साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हतकडी

भ्यान गुडेकै थिएन मधुले भने, “मन्त्री, सभासद हुँदा त हतकडी पनि सुनको हुँदोरहेछ ।” छेउमै उभिएका श्रीधरले भने “सुनको होस् वा फलामको हतकडी त अपराधीलाई न लगाइन्छ ?”

Nepal Telecom ad

श्रीप्रसाद पोखरेल :

“… अँ एउटा चोरलाई पक्रिएको छ । तुरून्त भ्यान सहित प्रहरी पठाइदिनु त ।”
उसले फोन गरेर प्रहरीलाई बोलायो । भु पु प्रधानमन्त्रीको आदेश प्रहरीले निमेष भरमै पालना गरे ।
मानिसको आउजाऊ भइरहने ठूलाबडाको घरमा चोर्न सजिलो हुने सोचेर धाराको टुटी चोर्न पसेको बुङ्गे रङ्गेहात पक्राउ पर्‍यो ।

प्रहरी साइरन बजाउँदै आइपुग्यो । बुङ्गेलाई प्रहरीले बिना पुर्जी हतकडी लगाएर भ्यानमा हाल्यो । यो सबै दृश्य ऊ बार्दलीबाट हेरिरहेको थियो ।
ऐन मौकामा अर्को प्रहरीको टोली आइपुग्यो । उसलाई तल झर्न प्रहरीले अनुरोध गरे । ऊ आँगनमा के आइपुगेको थियो, प्रहरीले हतकडी लगायो ।

उसले सोध्यो “यो के गरेको ?”
प्रहरीले भन्यो “हजुर हामी अख्तियारबाट ।”
आँगनमा भिड लागिसकेको थियो । भ्यान गुडेकै थिएन मधुले भने, “मन्त्री, सभासद हुँदा त हतकडी पनि सुनको हुँदोरहेछ ।”
छेउमै उभिएका श्रीधरले भने “सुनको होस् वा फलामको हतकडी त अपराधीलाई न लगाइन्छ ?”

०००
इटहरी, सुनसरी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
दृष्टि

दृष्टि

श्रीप्रसाद पाेखरेल
बिर्सिएको आयु

बिर्सिएको आयु

श्रीप्रसाद पाेखरेल
उपाय

उपाय

श्रीप्रसाद पाेखरेल
अवस्था

अवस्था

श्रीप्रसाद पाेखरेल
अनुत्तरित क्षण

अनुत्तरित क्षण

श्रीप्रसाद पाेखरेल
पुस्तक के गर्ने ?

पुस्तक के गर्ने ?

श्रीप्रसाद पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x