श्रीप्रसाद पाेखरेलअविश्वास
यो पैसा कहाँबाट ल्याइस् भन् न त ? प्रहरी झोक्कियो । “यो प्रश्न पानीट्याङ्कीमा पैसा राख्ने नेतालाई कहिल्यै सोध्यौ ?” श्रीधरले प्रतिप्रश्न गर्यो ।

श्रीप्रसाद पोखरेल :
“बाङ्गो कुरा नगर् । सिधा सिधा जवाफ दे” प्रहरीले थर्कायो ।
श्रीधर दैनिक आफ्नो आय घरमै जम्मा गर्ने गर्थ्यो । श्रीधरलाई कुनै बैँक वा सहकारीमा विश्वास थिएन । कारण लुटिएको बैँकको पैसा अपराधी भेटिए पनि पैसा फिर्ता भएन । न सहकारीका सञ्चालकले लुटेको पैसा कुनै सञ्चालकको नीजि सम्पत्तिबाट नै असुल उपर भयो ।
“हवल्दार ! यसलाई हतकडी लगाउनुस्” इन्स्पेक्टरले आदेश दियो ।
“मेरो के अपराध छ र हतकडी लगाउछौ ?” उसले रोष प्रकट गर्यो ।
“थानामा गए पछि थाहाहुन्छ के अपराध छ ?”
तिम्रा गृहमन्त्री अपराध गर्ने म थानामा बस्ने ? उसले सबै रिस एकै चोटि पोख्यो ।
यो पैसा कहाँबाट ल्याइस् भन् न त ? प्रहरी झोक्कियो ।
“यो प्रश्न पानीट्याङ्कीमा पैसा राख्ने नेतालाई कहिल्यै सोध्यौ ?” श्रीधरले प्रतिप्रश्न गर्यो ।
०००
इटहरी
Subscribe
Login
0 Comments
Oldest







































