साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अज्ञात स्थलबाट चन्चल बोले

अनि परराष्ट्र नीति सम्बन्धी छिटो आर्को इन्टरभिउ बनाऊ । बुद्धिसिद्धि : भै हाल्छ त हजुर । अब कताको राजदुत खाने हो ? एकपटक घुम्न चैं जानपर्छ नि फेरि । ल अहिलेलाई लागें हजुर । बैङ्क बन्द होला फेरि ।

Nepal Telecom ad

जेन काइजेन :

अफ द रेकर्ड
नेताज्यू : ल तिमी आइपुग्यौ ? तिमीलाई मैले अस्ति नै सरकार परिवर्तन होला जस्तो छ, आइहाल भनेको हैन त ?
पत्रकार : हो नि हजुर । गर्दागर्दै अलिक ट्याम लाग्यो । तर केहि छैन । सरकार फेरियो मात्र । पँजनी भाकै छैन ।
नेताज्यू : अब यो अन्तर्वार्ता भाइरल हुनपरो । मेरो सानो दुर्घटनामा परेर टाउकोमा चोट छ । अलिक अनुहार पनि चिथरिएको छ । त्यसकारण यसपाला मेरा फोटा मात्र हालेर आवाज मात्र प्रसारण गर ।

(नेताज्यूमाथि सार्वजनिक स्थलमै केहि भरौटे, झोलेहरूले हालसालै निर्घात आक्रमण गरेको हँुदा उहाँ मुख देखाउन लायक नरहनुभएको अवगत गराइन्छ । घटना रात्रीकालको भएकोले आक्रमणकारीहरूको खुटपत्तो पाउन सकिएको छैन ।)
एक भव्य कोठामा हाल सत्तासिन पार्टीका प्रमुख नेताहरूका साथमा हाम्रा नेताज्यूले कुम जोडेर खिचेका फोटाहरू सजाइएका छन् । नेताजी फरार तालिवान लिडर झै अज्ञात स्थलबाट बोलिरहेको भान हुन्छ ।

पत्रकार : ल शुरु गरौं है त हजुर ।
नेताजी : ल ल । मैले भनेका टिपाएका परश्न मात्र सोध्ने । जथाभाबि जान्ने हुने हैन । फेरि निमेक हराउँला नि ।
पत्रकार : हस् हुन्छ ।

अब रेकर्ड शुरु हुन्छ ।

पत्रकार : नमस्कार दर्शकवृन्द । रन्को युट्युब च्यानलको लागि म तपाईंहरूको बुद्धिसिद्धि फेरि एउटा सनसनीपूणर् अन्तर्वार्ता लिएर आएको छु । अबको केहि समय म तपाईंहरू समक्ष जनताका अति प्रिय, प्रजातन्त्रका रक्षक, दर्जनौंपटक गोलि लाग्न र जेल जानबाट बच्नुभएका अत्यन्त कुशल राजनीतिज्ञ मनोहर चन्चलज्यूसँगको अज्ञात स्थलमा रेकर्ड गरिएको वार्ता प्रस्तुत गर्दैछु । उहाँसँग हामी वर्तमान तरल राजनीतिक अवस्था बारेमा छोटो वार्ता गर्नेछौँ ।
जनप्रिय नेता चन्चलज्यूलाई रन्को च्यानलमा स्वागत छ ।

चन्चल : नमस्कार त खाने मान्छे हुँ म तैपनि नमस्कार छ तपैंहरूलाई । म यो मुलुकको हालको अस्थिरता अन्त्य गर्नमा दत्तचित्त भएर लागिरहँदा केहि आतंककारीहरूको निशानामा परेँ । अहिले म अज्ञात स्थलमा शेल्टर लिनपर्ने बाध्यता रहेकोले मेरो आवाजले मात्र पनि तपाईं शुभचिन्तकहरूलाई राहत दिनेछ भन्ने आशा लिएको छु ।
बुद्धिसिद्धि : यो दुर्दशा कसरी हुनगयो नेताज्यू ?
चन्चल : म सधैँ भ्रष्टाचारी, मुलुकमारा र विदेशी दलालहरूको विरोधमा हुन्छु । तिनीहरूको जरा टक्टक्याउन म मेरो प्राण आहुती दिन तयार छु । त्यसै क्रममा एक स्थानमा भैरहेको षडयन्त्रकारीहरूको भेलालाई अवरोध गर्ने क्रममा ममाथि साङ्घातिक हमला हुन गयो ।
बुद्धिसिद्धि : तपाईंले सुगन्ध दोहोरी साँझमा महिलामाथि दुव्र्यवहार गर्नुभएको र सोहि क्रममा तपाईंमाथि आक्रमण भएको भन्ने कुरा केहि अखबार र च्यानलमा आयो । यसमा तपाईं के भन्नुहुन्छ ?
चन्चल : विरोधिहरूले सधैँ सत्यलाई तोडमरोड गर्छन् । त्यहाँकी प्रमुख मतियारलाई समाएर जनतासामु प्रस्तुत गरिदिऊँ भन्ने क्रममा मलाई गलत आरोप लगाइयो । यी मेडिया त सबै बिकाउ त हुन् ।

