साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हाँडीगाउँको जात्रा

गोठाला र खेताला यी विदेशीका टट्टु विधर्मीका हलिया जो भारी बोक्ने छट्टु सङ्घीयता घाँडो बोके सुरामा छन् फिट्टु राष्ट्रप्रेमी उठनुपर्छ नाङ्गेझार कट्टु ।

Nepal Telecom ad

टङ्कराज ढकाल तितेपाती :

कामकाज निमुखाको बिना घूष हुन्न
कर्मचारी साँढे जस्ता कान छैनन् सुन्न
भ्रष्टाचारी नेता हुन्छन् लुटेकाछन् टन्न
न्याय यहाँ मरेकोमा लाग्छ धेरै खिन्न ।१

सभासद भनाउँदा लम्पसार चोर
अचाक्ली भयो जात्रा देखिसक्नु छ र
नहुनेको चुल्हो निभ्यो चल्नै छाड्यो घर
हाँडीगाउँ जात्रा चल्दा पार्न थाल्यो पीर ।२

गोप्य चिट्ठी दस्तावेज चलखेल चले
सूचना र कागजात हुण्डरीमा मिले
सुशासन नारा खोक्छन् पापिष्ट यी दले
दलालीको सधैँ चल्छ जात्रा किनमेल ।३

देशद्रोही धुन्धुकारी लुटेराको सत्ता
मुर्दाजस्ता अहङ्कारी परायाका जुत्ता
आलोपालो चलेको छ राष्ट्र बेच्ने कित्ता
झगडा झैँ देखाउने खानेबेला मत्ता ।४

सामन्तका नाइकेको राजा बन्ने सुर
कालापानी बेचिएको दुर्दशा बेसुर
हत्यारा यी सत्ताधारी बनेछन् असुर
हाँडीगाउँको जात्रा क्वै नछुटाई हेर ।५

गोठाला र खेताला यी विदेशीका टट्टु
विधर्मीका हलिया जो भारी बोक्ने छट्टु
सङ्घीयता घाँडो बोके सुरामा छन् फिट्टु
राष्ट्रप्रेमी उठनुपर्छ नाङ्गेझार कट्टु ।६

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आकाश शून्य

आकाश शून्य

टङ्कराज ढकाल ‘तितेपाती’
आमा

आमा

टङ्कराज ढकाल ‘तितेपाती’
गरायौ हरायौ

गरायौ हरायौ

टङ्कराज ढकाल ‘तितेपाती’
सबै कुरा धनमाथि आश्रित

सबै कुरा धनमाथि आश्रित

टङ्कराज ढकाल ‘तितेपाती’
कता गयो कता गयो

कता गयो कता गयो

टङ्कराज ढकाल ‘तितेपाती’
कंस चरित्र

कंस चरित्र

टङ्कराज ढकाल ‘तितेपाती’
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
आत्मबोध

आत्मबोध

ईश्वर पाेखरेल
आइमाई

आइमाई

डा. दामाेदर पुडासैनी किशाेर
बोल्न नहुने के रोग लाग्यो कुनि ?

बोल्न नहुने के रोग...

बालकृष्ण खनाल
0
Would love your thoughts, please comment.x
()
x