साइबर अपराध सम्बन्धी सचेतना सामग्री

के म, मभित्र छु ??

कविहरू! कलाकारहरू! शिक्षकहरू! प्राध्यापकहरू! कथित विद्वान् विदूषीहरू! म मलाई नै सोधिरहेको छु म मलाई नै खोजिरहेको छु के म मभित्र छु ?

Nepal Telecom ad

कलानिधि दाहाल :

गुन्द्रुकझैँ
भ्रष्टाचारको
दुर्गन्धे खाल्डोमा खाँदिदै
महामारीको
जुलुस जिएका
खतरनाक नेताहरू !
चाकडी
चाप्लुसी
चम्चागिरीका हात फैलाउँदै
खादा ओढेर सम्मानमा
उत्रेका जमातबध्द
अक्षरशून्य
प्रज्ञारहित प्राज्ञका उन्मादहरू!
आफैँ पैसा दिएर
संस्थासञ्चालकका
कानेखुसीमा
छिचिमिराझैँ उम्रेका
रसरहित
भावरहित
लयरहित
भङ्गिमारहित
जन्तीका जन्ती
साहित्यकारहरू!
एक टुक्रो मासुको स्वाद
एक गाँस भातको भतेर
एक धरो कपडाको उपहारमा
भोटको भाग छुट्याएर
मलामीको बाटो
सधैँ लाम लाग्न तत्पर
पेण्डुलम मतदाताहरू!
हुँदै नभएका देशका नाममा
भिक्षा माग्न बनेका
मन्त्रीमण्डल
ठानाब्यारेकहरू
सीमाका पिल्लर
चुचे नक्साका खातहरू
यिनकै रटानमा
भातका भक्त बनेका
देशभक्त भाट
मेरा भक्त मित्र
कविहरू!
कलाकारहरू!
शिक्षकहरू!
प्राध्यापकहरू!
कथित विद्वान् विदूषीहरू!

मलाई नै सोधिरहेको छु

मलाई नै खोजिरहेको छु
के म मभित्र छु ?
के मेरो विवेक
बत्ती बनेर
मभित्र बल्छ
चेतनाको ज्वाला ??

०००
कलेकुटी, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
जङ्गली समाज !!

जङ्गली समाज !!

कलानिधि दाहाल
नेता म मानूँ किन ??

नेता म मानूँ किन...

कलानिधि दाहाल
बोक्सीका ताजा बात- ९

बोक्सीका ताजा बात- ९

गायत्री परिरोशनी
माटोबाट पलाएर माटोमै

माटोबाट पलाएर माटोमै

अनिता काेइराला
बिचरा झोलेहरु

बिचरा झोलेहरु

फित्काैली डटकम
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
0
Would love your thoughts, please comment.x
()
x