साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भासनको आतङ्क

बाहिरबाट सुन्दा हलमा हल्लखल्ल चल्दै थियो । पछि थाहा भयो लालटिन बालेर भए पनि सभा सकेरै छाडेछन् । धन्न म भने त्यस आतङ्कको अन्तबाट बचें ।

Nepal Telecom ad

कहिले देशको कुनाकाप्चातिर पैरो बाढी, अनिकाल, महामारी, भोकमरी सुख्खाका समस्या पर्छन् । कहिले सर्पको बिगबिगी पर्छ, कहिले भने हात्तीहरू आएर जनतालाई आतङ्कित पार्दछन् । कहिले बर्डफ्ल्यू, कहिले इन्सेफलाइटिस, कहिले हैंजा, कहिले जन्डिस, कहिले के त कहिले के । रोग, महामारी आदिको आतङ्क सधैं उठिरहन्छ देशभरि । एउटा न एउटा समस्याले देशका अप्ठेरो पारिरहेको हुन्छ । मलाई भने अर्कै खालको आतङ्कको सामना गरिरहनु परेको छ ॥ दिनको एउटा न एउटा सभा सम्मेलन आदिमा सामेल हुनु परेको छ । यही सभा, सम्मेलन आदिमा बज्ने माइकको चर्को स्वरले मेरो कानले सिलटिम्बुर खाएको पनि केही भइसक्यो । भासनको प्रवेश कानबाट कम हुने भएकाले मलाई अलिकति फाइदा भने भएकै छ । मत्लब म भासनको आतङ्मा परेर पिल्सिएको छु, मेरा काम सखाप भएका छन् । मलाई लाग्छ अहिले देशमा भासनको आतङ्क देशभरि छाएको छ ।

कुरा अलिक रिस उठ्तो पनि होला । तर यथार्थ नै हो । देशका सबैतिर मन्त्री, नेता, पार्टीका सभापति, विशेष अतिथि, सल्लाहकार, सम्मानित प्रतिभा, लेखक, सम्पादक, कलाकार आदि सबैका भासनले पिटेको छ । जनताहरू यिनका भासनले लोत भइसकेका छन् । कुनै छेक चाहिँन्न यिनलाई भासन बगाउन । कुनै भद्रो हेरिरहनु पर्दैन यिनले भासन चुहाउन । जनताले सुनिदिनुपर्छ । यिनका लागि मानौं जनता भनेका रित्ता पेट भएका भोका प्राणीहरू हुन् जसले यिनको भासन खाएर पेट भर्दछन् र निर्बाह गर्दछन् । अनि जनता भनेको यिनको भासनको ताली हो जसले यिनलाई भासनै पिच्छे थपडी बजाउनुपर्छ ।

एउटा स्रोताहरूले घन्चमन्च भएको सभाको कुरा सुनाऊँ कि ? अनुमाति भए सुनाउँछु है त ।
सभापतिलगायत्का भासनभोगीहरूको दुई घन्टा ढिलो गरी उपस्थिति भए तापनि आयोजकले ल्याइएका सबैलाई कफ्र्यू लगाएर बाहिर जानबाट रोक लगाएका थिएछन् । मलाई भने घरीघरी लघुशंका गरिरहनु पर्ने हुँदा बाहिर जानु परिरहेकाले अनुमति लिएर मात्र बाहिर निस्कने मौका मिल्यो । भेला भएकाहरू छाँटिन खोज्दा निकै कडाइका साथ तिनलाई पहरा लगाइएको थियो । यसो बुझ्दा सभामा पसेकाहरू निस्केर जालान् भन्ने डरले ढोकामा राइफल मात्र बोक्न बिर्सिएको जस्तो लाग्ने एक धम्मरधुुस तैनाथ थियो । म पनि त्यसैको चपेटामा परेको थिएँ ।

कार्यक्रम सुरु भयो । आसन ग्रहणको कार्य नै पहिले हुने चलन अनुसार पहिले आसन ग्रहणको कार्यबाट कार्यक्रम थालियो । पहिले सभापति आसनमा बसे । अनि सभापतिको आज्ञाले अब मञ्चतिर तलको भएभरको डफ्फा सर्न थाल्यो । मुख्य अतिथि, प्रमुख अतिथि, विशेष अतिथि, उपअतिथि, अतिरिक्त अतिथि अनि अन्य अनेकौं अतिथिहरूको मात्रै हुल पनि त्यस सभामा जम्मा १५ थान पुग्यो । त्यसपछि मञ्चमा अझै अरुअरुलाई आसिन गराउने काम शुरु भयो । देशका सबै पार्टीहरूका प्रतिनिधिहरू नभए पनि तेर पार्टीका प्रतिनिधिका रूपमा जम्मा तेर थान अतिथीहरू माथि उक्लिए ।

