साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पी.के. दाइ

कमाउने बेलामा नकमाए क्षमा हुन्न, अनूभूत तथ्य । मैले बुझेको यही हो । दाइको जो विचार ।” “सत्य यही हो कान्छू, म अरूको कुरालाई तोडमरोड गर्न सक्छु, मेरो कान्छुको कुरामा हिम्मत हुन्न ।”

Nepal Telecom ad

धनराज गिरी :

”दलेतर भए पनि हजुर हाम्रो जिल्लामा एक सर्वमान्य, सर्वग्राह्य प्राज्ञ हुनुहुन्छ । हामी योग्यतालाई कदर गर्दछौं । हजुरको जिम्मामा हाम्रा शास्त्रीय कार्यकर्ता स्वर्गीय “पि.के. दाइ” पर्नुभएको छ । उहाँको बारेमा हजुरलाई यथेष्ठ जानकारी नभएमा हाम्रो पार्टी कार्यालयले सहयोग गर्नेछ । यति सहयोगको अपेक्षा गरियो । हजुरको समय कस्तो छ ? हुन त हजुर घाम उदाएदेखि अस्ताउनेन्जेलसम्म अति व्यस्त रहने मान्छे, उज्यालोको खेतीमा लाग्नुभएको छ । जानकारी राख्दछु म पनि । हजुरका समीक्षाहरू पढेको छु । हजुरको अनुज प्रोफेसर भास्करनारायण गजलोपाध्याय, बिन्दास गैंडाले हजुरको निकै प्रशंसा गरे, हाम्रै कार्यालयमा आएर, हजुरहरू जोर विशिष्ट पात्रहरू, हाम्रो जिल्लामा, “टोलेमी र पायथागोरस” मानियो ।”

पीपलपुरका “जय नेपाल कोइरालाले” शेरचोक निवासी विद्धान् “नभोमणि सन्तोषानन्द कमलोपाध्यायसित” अति नम्र भएर प्रस्ताव राखे । साथमा दाजी नेपाली गीतानाथ रेग्मी पनि थिए । उनी बोले, “कमरेड भाइ, सहयोग गर्नुपर्दछ । हाम्रो अध्यक्ष कमरेडको भावना र योजना पनि यही हो, हार्दिकता बढाउने, आत्मीयता पढाउने । समाजमा, यो ३५ वर्षमा, सामाजिक सद्भाव खल्बलिएको छ । भाइ हजुर, म प्राविधिक दाइ, आखिर अध्यक्ष त म पनि हुँ, मेरो पनि सादर परमादेश हजुरले यो गोवर्धन धान्नुपर्दछ । आखिर घाम भए आमको कल्याण, वामको लागि जे जे होला, रूख भए सबैलाई सुख, नारा र भाषणमा भए पनि, मेलमिलापको कुरा राम्रो हो, वर्तमान परिप्रेक्षमा, यो हाम्रो “केशवपथ” सही छ ।

“पी.के. दाइ” लाई म पनि चिन्छु । यो राम्रो अवसर हो । भोलि कता कताको कोसित मिल्नुपर्छ, के थाहा कमरेड ? दूरदर्शी हुने बेला हो यो । कोइरालाजी, ढुक्क हुनुहोस्, काम हुन्छ ।” मुसुमुसु, नभोमणि अनुज, उनको अनुहार अझै उज्यालो भयो । जीवनमा आरोह अवरोह धेरै देखे, भोगे, समस्याको नारायणीमा अच्यूत बनेर नाउ पार लगाएका महाभारतका “श्रीकृष्ण” जस्ता यी पात्रको बोलीमा ससम्मोहन छ । बोले, “अच्छा, जयनेपाल बाबु, यी “पी.के. दाइ” को खास घर कहाँ हो ? थाहा भएन मलाई । राजनीतिक धरातल त थाहा छ मलाई, म समाज मनोविज्ञान पनि जान्न चाहन्छु । शोध गरेर मात्र लेख्छु म । मलाई साहित्यिक काल्पनिक उडान पनि मनपर्छ । तर धरातलीय यथार्थ पनि जान्नुपर्दछ । आज पनि देशका ठूला ठूला प्राज्ञहरूसित “जूममा” यही वार्ता भएको थियो ।

