साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पेशा बदल्दा भयो

सारा कौशलले निपूर्ण नभए होइन्न है नर्तक कोही देवपिता भएन त भने मानिन्न त्यो सर्जक तस्मात् स्वर्ण, सुवणर्को कलम होस् भन्ने सदिच्छा छ यो कोटाको अधिकार साक्ष छ भने पेशा बदल्दा भयो ॥

Nepal Telecom ad

शम्भु गजुरेल :

भालेमा पनि बन्नुपर्दछ छिटो उत्कृष्ट गर्भाशय
पोथीमा पनि शुक्रकीट रहने निर्माण होस् आलय
आमा बाउ बनोस् र डिम्ब पतिमा रोपोस् पुकारा छ यो
कोही शक्ति लिएर बस्दछ भने पेशा बदल्दा भयो ॥१॥

राँगोको थुनमा प्रशस्त दुध होस्, भैँसी डुलोस् ब्याडमा
बाख्रो तीर्थ घुमोस् र स्याल कुरुवा बस्ने गरोस् टॉडमा
खेती बाँदरले गरोस्, मनुजले भाँचोस् सदिच्छा छ यो
आशीर्वाद मिले सुरुक्क गतिलो पेशा बदल्दा भयो ॥२॥

नक्सा डाक्टरले तयार गरिने आयोजना ल्याइयोस्
अन्धाको घरमा चुना कलरले पोतेर चम्काइयोस्
पेशा होस् मुटु-सर्जरी वकिलको भन्ने सदिच्छा छ यो
जान्नेले सब काम गर्दछ यहाँ पेसा बदल्दा भयो ॥३॥

स्रोता होस् बहिरो र धावक लुलो, लाटो बनोस् गायक
चाहे पाप करोड होस्, धन हुने मान्छे बनोस् नायक
भेडा मानवको जमात जहिल्यै, होस् भक्तइच्छा छ यो
चम्केको अनुहारले जुनसुकै पेशा बदल्दा भयो ॥४॥

सारा कौशलले निपूर्ण नभए होइन्न है नर्तक
कोही देवपिता भएन त भने मानिन्न त्यो सर्जक
तस्मात् स्वर्ण, सुवणर्को कलम होस् भन्ने सदिच्छा छ यो
कोटाको अधिकार साक्ष छ भने पेशा बदल्दा भयो ॥५॥

०००
नुवाकोट, हाल काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
लेखबहादुर

लेखबहादुर

नन्दलाल आचार्य
चम्चाको चमत्कार

चम्चाको चमत्कार

डा. बमबहादुर जिताली
ऐ जिन्दगी ! खबरदार !

ऐ जिन्दगी ! खबरदार...

लक्ष्मण नेवटिया
चैतकाे बाँदर

चैतकाे बाँदर

रामप्रसाद पन्थी
0
Would love your thoughts, please comment.x
()
x