साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बुढ्याैली काव्य (शृङ्खला – ४९)

अनेक भक्ति मार्गछन् गरी कुनै सुसाधन । यता लगाइयो भने प्रसन्नता हुने मन ॥ गरेका कार्यमा सदा नहौँ अतृप्त सज्जन । सिकौँ अगाडिदेखि नै विशेषता बुढो हुन ॥

Nepal Telecom ad

देवीप्रसाद मिश्र :

सदा अभाव चित्तमा लिएर झन् सबैजना ।
मडारिँदै दगुर्दछन् न पूर्ण हुन्छ कामना ॥
छ साथमा सबै कुरा भनी बुझाउँदै मन ।
सिकौँ अगाडिबाट नै विशेषा बुढो हुन ॥ (२९२)

पहाड फोरिए, ठुला थुनेर ल्याइए कुला ।
खटेर कर्मभूमिमा फलाइए ठुला मुला ॥
सदा युवा ,वयस्क यो रहन्न सत्य जीवन ।
सिकौँ अगाडिदेखि नै विशेषता बुढो हुन ॥ (२९३)

चरप्प थाल्छ फेरमा बुढ्याइँले समाउन ।
अवश्य पर्छ अन्त्यमा नजानिए सदा रुन ॥
गरौँ उदात्त तर्जुमा बनाउँदै खुसी मन ।
सिकौँ अगाडिदेखि नै विशेषता बुढो हुन ॥ (२९४)

फुलेर केश देखिने सफेद यो हिमालझैँ ।
तथापि चित्त दौडिने पहाड टाकुरा अझै ॥
न हट्छ तिर्सना उता कमाउँदा अझै धन ।
सिकौँ अगाडिदेखि नै विशेषता बुढो हुन ॥ (२९५)

सुकल्पना उदात्तको बनाउने ठुलो घर ।
अभावमा लपेटिने मनुष्य जिन्दगी भर ॥
शरीर काप्छ अन्त्यमा यता अतालिने मन ।
सिकौँ अगाडिदेखि नै विशेषता बुढो हुन ॥ (२९६)

उमेर खट्कँदा उता युवा वयस्क सक्कल ।
गुमेर जान्छ साथको शरीर हुन्छ दुर्बल ॥
तृषा छ सूर्य पक्रिने अझै मनुष्यको किन ?।
सिकौँ अगाडिदेखि नै विशेषता बुढो हुन ॥ (२९७)

अनेक भक्ति मार्गछन् गरी कुनै सुसाधन ।
यता लगाइयो भने प्रसन्नता हुने मन ॥
गरेका कार्यमा सदा नहौँ अतृप्त सज्जन ।
सिकौँ अगाडिदेखि नै विशेषता बुढो हुन ॥ (२९८)
(क्रमशः)

०००
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
समस्त मातृशक्तिमा

समस्त मातृशक्तिमा

देवीप्रसाद मिश्र
वृद्धमा खुसी फुलोस्

वृद्धमा खुसी फुलोस्

देवीप्रसाद मिश्र
विचारपथका चेलाहरू हो सुन

विचारपथका चेलाहरू हो सुन

देवीप्रसाद मिश्र
वृद्धाहरू सबल छन् अब राज्य हाँक्न

वृद्धाहरू सबल छन् अब...

देवीप्रसाद मिश्र
0
Would love your thoughts, please comment.x
()
x