हुन्छ, म समय मिलाउँछु । बागीश माताको अर्चना वन्दनामा लागेको राम्रै भएछ । तपाईंको दलप्रति आभारी छु, इतरलाई पनि भितर संझिनुभएकोमा धन्यवाद, त्यो मेरो “टोलेमी अनुजले” त भन्थ्यो, हामी पहिले मान्छे, अनि नेपाली, अरू कुरा गौण, सबैको अस्तित्व स्वीकार्ने, कर्मपथमा लाग्ने, गीता बुझेर, सीतालाई पुजेर, मान्छे त ऊ औतारी, शीतल चौतारी, क्या अद्भुत प्रतिभा छ, जासूस पनि । हाम्रो यो वार्ता पनि थाहा पाएर कथा लेख्न बेर छैन । प्यारो छ मान्छे ।”

“आम्मै, हाम्रै नेता गगन थापाकै सामुन्नेमा “म वाममैत्री” चारतारे, त्यो पनि अलिअलि” भन्नुभयो । कत्रो साहस । तर हामीले सम्मान गर्न सकेनौं, उहाँ पनि त्यस्तै हो । अलिअलि त तालमा ताल मिलाउन जान्नुपर्छ नि, वास्तै छैन । गजल लेख्यो, हिन्दी गीत गायो । अण्टसण्ट बढी लेख्ने । प्रतिभा खेर गयो” कोइरालाले आफ्नो धारणा राखे ।

“जे जे भए पनि मान्छे निर्मल, विमल, कंचन र हक्की, मलाई मनपर्छ गजलकार गुरू” रेग्मीको विचार । “त्यो त संसारलाई थाहा छ” कोइराला । “हुन्छ, अहिले म एउटा मिटिङ्गमा जानु छ, बिदा हुने, नमस्कार” बैठक सकियो । तीन तारा तीनतिर, चारतारे कोइराला चीनतिर । घर आए ननभोमणि, तुरून्त काम सुरु गर्ने निधो गरे ।

“यति धेरै काम गर्ने सोच बनाएछ त्यो दलले, पार्टीमा लागेका मान्छेहरूमा उत्साह जाग्ने छ । “मेरो मूल्यांकन भएन” “मलाई पार्टीले हेरेन” “म त्यो गूटको, कित्ताको परिन” भनेर चित्त दुखाउनेहरू जुन जिल्लामा पनि छन् । नायक कमरेडहरूको पनि आफ्नै सीमा छ । अर्थात्, उनीहरू पनि स्वस्थानी परंपराबाट बाहिर आउन सकेका छैनन् ।

कमरेड संजय थापाले एक पटक कान्तिपुरमा लेखे, “योग्यहरू” कसिदा “लेख्दैनन्, धूपबत्ती लिएर मन्दिर मन्दिर धाउँदैनन्, त्यसैले अवसर पाउँदैन, अयोग्यहरू “आन्जनेय” बन्न, “लम्बोदर” बन्न लाज मान्दैनन् । अनि दुबै हातमा लड्डु अयोग्यहरूको हुन्छ । यो देशलाई भाटगिरीहरूले भ्याए । “गिरी” शब्द आएपछि नभोमणि मुस्कुराए । “काम त दिए साथीले, अब शुभारम्भ कहाँबाट गरौं ?” सोचे । बाइक लिएर निस्किए, “पी.के. दाइको” नीलमणि इलाकातिर ।

“आहा, मेरो साथीको भान्जीले बाटो चाहिं राम्रो बनाइन् ।” मनमनै मेयर भान्जीको प्रशंसा गरे । “सबै मिलेर काम गरे त विकाश हुन्छ नि । आखिर नमुना नै बन्यो त कुनै जमानाको “नीलमणि माध्यमिक विद्यालय” मनमा पवित्र मन्दिर, शारदाको, आयो– नारायणी नमुना माध्यमिक विद्यालय, भरतपुर “जोर पूर्ण” मानसपटलमा आए । बूढा “टी.बी.टी.” पाल्पा जस्तै, लौरो जताबाट टेके पनि हुने ।

“नारायणी” मनमा आएपछि हृदय शीतल भयो । “कृष्ण र मीठू” को प्रेमकहानी संझिए । “यहाँ, पी.के. दाइको घर कता होला ?” जय नेपाल टोल पुगेपछि सोधे । “लेफ्ट, घर नं. ३६ पछि लेफ्ट, घर नं. ७४ पी.के. दाइको, ठ्याक्कै ।” युवक । “आम्मै, कति लेफ्ट, लेफ्ट बाबु लेफ्ट हो ?” युवक । “कसरी भयो ?” “अध्यक्ष कमरेडसित हात मिलाएको हजुर तस्वीर सामाजिक संजालमा देखेको थिएँ । म हजुरलाई चिन्छु । उत्तमलाल जोशीकै सहपाठी हुँ, एम. एड. सप्तगण्डकी क्याम्पस, साइकोलजी ।”