आयोजकलाई कुर्सी मिलाउँदाको हैरान छ, माइकबाट सबैको नाम लिएर मञ्चमा बोलाउने काम भइरहेको छ । पार्टीका १३ थान माथि उक्लिएपछि पालो आयो पार्टीका भ्रातृसंगठका अतिथिहरूको । उनीहरू पनि पालै पालो माथि उक्लिँदै गए । मञ्चभन्दा केही होचो तलको हलबाट क्रमशः मान्छेहरू माथि सर्दै गए, हलका कुर्सीहरू रित्तिनै नपाई माथितिर सारिन थालियो । मान्छेहरू तलबाट क्रमशः माथितिर उक्लिएका छन् । म हेरेको छु, हेरेको छु । अचम्मका साथ हेरेको छु । एकै छिन पछि मञ्चमा अब सम्भावित राज्यहरूका प्रतिनिधलाई बोलाउने काम सुरु भयो । पहिले कोचिलाको प्रतिनिधि, त्यसपछि खम्बुवान, लिम्बुवान, थरुहट, ताम्सालिङ, झाम्सालिङ, बोक्सालिङ ज्यापू प्रान्त, खरिया राज्य, बाहुन, च्याउ राज्य, झ्याउ राज्य आदि सत्र थानसम्मका राज्यहरूका प्रतिधिहरू माथि उक्लिए । सुरुसुरुमा ता तलका मान्छेहरू माथितिर बोलाउँदा तलतिरैबाट ताली पिड्ने पनि केही बँचेका थिए तर अब ताली पनि माथिबाटै पिटिन थाल्यो । अर्थात् कुरा बुझियो होला ।

माथि बोलाउँदा बोलाउँदा उद्घोषकको गलो पनि सुकिसक्न आँटेको बुझिन्थ्यो । अब ता माथि बोलाउने काम सकियो कि भनेर यसो विचार गरेको ता बाबा ठाकुरे हो अझै पो सकिएको रहेनछ । पूर्व पञ्च, पूर्व पार्टी प्रतिनिधि, पूर्व सभापति आदि पूर्वहरूको पालो आयो र उनीहरू पनि उक्लिए । यति भएपछि कार्यक्रम सुरु हुन लाग्यो, मलाई निकै पटक बाहिर जान मन लागे पनि कडा अनुशासनमा छु । स्वागतमन्तव्यको पालो आएको बुझें ।
त्यसै बेला तल लगभग रित्ता हलको पल्लो छेउबाट एउटा आवाज आयो- ‘यो अन्याय भयो, यस्तो पक्षपात गर्न पाइन्न । खै हामीलाई आसनग्रहण गराएको ?’

कुरा बुझ्दा महिला प्रतिनिधिको कोटा खालि नै रहेछ । त्यस बाहेक तेस्रो लिङ्गीलाई पनि सभामा माथि लगिएको रहेनछ । त्यसको जोडदार विरोध गरिएको रहेछ । सभापतिबाट आफैं आफ्ना आसनबाट उठेर माइकमा आई क्षमा माग्दै आसन ग्रहण गर्न आग्रह भयो । त्यसै बेला मेरा नजिकै एउटा युवक हस्याङ्फस्याङ् गर्दै आयो र मैले सुन्ने गरी मसँग आग्रह गर्‍यो—‘हजुरबा, कुर्सी दिनुपर्‍यो । अघि तपाईं्रले पिसाप गर्न जान्छु भनेको होइन ? लौ बरु पिसाप गर्न जानुहोस्, याँ हामीलाई कुर्सीको समस्या परिसक्यो । तर भाग्न भने पाउनुहुन्न नि !’
‘हुन्छ नाति, म भाग्दिन, धन्य छ तिमीलाई । मलाई पिसाप फेर्न जान दियौ तिमीलाई धन्यवाद !’ भन्दै म बाहिर निस्किने उपक्रममा लागें ।

‘लौ जानु होस् तपाईंलाई छुट्टी भयो ।’ उसले बडो सजिलै मलाई बिदा दियो । अनि म हलुकिन गएँ शौचालयतिर । शरीर भित्रको आतङ्कबाट शौचालयमा गएर केही हलुको भएँ तर हलको हातङ्कबाट हलुका हुन पाउने आशा कम थियो । कुनै एउटा पार्टीका उच्च नेता उहिले चर्पीबाट भागेका थिए अरे । बरु त्यसै गरी यहींबाट भाग्न पाए पनि ता हुन्थ्यो नि भन्नेसम्म लाग्यो यो लघुशंका गरेको बेला । तर त्यो सबै विचार लघुशंकासँगै बगेर बाहिर गयो ।
फर्किएर हेर्छु त अघि म बसिराखेको कुर्सी कहिले कहिले माथि चढेछ जसमा महिला अतिथिलाई राखिएछ । मैले हलको एउटा कुनामा उभिएरै आसन ग्रहण गरें । मै जसरी उभिएर आसन ग्रहण गर्ने केही बुढाखाडाहरू पनि भएकाले मलाई पनि उति समस्या परेन । अनि भासन सुन्न थालें । कडा माइक भएकाले मलाई सुन्न कठिनाइ भएन ।

अघिकै युवक आएर मसँग भन्न थाल्यो— ‘के गर्ने हजुरबा, आज यस्तै भयो । कुर्सी जति माथि मञ्चमा पुगिगए, तपाईं अप्ठेरो नमान्नु होला ।’

‘हो भाइ, मलाई अप्ठेरो लाग्या छैन, देशैमा यस्तो संस्कृतिको विधास भएपछि मलाई मात्र अप्ठेरो लागेर के हुन्छ र नाति ? बरु अब कुनै पनि ठाउँमा स्रोताले बस्ने भन्दा मञ्चमा आसीन हुनेको संख्या बढी हुने भएकोले मञ्चको आकार चौगुणा पार्नुपर्छ है’ मैले भने । मेरो ठट्टा उसले राम्रो गरी बुझेछ अनि भन्यो- ‘हजुरबा पनि क्या जिस्कनुहुन्छ ?’

