साइबर अपराध सम्बन्धी सचेतना सामग्री

खन्चुवा

खा ! जङ्गी गैँडाको खाग चित्तल घोरल थारल खा ! खा ! खा ! निर्मायाका पिपासु बनी हंस आँसु रगत खा ! व्याधा होस् बाघ खा ! खाँदाखाँदै हात्ती खा ! खा ! पित्त मनुजका पिरतीका, खा ! खा ! हाड मासु खा !

Nepal Telecom ad

भीम गौतम :

ढुङ्गा मुढा चिता चौघेराको कोइला आगोलाई खा ।
निखारेरै हिमशिखरका हिउँ पनि तैं खा !
डकारिस् कोशी गण्डकी राप्ती बबई अझै खा !
खा खा अब छिटो अबेर नगरी जनकपुर धाम खा ।

नेपालीको मन मुटु राष्ट्रियता ध्वजा खा !
खाँदै जा अखण्डित नेपालीको शिर टोपी ढाका खा !
खा ! खा ! स्वणर्िम जीवनका स्वप्न खा ! चित्र खा !
खा ! भष्म बनेर जगतको विचार वाणी बिम्ब खा !

खा ! जङ्गी गैँडाको खाग चित्तल घोरल थारल खा !
खा ! खा ! निर्मायाका पिपासु बनी हंस आँसु रगत खा !
व्याधा होस् बाघ खा ! खाँदाखाँदै हात्ती खा !
खा ! पित्त मनुजका पिरतीका, खा ! खा ! हाड मासु खा !

बेसहारा विपत्ति नारीहरुको आँखा खा ! आँसु खा !
खा ! तातो रगतका युवा परदेशीको मासु मुटु खा !
तै खा ! भष्म कसरी बाँच्छस् जगतमा विचार खा ! बुद्धि खा !
खा ! अब खन्चुवा सबै भुवनको स्रष्टालाई खा सृष्टि खा ।

०००
भरतपुर
नेतापाल (२०८०)
२०७५/०३/१३

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
ल्वाँठहरूले

ल्वाँठहरूले

भीम गाैतम
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
घैँटे शासक

घैँटे शासक

भीम गाैतम
भर्खर नुहाएको सहर

भर्खर नुहाएको सहर

डा. दामाेदर पुडासैनी किशाेर
किनकि, म नर्स हुँ

किनकि, म नर्स हुँ

पार्वती पुडासैनी
म को हुँ ?

म को हुँ ?

युवराज भण्डारी
उत्पात भो

उत्पात भो

हेम अधिकारी
पुनर्जन्म

पुनर्जन्म

अनिता काेइराला
0
Would love your thoughts, please comment.x
()
x