साइबर अपराध सम्बन्धी सचेतना सामग्री

इङ्गलिस

तर घरमा, बजारतिर बोल्दा आफूले बोल्ने मातृभाषासित इङ्गलिस वर्ड मिसकट गरेन भने प्रेष्टिज जान्छ अचेल । कुरा यति हो इङ्गलिसको देशानले भेटेको हामीले नेपाली भाषालाई जरैसित उखेलेर फ्याँक्ने प्रयास नगरेको उत्तम ।

Nepal Telecom ad

नगिता लेप्चा राई :

हिजोआज इङ्गलिसको मार्केटले मार्केटनै पिटेको छ । जहाँ हेर्‍यो त्यहीँ इङ्गलिश । विशेष पुरानो पिँढीभन्दा आजको नयाँ पिँढी वा मोडर्न जमानाकाहरू इङ्गलिस बोल्न पागल छन् । उसले इङ्गलिसको टुप्पो न फेद जानेको होस् वा नहोस्… मतलबै छैन तर इङ्गलिस टक गर्नैपर्छ । तब मात्रै एडुकेडेटको सर्टिफिकेट पाइन्छ । लेखाइ, पढाइ त हिजोआज इङ्गलिसमै गर्नै पर्‍यो । नानीलाई सकेर होस् वा नसकेर इङ्गलिस स्कूलमा भर्ना गर्नै पर्छ । नत्र गाउँ घरमा प्रेष्टिजको सवाल छ । लु लेखाइ पढाइ त इङ्गलिसमा ठिकै छ… आवश्यक पनि । तर बोलाइ चाहिँ विशुद्ध इङ्गलिस नभएर नेपाली र इङ्गलिस मिसकट गरेर नेपाङ्ग्रेजी (नेपाली +अङ्ग्रेजी)मा नै धेर बोलेको सुनिन्छ । कति त न नेपाली न अङ्ग्रेजीमा बोलेको पनि सुनिन्छ । न इङ्गलिस न नेपाली । सोझै यसो भन्दा हुन्छ नेपाङ्ग्रेजी (नेपाली +अङ्ग्रेजी) ।

धेरै इङ्गलिस फाट्टफुट्ट काम चलाउको निम्ति मात्र बोल्छन् । कतिको बोलाइमा नेपाली धेरै कनीकुथी इङ्गलिस । अझ यो फेसबुकले इङ्गलिसको करङ भाँचिसकेको छ भने नेपाली भाषाको भुत्ला उखेलेको देखिन्छ । फेसबुके भाषा हेरौँ-
के.जि.सी – के गर्दैछौ
टि.क्यू – थ्याङ्क यू
एम.यू – मिस यू
टि.सी – टेक केयर
सि.एम – कम
सि.आइ.सि.यू – क्या आई कल यू
यु.सि.सि.एम.- क्यान कल मी
डि.एम – डोण्ट म्यासेज
डि.टी – वेट, वाट
डब्लु.आर – वेयर
डब्लु.आर.यू – वेयर आर यू आदि आदि ।

यसबाहेक हामीले दिन्हौं बोल्ने भाषामा ओके, वेल, आई मिन । नो नो थ्याङ्क यू । येस येस । आई लाइक यू । आई हेट यू आदि ।
माझमा इङ्गलिस धेरै नेपाली थोरै लाएर बोल्नेहरू पनि देखिन्छन् । जस्तै, गिभ मी योर काङियो । तिमी सायद जाँदैनौ आई थिङ्क । रियल्ली यू आर कञ्जूस ।
छोरो आमालाई सोध्छ – आमा ! अढसट्ठी इङ्गिलसमा कति हो ?
आमा – खै इङ्लिगसमा त कोनि बाबु ।
कुनामा चिरिप खाइरहेका बाबु भन्छन् – आच्ची तँलाई त्यति पनि थाहा छैन नाथे ! फिप्टी टेन र एट… ।
नो नो भयो । सो सरी । प्लिज आदिले नेपाली भाषाको भुत्ला निकालिसकेको छ ।

आमालाई नानी इङ्गलिस स्कूल पढेकोमा गर्व छ । इङ्गलिस बोल्ने नजान्ने आमा नानीको स्कूलको किताब हेरेर म्याङ्गो, ग्वाभा, बनाना, पाइन एप्पल, वाटर मेलन, डोमेष्टिक एनिमल, बुफेलो, राइनोसोरस, क्रोकोडाइल फड़्कारेर बोल्न थालेको देख्दा अब फलहरू पनि फ्रुट्सको फेटा गुँथ्न थाले झैं लाग्छ । इङ्गिलस बाल कवितालाई राइम्स भन्ने जानिकसेका छन् आजका ममहरू । नानीले राइम्स राम्ररी छिचोलेकै छैन… कुनै पाहुना आए कि जबरजस्ती नानीलाई राइम्स सुनाइदेऊ न बाबु भनी वाक्कै लगाउने आमाहरू पनि छन् । नानीलाई राइम्स मुखस्थ भएकै छैन तर ममलाई राइम्स मुखस्थ भइसकेको छ हिजोआज । र त कुनै पाहुनाको छेउमा ममको फोर्सले राइम्स भन्दा दस पल्ट अड़्किन्छ नानी… तर ममले नै थपेर अतिथिबाट स्यावास पाउँछन् ।

हाम्रो घरमा भुटेको भातले फ्राइड राइसमा एफिडेभिट गरेको छ । खसीको मासु मटन, कुखुराको मासु चिकेन, सुङ्गुरको मासु पोर्क, गोरुको बिफ, राँगाको बफ। यसैको हावा लागेर बूढ़ा बा भन्छन्, एई… मटनलाई घाँस हाल्देऊ । बिफलाई दाना देऊ । चिकेनलाई खोरमा थुन ।
यसरी पनि इङ्गलिसले बजार पिटेको छ… त्यसको सही अर्थ लागोस् वा नलागोस् । तर घरमा, बजारतिर बोल्दा आफूले बोल्ने मातृभाषासित इङ्गलिस वर्ड मिसकट गरेन भने प्रेष्टिज जान्छ अचेल । कुरा यति हो इङ्गलिसको देशानले भेटेको हामीले नेपाली भाषालाई जरैसित उखेलेर फ्याँक्ने प्रयास नगरेको उत्तम । नेपाली भाषालाई जोगाऔँ । बस कुरा त्यति मात्रै हो ।

०००
जलपाइगुडी (भारत)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तन्किने कुरा

तन्किने कुरा

नगिता लेप्चा राई
अनुहार

अनुहार

नगिता लेप्चा राई
‘तानतुने’ कवि

‘तानतुने’ कवि

नगिता लेप्चा राई
0
Would love your thoughts, please comment.x
()
x