मैले यसो हेरें सभाको स्रोता बस्ने हलतिर जम्मा दुई जना क्यामरा म्यान रहेछन्, केही विद्यार्थीहरू रहेछन्, र केही बलपूर्वक ल्याइएका मान्छेहरू रहेछन् । त्यसबाहेक म रहेछु, अनि त्यही युवक रहेछ ।

अनि फेरि युवकसँग ठट्टा गर्न मन लाग्यो—‘नाति, अब स्रोताहरू पनि माथि नै गैहाले । श्रोताको कमी भएन क्यारे । त्यसो भएकोले हामी तलका केही स्रोताहरूलाई बिदा दिए हुन्न । बरु अब भासन गर्न यहाँ तल स्रोता बस्ने ठाउँमै माइक ल्याएर राखेर माथि मञ्चतिर माइक फर्काउन पाए कसो होला ?’ ऊ हाँस्यो मात्र ।
मैले अझै ठट्टा गरें- ‘तिमीलाई कुर्सीको खाँचो परेकोले गर्दा मलाई ता पिसाप गर्न जान दियौ, यी भुइँमा बसेकाहरूलाई पिसाप आयो भने के कोपरा लिएर थाप्छौ ?’

‘कस्तो हसाउँनु भाको ! चुप लाग्नुहोस् । माथिबाट ध्यानपूर्वक सुनिदिने कडा आदेश छ । अनुशासनको कारबाहीमा परिन्छ ।’

देशमा कति कित्ता काट्दा देशको विकास हुन्छ भन्नेदेखि लिएर कुन जातिलाई कतातिर थन्क्याउँदा उपयुक्त हुन्छ भन्ने कुरा कानभरि सुन्दै भासनको आतङ्कले मेरा कान भरिंदै गए, भासनको खहरे नै छुट्यो । कानका जाली फुट्ने डरले मैले अलिक सतर्क हुनै परेकाले कन्याएको जस्तो निहँु पारेर कान थुनें ।

‘हुजुरहोरुमा अपनु अनुरोध छ कि अब सभाको यो भासन सकिहाल्नु भए हामी पोनि घर पुग्न पाउने थियो ।’ एउटा श्रोताले कलको कुनाबाटा टाठो आवाजमा भनेको सुनियो ।

साथै अर्को साधारण स्रोताले तलैबाट भन्यो ‘हजुरहरू, अब ता रात परो, भासन सक्ता कसो पर्ला ? घर जानु पर्ने, गाईले अरुलाई दूध दिंदेन, त्याँ धन्दावाला राज्यको प्रमुख र सभापतिकोमा दूध पुर्‍याउनुु छ ।’
यी आग्रह गर्नेहरूका अघि उही अघिको युवक आयो ।

‘माथिको आदेश छ, चूप लाग्नुस् भनेर तिनलाई त्यही युवकले थुम्थ्युम्याउँदै चूप लगायो । ‘तपाईंहरूलाई आज दिउसो भरिको ज्याला दिएकै छ, किन यति सारो हतारिनु हुन्छ ? यसरी हतारिएर देश विकास हुन्छ ? आज दिउसो भरिको लागि तपार्इंलाई हामीले ज्याला दिएपछि तपार्इंलाई केको टनटन ?’

अनि पो मैले ता कुरा बुझें । यी मञ्चतिर बसाइएका र तल श्रोताका रूपमा राखिएका मान्छेहरू ता भाडा भरोटमा आयात पो गरिएका रहेछन् ।

त्यसै बेला लोडसेडिङ परिदिएकोले सभा सकिएको जस्तो बुझेर म त्यस आतङ्कबाट फुत्किएँ ।
बाहिरबाट सुन्दा हलमा हल्लखल्ल चल्दै थियो । पछि थाहा भयो लालटिन बालेर भए पनि सभा सकेरै छाडेछन् । धन्न म भने त्यस आतङ्कको अन्तबाट बचें ।

०००

खुइलिएको तालु (२०७०)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
गणित पुराण

गणित पुराण

शिवप्रसाद जैशी
हेर ! बाबै ! बिलाउनी पनि भुटुन हाल्न पर्छ है

हेर ! बाबै !...

सुरेशकुमार भट्ट
बाजी

बाजी

डा. विदुर चालिसे
म ट्याब्लेटको मान्छे

म ट्याब्लेटको मान्छे

घिमिरे ‘मैदेली’
0
Would love your thoughts, please comment.x
()
x