साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सधैँको दुर्दशा !

सत्ताको चलखेल चल्दछ सधैँ, कुर्ची पिपासा बढ्यो । नौला ‘एलिट’ जन्मिए मुलकमा सत्न्याय पूरै सड्यो ॥ हावादार सयौँ तुनेर सपना, बोक्रे कुरा गर्दछन् । धेरै कोश लुटेर खर्बपतिले, आफ्नै भुँडी भर्दछन् ॥

Nepal Telecom ad

बद्रीप्रसाद दाहाल :

क्यै सम्भ्रान्त जमात इष्ट जन वा, हुक्के तथा बैठके ।
होलान् हर्षविभोर, किन्तु जनता, दिक्दारमा छन् हरे !!
फेर्‍यौँ पात्र सयौँ तथापि किन हो ?, आकाश खस्दैन रे ।
भ्रष्टाचार सखाप पार्न यिनले आजन्म सक्दैन रे ॥१

लाले आउँछ लुट्छ अत्यधिक नै, गोरे त्यही गर्दछ ।
झाले बन्दछ खर्बका पति अहो, तारे बुटा भर्दछ ॥
बन्डातन्त्र फुल्यो फल्यो मुलुकमा नेतृत्व धेरै धनी ।
चेपिन्छन् ‘निमुखा र सज्जन’ कठै ! वर्षौँ दरिद्री बनी !!२

सत्ताको चलखेल चल्दछ सधैँ, कुर्ची पिपासा बढ्यो ।
नौला ‘एलिट’ जन्मिए मुलकमा सत्न्याय पूरै सड्यो ॥
हावादार सयौँ तुनेर सपना, बोक्रे कुरा गर्दछन् ।
धेरै कोश लुटेर खर्बपतिले, आफ्नै भुँडी भर्दछन् ॥ ३

झन् झन् दीन र हीन छन् जन कठै, सम्पन्न छोटे नृप।
भ्रष्टाचार चुली चढेर अहिले, हाँस्छन् ठुला तस्कर ॥
यी हैनन् जन विम्ब लस्करहरू हुन् हन्तकाली शठ ।
भ्रष्टैभ्रष्ट मिलेर चुस्नु चुसियो स्वामी सबै गद्गद ॥

०००
धादिङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
जिन्दावाद र मुर्दावादको चक्रव्यूह !

जिन्दावाद र मुर्दावादको चक्रव्यूह...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जय- बोली, बन्न सक्दैन गोली !

जय- बोली, बन्न सक्दैन...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
बिदा र हल्लाको देश !

बिदा र हल्लाको देश...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
सान जाेगाउने हाेस् 

सान जाेगाउने हाेस् 

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जय- संस्कार !

जय- संस्कार !

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
बिचरा झोलेहरु

बिचरा झोलेहरु

फित्काैली डटकम
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
0
Would love your thoughts, please comment.x
()
x