साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पिता माता पाल्ने

सधैँ एक्लो पारी विरह बहमा राख्दछन् बेसहारा बुढो हड्डी घोटी भन न कसरी गर्दछन् ती गुजारा मरे मात्रै फिर्छन् दिन दशकृया दाम बोकेर फाँचो पिता माता पाल्ने सविनय बधू पुत्रको देख्छु खाँचो॥

Nepal Telecom ad

रामशरण न्यौपाने :

बढ्यो तृष्णा धेरै धनतिर हरे लोकको आज भोलि
हिँडेका छन् सारा परमुलुकमा दामको भर्न झोली
परेको अप्ठ्यारो म त मुलुककै लेख्छु खोलेर साँचो
पिता माता पाल्ने सविनय बधू पुत्रको देख्छु खाँचो॥१

भई एक्लो छोरो बहुत प्रिय त्यो बाबु आमाहरूको
पुगी कोसौँ टाढा गुठिल धनको बात सुन्दा अरूको
दिएका छन् धोका कति हृदयमा आज हानेर भाँचो
पिता माता पाल्ने सविनय बधू पुत्रको देख्छु खाँचो॥२

पढाए लेखाए ऋण धन गरी हाड घोटेर धेर
बुढा बाबा आमाकन पछि खुबै गर्छ सेवा भनेर
यहाँ नेपालीले जति पनि पढे बुद्धि देखिन्छ काँचो
पिता माता पाल्ने सविनय बधू पुत्रको देख्छु खाँचो॥३

सधैँ एक्लो पारी विरह बहमा राख्दछन् बेसहारा
बुढो हड्डी घोटी भन न कसरी गर्दछन् ती गुजारा
मरे मात्रै फिर्छन् दिन दशकृया दाम बोकेर फाँचो
पिता माता पाल्ने सविनय बधू पुत्रको देख्छु खाँचो॥४

सधैँ लठ्ठी टेकीकन शहरमा किन्न सामान जान्छन्
बिरामी पर्दामा कति दिन मकै गुन्द्रुकै मात्र खान्छन्
सयौँ पीडा हुन्छन् तन उपरमा सेक्न को दिन्छ बाँचो
पिता माता पाल्ने सविनय बधू पुत्रको देख्छु खाँचो॥५

०००
भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नाङ्गो नाच म हेर्छु

नाङ्गो नाच म हेर्छु

रामशरण न्याैपाने
वृद्ध वृद्धा सबै …

वृद्ध वृद्धा सबै …

रामशरण न्याैपाने
सबै पाका मान्छे

सबै पाका मान्छे

रामशरण न्याैपाने
विवश छन् सहयोग छिटो गरौँ

विवश छन् सहयोग छिटो...

देवीप्रसाद मिश्र
पाका युवा बालक छन् बिहाल

पाका युवा बालक छन्...

चेवनचन्द्र बस्नेत
पाका युवा बालक छन् बिहाल !

पाका युवा बालक छन्...

घनश्याम रेग्मी
मलाई लिन आऊ छोरा

मलाई लिन आऊ छोरा

भावना न्याैपाने
0
Would love your thoughts, please comment.x
()
x