साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जनबोली

उल्टो घुम्दैन पृथ्वी निशि दिन कहिल्यै पश्चिमी मार्ग रोज्ला चाहे होस् बाघ भोकै तृण तरु लहरा खान्न ऊ मासु खोज्ला । छाड्दैनन् धर्म आफ्नो प्रकृति र पशुले छाड्छ मान्छे नधान्ला नेताले धर्म छाडे कि कमसल परे देश कैलै नबन्ला ॥

Nepal Telecom ad

हृषीकेश बराल :

तोरी कोदो मिसाई जति पटक पिसौँ तेल पीठो नबन्ला
बाँझो बारी नजोती गहुँ जउ र मकै धान मार्सी नफल्ला ।
विद्वान् वा बुद्धिजीवीसित मिलन भए मूर्ख होऊ नभन्ला
स्वार्थी नेता भएमा अधपतन भई देश कैलै नबन्ला ॥१॥

भेडा बाख्रा जरायो सकल पशुहरू बाघका साथ राख्ता
गर्दै एकेक खाला प्रतिदिन उसले सिद्धिदै जान्छ चाख्ता ।
सीधासाधा फकाई मधुर वचनले खान्नँ भो मासु भन्ला
स्वार्थी नेता भएमा अधपतन भई देश कैलै नबन्ला ॥२॥

आएमा धर्मछाडा शठ बहुमतमा पुण्य सम्पूर्ण भाग्ला
गाई मारी गधाको भरण यदि भए निश्चितै पाप लाग्ला ।
भन्ने बेला यही हो समय नजिकिँदै नत्र धिक्कार्न पर्ला
नेतामा निर्विवेकी पन यदि छ भने देश कैलै नबन्ला ॥३॥

केराका वृक्ष रोपी नरिवल अमला आँप अम्बा नफल्ला
लौका फर्सी घिरौंला सलगम छरिँदा आलु बोडी नफल्ला ।
पानीको प्यास लाग्दा भजन जल गरी शुष्क घाँटी नभिज्ला
आएमा दुष्ट नेता प्रगति पथ थुनी देश कैलै नबन्ला ॥४॥

आगो तापेर जाडो हिमशिखर बसी हुन्न गर्मी कहीँ यो
वैरी ढोगेर आफ्नो हित शुभ नहुने सत्य वाणी यही हो ।
ब्वाँसो पालेर रक्षा पशु धन घरको गर्न कोही नसक्ला
नेता आए धुताहा कमसल मतिका देश कैलै नबन्ला ॥५॥

उल्टो घुम्दैन पृथ्वी निशि दिन कहिल्यै पश्चिमी मार्ग रोज्ला
चाहे होस् बाघ भोकै तृण तरु लहरा खान्न ऊ मासु खोज्ला ।
छाड्दैनन् धर्म आफ्नो प्रकृति र पशुले छाड्छ मान्छे नधान्ला
नेताले धर्म छाडे कि कमसल परे देश कैलै नबन्ला ॥६॥

पूरा आशा अपेक्षा प्रगति मुलुकको गर्न नेता पठायौँ
छानी नौला पुराना अभिमत दिइयो वृद्ध कोही हटायौँ ।
जिम्मेवारी युवाले अब त लिनुपर्‍यो निश्चयी देश बन्ला
उस्तै नेता परेमा अधपतन भई देश कैलै नबन्ला ॥७॥

०००
पोखरा -२६, कास्की ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
किन यस्तो भने ?

किन यस्तो भने ?

हृषीकेश बराल
हो देश सर्वोपरि

हो देश सर्वोपरि

हृषीकेश बराल
देशको अवस्था

देशको अवस्था

हृषीकेश बराल
जीवनको अस्थिरता

जीवनको अस्थिरता

हृषीकेश बराल
जानकारी (२)

जानकारी (२)

हृषीकेश बराल
जानकारी (१)

जानकारी (१)

हृषीकेश बराल
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
0
Would love your thoughts, please comment.x
()
x