साइबर अपराध सम्बन्धी सचेतना सामग्री

फण्डा

वर्तमान शैक्षिक नीतिको प्रयोगमा नयाँ उचाइ थपिएको विकासशील देशमा विद्यालयहरूको प्रतिस्पर्धाका बीच एउटा जड फण्डा चल्यो । - ‘गुणस्तरीय शिक्षाका लागि हाम्रो सेवा !’

Nepal Telecom ad

डा. विदुर चालिसे :

सरको हातमा परीक्षाको कापी थियो । उनी हातको कापी हेरेर मुस्कुराइरहेका थिए । कापीको छेउतिर दीनदयालु विद्यार्थीको रून्चे भाषा कारुणिक ढङ्गमा लेखिएको थियो ।

– ‘यसपालि पनि फेल भएँ भने अवश्य आत्महत्या गर्छु ।’

उनले खिस्स दाँत देखाएर गरिमामय अध्यापनको उचाइको पारो तताए । मुखबाट बेजोडको अध्यापकको हैसियत ओकले ।

– ‘पाजी ! पढ्नुसड्नु छैन ? लाछी कुरा गर्छ ।’

उनलाई अध्यापकको गर्वको चर्को पारो तात्यो । तब उनले त्यो विद्यार्थीको उत्तरपुस्तिकामा रातो अक्षरले शून्य लेखेर गोलो लगाइदिए । उनका लागि आश्चर्य र हरामी यस्ता सन्देशहरू लेख्नै थियो । कमजोर विद्यार्थीहरूछेउ तागतको अर्थ थियो । आशा भरोसाको आत्मतुष्टिको रूम देखिँदैन थियो । अर्को कापीमा निकै लज्जाबोध विलौनाका स्वरहरूले अनुनय विनयको भाषामा कापीको बीचमा लेखिएको थियो ।

– ‘अनलाइन पढेको पटक्कै बुझिन । कृपा गरेर पास गराई पाउँ सर । बरू गुरू दक्षिणा यसै साथ संलग्न छ, हजुर !’

चमन सरको टाउको रनक्क रन्क्यो । उनको टेबलअगाडि रहेका सबै सञ्चार संयन्त्रहरू फूटझै सावित भए । सन्दर्भ सामग्रीका सबै चाङहरू निरूतरित बने । चमन सरअगाडि कापीमा टाँसिएको हजारको नोट र कृपाङ्क बीचको नैतिक सङ्कटमा परे । उनले त्यो हजारको नोटलाई सुरूक्क ताने । चार नम्बरमा शून्य थपिदिए । उनले मनमनै ठाने ।

– ‘तँचाहिँ पास ! अब अनलाइन कक्षाको ऋण चुक्ता भयो !’

चमन सरको हातमा लामो उत्तरकापी पनि आयो । त्यसमा लेखिएको भाषा सबै आफ्नै गाइडका थिए । गाइडको परिमार्जन गर्दा थप्दै गएका सूचनाहरू पछिल्लो पृष्ठतिर सङ्केत गरेर लेखिएका थिए । विद्यार्थीले पनि सोही बमोजिम उत्तरपुस्तिकामा हुबहु सारेर लेखेको थियो ।

– ‘यसको उत्तर एक सय पृष्ठमा छ !’

त्यो विद्यार्थी देखेर दया लागेर आयो । कापीमा पनि दयाको मूल्य र आफ्नो गाइडको अनुयायीको मूल्य एकैपल चुक्ता गर्दै उनान्सय अङ्क तोकिदिए । वर्तमान शैक्षिक नीतिको प्रयोगमा नयाँ उचाइ थपिएको विकासशील देशमा विद्यालयहरूको प्रतिस्पर्धाका बीच एउटा जड फण्डा चल्यो ।

– ‘गुणस्तरीय शिक्षाका लागि हाम्रो सेवा !’

उतातिर मुनाफाको फण्डामा उडेका शैक्षिक नोटका पत्ताबाट मृतक विद्यार्थीको सद्गदका लागि राहत कोषमा चेकबाट शैक्षिक शान्ति स्वस्ति थियो । शैक्षिक फण्डमा रकम थिएन ।

०००
‘लघुकथालय’ (२०७९)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
शासक सत्याग्रह

शासक सत्याग्रह

डा. विदुर चालिसे
माननीय सांसद

माननीय सांसद

डा. विदुर चालिसे
अर्थ न बर्थ

अर्थ न बर्थ

डा. विदुर चालिसे
अर्थ न बर्थ

अर्थ न बर्थ

डा. विदुर चालिसे
नेताकाे ग्याङ

नेताकाे ग्याङ

डा. विदुर चालिसे
‘बाजी’

‘बाजी’

डा. विदुर चालिसे
महात्म्य

महात्म्य

रामकृष्ण ढकाल
कालचक्र

कालचक्र

नन्दलाल आचार्य
ई खा ! भन्सारमा चोरेको रक्सी त पानी पो रैछ !

ई खा ! भन्सारमा...

सुरेशकुमार भट्ट
दलबहादुरको पेशा

दलबहादुरको पेशा

ठाकुरप्रसाद अधिकारी
0
Would love your thoughts, please comment.x
()
x