बुद्धिसिद्धि : अनि त्यस्तो जानलेवा आक्रमण बिरुद्दमा किन पुलिस प्रशासनमा उजुरी गर्नुभएन त ?
चन्चल : तपाईं कस्तो बचकाना कुरा गर्नुहुन्छ ? तत् समयमा त पुलिस प्रशासन सबै आफ्नै गोटि हुन्छ । अब बल्ल हाम्रो सरकारले आफ्नै प्रकारका निष्पक्ष मान्छे ल्याएपछि मात्र छानबिन हुन्छ । म उचित समयको पर्खाइमा छु ।
बुद्धिसिद्धि : अनि हजुरको यो पटक कुन क्षेत्रमा योगदान हुनेछ ?
चन्चलः मैले यो सबै हाम्रा शिर्षस्थ नेताहरूमाथि छाडिदिएको छु । उहाँहरूलाई मेरो क्षमता र दक्षता सबै थाहा छ । पार्टीलाई आर्थिक रुपमा मजबुत बनाउनका लागि आन्तरिक श्रोत व्यवस्थापन गर्नेदेखि सो उद्देश्य परिपुर्तिका लागि कार्यकर्ता तालिम र परिचालन गर्नेसम्म मेरो योगदान अहिले कहलिएका सबै पार्टीमा छ । अब पनि मलाई पाटीले उचित स्थान दिनु नै पर्छ ।

बुद्धिसिद्धि : हजुरलाई पटक पटक पार्टी परिवर्तन गरेको आरोप छ नि त ।
चन्चल : त्यो सबै अज्ञानता हो । जनतालाइ भ्रमित पार्न पाटी परिवर्तनको आरोप लगाइएको हो । तर मेरो मूल धर्म भनेको राजनीति हो । बुझ्नु भो ? माइ मेन रिलिजन इज पोलिटिक्स । म जसरी पनि जनताको सेवा गर्न नछोड्ने मान्छे । त जुन पाटीको सरकार आवोस् न । म जनसेवा गर्न अगाडि बढ्छु । नबुझ्नेले यसलाई पाटी परिवर्तन भन्ला तर म त जनताको सेवाका लागि अघि सरेको हो नि ।
बुद्धिसिद्धि : कति घच्चीको कुरा गर्नुभयो यहाँले ।
चन्चल : तपाईं राम मन्दिुर जानोस्, कृष्ण मन्दिर जानोस्, शिवालय जानोस् । गर्ने त पूजा नै हो । गर्ने त धर्म नै हो । प्रभूको सेवा नै हो । त्यस्तै मैले जहाँबाट गरेपनि सरकारमा सामेल भएर गर्ने जनसेवा हो । यसरी बुझ्नोस् यस कुरालाई ।
बुद्धिसिद्धि : धन्यवाद हजुर । हजुरको अमूल्य समयको लागि रन्को च्यानल लगायत म बुद्धिसिद्धि पनि कृतज्ञ छु ।

अफ द रेकर्ड
चन्चल : कहिले हाल्छौ यो ?
बुद्धिसिद्धि : अब भरे नै हाल्ने हो ।
चन्चल : भाइरल गर । जनजनमा पुग्न परो । नेताका कानमा पुग्न परो । भोलिका अखवारमा फ्रन्टमा हुनपरो ।
बुद्धिसिद्धि : त्यो त भै हाल्छ । तर मिलाउन परो नि हजुरले ।
चन्चल : पहिला गर न ।
बुद्धिसिद्धि : हाप अहिले दिनू । हाप पछि हजूर पदस्थापन भएसि मिलाउला ।
चन्चल : ल ऊ त्याहाँ घर्रामा चेक छ ल्याउ त । अनि परराष्ट्र नीति सम्बन्धी छिटो आर्को इन्टरभिउ बनाऊ ।
बुद्धिसिद्धि : भै हाल्छ त हजुर । अब कताको राजदुत खाने हो ? एकपटक घुम्न चैं जानपर्छ नि फेरि । ल अहिलेलाई लागें हजुर । बैङ्क बन्द होला फेरि ।

०००
झापा

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Rita acharya
Rita acharya
1 year ago

समय सापेक्ष हाे आफैले गाेटी तयार गरेपछि शिकार नमरेपनि गाेटी खपत भैरहन्छ

Nepal Telecom ad
खरी झरेको मादल

खरी झरेको मादल

चिरञ्जीवी दाहाल
कविजी

कविजी

डा. कपिल लामिछाने
गाई भैंसी पाल, घाँस नकाट

गाई भैंसी पाल, घाँस...

सुरेशकुमार भट्ट
परलोकवासी पिताको पत्र

परलोकवासी पिताको पत्र

गणेशप्रसाद लाठ
टोल सुधार !

टोल सुधार !

धनराज गिरी
1
0
Would love your thoughts, please comment.x
()
x