“ए ए ए… हरिशरण सापकोटा ?” “हो त काका, हजुरले पो भन्नुभयो । हामी कुर्घाको ।” “धन्यवाद भतिजा, अब हेर्नुछ नतिजा ।” लागे लेफ्ट, लेफ्ट । “घर नं. ७४” परिवारलाई आफ्नो परिचय दिए, उद्धेश्य बताए । “पूर्वमान्यता पन्यालो हुँदै गयो” न छोरा, न बुहारी, न पत्नी, कसैको अनुहारमा पनि चमक छैन । “ए, ए” भने त्यति चासो देखाएनन् । “पानी, चिया, तातो, चिसो” केही पनि सोधेनन् । गद्य कविता लेख्ने कवि “कोक गोष्ठीमा” गएजस्तो भयो ।

“किन यति उदासिनता ? जाँगर शून्य व्यवहार ? केही बुझ्न सकेनन् । रित्तो मन लिएर फर्किए ।” त्यत्रो नाम छ दलमा, पत्रपत्रिकामा त्यत्रो चर्चा, जिउँदो शहीद, प्रजातन्त्रका “नरेन्द्र दाइ” पछि उनै “दाइ” भनेका हुनाले दलमा उपेक्षा किन ? अनि संझिए आफ्नो प्यारो अनुज “टोलेमी” को नियम अचम्मको छ, घरभित्र हाई हाई, समाजमा बाई, बाई, अनि भनेको पत्नी र छोराछोरीको नजरमा “निकम्मा” हुनु हो, एक किसिमले, “सेलीब्रेटी” को मनको “एक्स रे” गरेमा भेटिनेछ गौतम बुद्धको “दुःख” मात्र “दुःख” यही भएर दाजी अति नाम कमाएर “महान्” जस्ता देखिने हस्तीहरू वस्तीतिर आएर एकान्तमा बसी रून्छन् । रूप एउटा सार अर्कै, बिजुली आउने तार अर्कै, इन्द्र अर्कै केदार अर्कै ! देखिने एउटा, भोगिने अर्कै ।”

“कस्तो खाँटी कुरा बोल्छ, लेख्छ त्यो मान्छे, किन यति माया र सम्मान गर्छ मलाई ? थाहा छैन । महाभारतको प्रभाव होला ।” घर आए । नुहाए । खाना खाए । नातिनातिनाको संझना आयो । गुगलतिर पसेर कमिलामाथि रिसर्च गर्न थाले । “यो मान्छेहरू को दुनियाँमाभन्दा त अन्य प्राणीहरूको दुनियाँमा रमाइलो होलाजस्तो लाग्यो । हामीले खोजेको साम्यवाद त्यहाँ पो छ त । हाम्रो सपनाको “यूटोपिया” त्यहाँ छ ।

लौ हेर, मेरो भाइको भिडिओ कल आयो, आज भने नयाँ गजल सुन्न पाइन्छ, “नमस्कार, के छ हाल बात ? गुप्तवासको नतिजा आयो ? आज सारै दिक्क लाग्यो । एउटा गजल सुनाऊ त कान्छू” स्नेह बर्षाए । “प्रणाम दाजी, म पनि आज कस्सिएर गजल सुनाउँन आएको हुँ, शेर अर्ज है !” “ईर्साद !” शेरहरूः रमाएर नारायणी उर्लिएर आई– केशव, केशव दाजुभाइ संधी भट्टराई । यता कुद उता कुद अति व्यस्त दाजी– खडेरी यो समाजमा कामधेनु गाई । तितरवितर फूलहरू तिम्रो हाम्रो बागसारा भूगोल साझा घर बस्ने आफ्नो खाई । पोखरेल, उपाध्याय, गिरी, शर्माहरू – रेग्मी पनि आत्मीय छन् प्यारी चुरे माई ।”

“वाह, वाह, वाह… आशुकवि यार तिमी त ! परिवार नै मान्छ मेरो “टोलेमीलाई” प्रतिभा छ, खेर नफाल्नू है । हिम नदी हौ, बिजुली निकाल्नुपर्छ, नहर र कुलो बनाइन्छ । अरूण तेस्रो । अभिवादन कमरेड !” पग्लिए नभोमणि । “हे आर्जव दाजी, यो कुमेधा भाइले अब “आर्टिफिसियल इन्टिलिजेन्टका पितासित केही भन्छ । अब नदीनहरू झोलाभरि कविता लिएर बीस हजारी तालतिर लाग्नेछन् । हामीलाई विज्ञानले मर्न दिने छैन । प्रविधिले जिउन दिने छैन ।

