साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चिट्ठी

जीर्ण देहमा, रोग यो बस्यो आँसु बर्सिई, पत्रमा खस्यो ॥ बुझ्दछौ भने, फर्क गाउँमा सम्झिई मुमा, फर्क गाउँमा । पत्रमा सबै, लेख्न सक्तिनँ मर्छु बाँच्छु खै, भन्न सक्तिनँ ॥

Nepal Telecom ad

हृषीकेश बराल :

साधु भेषमा, दुष्ट देखिए
सत्य सिद्धियो, सन्त खेदिए ।
जाल रच्नमा, व्यस्त छन् कुनै
रक्त चुस्नमा, मस्त छन् उनै ॥१

पाप धर्मको, ख्याल छैन यो
सम्झना कुनै, छैन बिर्सियो ।
टाउको गिदी, हाड चुस्तछन्
रक्तका शिरा, मासु लुछ्तछन् ॥२

दैत्यको चल्यो, राज गेहमा
छैन शक्ति यो, कत्ति देहमा ।
बाँच्न कष्ट भो, चित्त दुख्छ यो
भन्नु खै कहाँ, छैन ठाउँ यो ॥३

जोशिला युवा, बाहिरै गयौ
वृद्ध मात्र छौँ, गेहमा रह्यौँ ।
पर्दछौ तिमी, द्रव्य मोहमा
छौँ बुबा मुमा, अस्पतालमा ॥४

आत्तियौँ यहाँ, फर्क हे युवा
खाउँला मकै, या ढिँडो उवा ।
जीर्ण देहमा, रोग यो बस्यो
आँसु बर्सिई, पत्रमा खस्यो ॥५

बुझ्दछौ भने, फर्क गाउँमा
सम्झिई मुमा, फर्क गाउँमा ।
पत्रमा सबै, लेख्न सक्तिनँ
मर्छु बाँच्छु खै, भन्न सक्तिनँ ॥६

०००
पोखरा -२६, कास्की

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
किन यस्तो भने ?

किन यस्तो भने ?

हृषीकेश बराल
हो देश सर्वोपरि

हो देश सर्वोपरि

हृषीकेश बराल
देशको अवस्था

देशको अवस्था

हृषीकेश बराल
जीवनको अस्थिरता

जीवनको अस्थिरता

हृषीकेश बराल
जानकारी (२)

जानकारी (२)

हृषीकेश बराल
जानकारी (१)

जानकारी (१)

हृषीकेश बराल
बुढेसकालमा बुढोले थपे बिछ्याउना

बुढेसकालमा बुढोले थपे बिछ्याउना

रणबहादुर बुढाथोकी ‘भैया’
‘नेतारोग’ लागेको मान्छे !

‘नेतारोग’ लागेको मान्छे !

राजेन्द्र तारकिणी
मोबाइल

मोबाइल

उत्तम विचार
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
0
Would love your thoughts, please comment.x
()
x