्रको देख्छु खाँचो॥१

भई एक्लो छोरो बहुत प्रिय त्यो बाबु आमाहरूको
पुगी कोसौँ टाढा गुठिल धनको बात सुन्दा अरूको
दिएका छन् धोका कति हृदयमा आज हानेर भाँचो
पिता माता पाल्ने सविनय बधू पुत्रको देख्छु खाँचो॥२

पढाए लेखाए ऋण धन गरी हाड घोटेर धेर
बुढा बाबा आमाकन पछि खुबै गर्छ सेवा भनेर
यहाँ नेपालीले जति पनि पढे बुद्धि देखिन्छ काँचो
पिता माता पाल्ने सविनय बधू पुत्रको देख्छु खाँचो॥३

सधैँ एक्लो पारी विरह बहमा राख्दछन् बेसहारा
बुढो हड्डी घोटी भन न कसरी गर्दछन् ती गुजारा
मरे मात्रै फिर्छन् दिन दशकृया दाम बोकेर फाँचो
पिता माता पाल्ने सविनय बधू पुत्रको देख्छु खाँचो॥४

सधैँ लठ्ठी टेकीकन शहरमा किन्न सामान जान्छन्
बिरामी पर्दामा कति दिन मकै गुन्द्रुकै मात्र खान्छन्
सयौँ पीडा हुन्छन् तन उपरमा सेक्न को दिन्छ बाँचो
पिता माता पाल्ने सविनय बधू पुत्रको देख्छु खाँचो॥५

०००
भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
साठी कटेको दिन

साठी कटेको दिन

रामशरण न्याैपाने
फर्केर आउन् घर

फर्केर आउन् घर

रामशरण न्याैपाने
खाएर कालो धन

खाएर कालो धन

रामशरण न्याैपाने
आमा

आमा

रामशरण न्याैपाने
बिरामी छिन् आमा

बिरामी छिन् आमा

रामशरण न्याैपाने
बस्छन् बुढा गाउँमा

बस्छन् बुढा गाउँमा

रामशरण न्याैपाने
बाबुआमा (काव्यांश) – ४३

बाबुआमा (काव्यांश) – ४३

दीनानाथ पाेखरेल
वृद्धावस्था

वृद्धावस्था

मेघराज पाैड्याल
वृद्ध चिन्ता

वृद्ध चिन्ता

कविराज घिमिरे
साठी कटेको दिन

साठी कटेको दिन

रामशरण न्याैपाने
आमा भएको घर

आमा भएको घर

देवीप्रसाद मिश्र
फर्केर आउन् घर

फर्केर आउन् घर

रामशरण न्याैपाने
0
Would love your thoughts, please comment.x
()
x