विष्णुहरि पाैडेलतपाईं र मपाईं
असन्तुष्ट अल्पायुका छन् कुबेर । महासाघु बाँच्छन् शताब्दी उमेर । छँदै छैन भन्छन् कुनै सुत्न खाट । नजाला र को आखिरी आर्यघाट । सगी सादगी, व्यर्थको ठाँटबाट । शबैको भलो होस् गरौँ शान्ति पाठ ।

विष्णुहरि पौडेल :
धनी साथ होलान् हिराका भकारी ।
म चोखो छु भोको हमेशा भिखारी ।
मुठी ताक्छु आशा नफालेर खेर ।
मलाई त माया हुँदै हुन्न धेर ।१।
भलो सोच राख्ने सबै राष्ट्रवादी।
बने मान्य गान्थी लगाएर खादी।
प्रतिष्ठा र पैसा सँगै जोखिँदैन ।
मपाईं कहिल्यै तपाईं हुँदैन ।२।
म नै वेश ठान्ने अहङ्कार कस्तो ?
कुनै छैन सम्पूणर् श्रीराम जस्तो ।
उजेलिन्छ आभा नफाली रबाफ ।
विना स्वार्थ फुल्छन् प्रभाती गुलाफ ।३।
जता जान खोज्यो त्यतै चल्छ पाउ ।
कुनै स्याउ रोज्लान् कुनै चाहिँ च्याउ ।
छ जे चित्तमा खुल्छ त्यैहाँ उभाउ ।
निजी स्वार्थमा हुन्छ निष्ठा बिकाउ ।४।
मपाईं सँधै जुध्छ गर्दै लडाइँ ।
पुरस्कार थाप्छन् हमेशा तपाईं ।
असन्तुष्ट अल्पायुका छन् कुबेर ।
महासाघु बाँच्छन् शताब्दी उमेर ।५।
छँदै छैन भन्छन् कुनै सुत्न खाट ।
नजाला र को आखिरी आर्यघाट ।
सगी सादगी, व्यर्थको ठाँटबाट ।
शबैको भलो होस् गरौँ शान्ति पाठ ।६।
०००
काठमाडौं
Subscribe
Login
0 Comments
Oldest







































