सुभाषचन्द्र देवकाेटाकमरेड ! मजदुर दिवस कस्तो भयो ?
कमरेडको मजदूर दिवसमा शहीदको सपना लुट्ने योजना बन्यो होला देश पोलेर खरानी धस्ने कुरा भयो होला तर, हाम्रो मजदुर दिवसमा पसिना र व्यथाको कुरा गरियो मुक्त जीवन र श्रम मूल्यको माग गरियो !
सुभाषचन्द्र देवकोटा :
अँ, मजदुर दिवस !
हामीले नि मनायौँ,
हामीले सडकमा गिट्टी कुटेर मनायौँ,
कमरेड, तपाईंले कुन होटेलमा मनाउनु भो ?
कति वटा केक काट्नु भो,
कति ह्वीस्कीको बोत्तल फोर्नु भो !
कमरेडको मजदुर दिवसमा
को को थिए कुन्नि ?
ठग व्यापारी थिए कि ?
राजनीतिका ठेकेदारहरू थिए कि ?
सुन, चोर र तस्करहरू थिए कि ?
तर, हाम्रो मजदुर दिवसमा
हाम्रै भन्ट्याङ, भुन्टुङ छोरा, छोरीहरू थिए
गिट्टी फोर्ने हत्यौडा थियो,
गिट्टी बोक्ने डोको र नाम्लो थियो !
कमरेडको मजदूर दिवसमा
शहीदको सपना लुट्ने योजना बन्यो होला
देश पोलेर खरानी धस्ने कुरा भयो होला
तर, हाम्रो मजदुर दिवसमा
पसिना र व्यथाको कुरा गरियो
मुक्त जीवन र
श्रम मूल्यको माग गरियो !
अँ, हामीले
मजदुर दिवस, हुदाँ खानेहरूको नाममा मनायौँ !
कमरेडले हुनेखानेहरूको
नाममा मनाउनु भो !
०००
गोरखा, हाल काठमाडौं
Subscribe
Login
0 Comments
Oldest







