“ए आई” कता आई ? समयसित तालमेल मिलाउनुपर्छ । सर्भाइवल अफ द फिटेस्टको जमाना भनेको यही हो । बुद्धि जति हिजो पनि कुबेरको महलमा आज पनि द्रव्यशाहकै दरबारमा, धनीलाई खातैखात, दीनहीनलाई पुर्पुरामा हात, घातमाथि घात, के छ हालबात ?” त्यसपछि नमोमणिले प्रमुख अतिथि प्रकरणसहित “पि.के. दाइ” को रामायण र महाभारत सुनाए ।

“भाइ कान्छू, परिवारका सदस्यहरू किन त्यति उदासिन केही बुझ्न सकिन, तिम्रै दलको मान्छे हुन्, केही थाहा छ ? लेख्न त पर्छ, तर सुरू कताबाट गर्ने ? अलमल्ल परें ।” “दाजी, एउटा पत्नी, असल पत्नीले आफ्नो जीवनसाथीबाट के अपेक्षा गर्छिन् ? दाम्पत्य जीवनको परिभाषामा थाहा छ नि ?” उल्टो प्रश्न ग¥यो, “ओ आई” ले । “पतिसित प्रसस्त पैसा भएपछि, दाम भएपछि, पत्नीले पत्याउने जीवन नै दाम्पत्य जीवन हो, यो त प्रोफेसर जगमोहन आजादले सिकाएको हो, कान्छुको मितवा, न्यूटनले । पत्नीको कामना, सुखी, सफल र सार्थक पारिवारिक जीवन, पति हरदम आफ्नै कब्जामा ।”

“अनि, राजनीतिमा, साहित्यमा, समाजसेवामा लाग्ने “टाटे” सुदामाहरूबाट यस्तो पारिवारिक जीवन व्यवस्थापन हुन्छ ?” “के हुनु ? भएको जग्गाजमिन पनि भ्याएर शरणर्थी बन्छन्, नारायण शर्माहरू, बाबुराम पुरीहरू जन्मिने हुन्, सीधैभन्दा ।” “छोराछोरी, असल छोराछोरीको अभीष्ट के हुन्छ ?” “टन्न कमाउने बाउ, मज्जाले पढाऊ, बेलैमा घर आऊ ।” “दाजी” पी.के. दाइ “एक प्रतिनिधि पात्र हुन् । यस्ता पात्रहरू समाजमा बग्रेल्ती । केही नबुझी लागे राजनीतिमा, होमिए । आस्थादास बने, दासहरू उदास हुन्छन् । आर्थिक सम्पन्नता विनाको जीवनयात्रा कति पीडादायी हुन्छ त्यो भोग्नेलाई थाहा हुन्छ ।

जहाँ अभाव त्यहाँ तनाव, जहाँ कंगाल, त्यहाँ चण्डाल । परिवारभित्र सम्मान पाउन परिवारको भावनाको कदर गर्नुपर्दछ । खाना, नाना र छाना अनिवार्य कुराहरू हुन् । कमाउने बेलामा नकमाए क्षमा हुन्न, अनूभूत तथ्य । मैले बुझेको यही हो । दाइको जो विचार ।” “सत्य यही हो कान्छू, म अरूको कुरालाई तोडमरोड गर्न सक्छु, मेरो कान्छुको कुरामा हिम्मत हुन्न ।”

जय नेपाल कान्छु ! कथा गीतानाथ अनाथ र विचारको भारी बोकी बिचरा बनेका सबैले पढे। लाल सलाम दाजी ! पी के दाजी – जिन्दावाद !

०००
चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
के ताल हो बूढा ?

के ताल हो बूढा...

धनराज गिरी
सल्लाहकारहरू !

सल्लाहकारहरू !

धनराज गिरी
कल्पनातीत !

कल्पनातीत !

धनराज गिरी
गाजली !

गाजली !

धनराज गिरी
चुरो कुरो !

चुरो कुरो !

धनराज गिरी
मलाई के भन्छौ ?

मलाई के भन्छौ ?

धनराज गिरी
प्रगति

प्रगति

सुरेशकुमार पाण्डे
सुनौलो बोली

सुनौलो बोली

मोहनराज शर्मा
पुस्तक दाेकान

पुस्तक दाेकान

डा. विदुर चालिसे
अच्छा राई ‘रसिक’ का निबन्धमा हास्यव्यङ्ग्य

अच्छा राई ‘रसिक’ का...

डा. सुकराज राई
सेकदार

सेकदार

रामकृष्ण ढकाल
0
Would love your thoughts, please comment.x
()
x