साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तपाईं र मपाईं

असन्तुष्ट अल्पायुका छन् कुबेर । महासाघु बाँच्छन् शताब्दी उमेर । छँदै छैन भन्छन् कुनै सुत्न खाट । नजाला र को आखिरी आर्यघाट । सगी सादगी, व्यर्थको ठाँटबाट । शबैको भलो होस् गरौँ शान्ति पाठ ।

Nepal Telecom ad

विष्णुहरि पौडेल :

धनी साथ होलान् हिराका भकारी ।
म चोखो छु भोको हमेशा भिखारी ।
मुठी ताक्छु आशा नफालेर खेर ।
मलाई त माया हुँदै हुन्न धेर ।१।

भलो सोच राख्ने सबै राष्ट्रवादी।
बने मान्य गान्थी लगाएर खादी।
प्रतिष्ठा र पैसा सँगै जोखिँदैन ।
मपाईं कहिल्यै तपाईं हुँदैन ।२।

म नै वेश ठान्ने अहङ्कार कस्तो ?
कुनै छैन सम्पूणर् श्रीराम जस्तो ।
उजेलिन्छ आभा नफाली रबाफ ।
विना स्वार्थ फुल्छन् प्रभाती गुलाफ ।३।

जता जान खोज्यो त्यतै चल्छ पाउ ।
कुनै स्याउ रोज्लान् कुनै चाहिँ च्याउ ।
छ जे चित्तमा खुल्छ त्यैहाँ उभाउ ।
निजी स्वार्थमा हुन्छ निष्ठा बिकाउ ।४।

मपाईं सँधै जुध्छ गर्दै लडाइँ ।
पुरस्कार थाप्छन् हमेशा तपाईं ।
असन्तुष्ट अल्पायुका छन् कुबेर ।
महासाघु बाँच्छन् शताब्दी उमेर ।५।

छँदै छैन भन्छन् कुनै सुत्न खाट ।
नजाला र को आखिरी आर्यघाट ।
सगी सादगी, व्यर्थको ठाँटबाट ।
शबैको भलो होस् गरौँ शान्ति पाठ ।६।

०००
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
गलगाँड भयो

गलगाँड भयो

विष्णुहरि पाैडेल
भोकतन्त्र

भोकतन्त्र

विष्णुहरि पाैडेल
देश बरवाद भयो

देश बरवाद भयो

विष्णुहरि पाैडेल
आधुनिक शिक्षा

आधुनिक शिक्षा

विष्णुहरि पाैडेल
आशाको आत्मदाह

आशाको आत्मदाह

विष्णुहरि पाैडेल
मूल्याङ्कन

मूल्याङ्कन

विष्णुहरि पाैडेल
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x