साइबर अपराध सम्बन्धी सचेतना सामग्री

फेसबुक फ्रेण्ड

उनले भनिन्, “किन नचिन्नु ! त्यो बसन्ती भन्ने म नै हूँ । मैले तपाईंको परीक्षा लिएँ । तपाईं परीक्षामा पास हुनुभो । त्यसैको उपलक्ष्यमा यो सबै तयारी हो ।”

Nepal Telecom ad

बासुदेव तिमल्सिना :

केही दिन पहिले फेसबुकमा मलाई कुनै बसन्ती नामकी केटीले फ्रेण्ड रिक्वेष्ट पठाई । मैले स्वीकार गरेँ । धन्यवाद आयो । उनको प्रोफाइल चेक गरेँ । भरखरै बनाएको थियो । प्रोफाइल फोटो राखिएको थिएन । त्यसपछि नित्य नै वार्तालाप हुन थाल्यो ।

उनले मलाई वर्ष, योग्यता, जागिर, श्रीमती केटाकेटी सबैको बारेमा सोधिन् । मैले पनि बताउँदै गए । म विवाहित थिएँ तै पनि उनले मलाई प्रेम प्रस्ताव राखिन् । मैले म विवाहित भएको हुँदा श्रीमतीलाई धोका दिन नसक्ने बताएँ । दिनहरु गुज्रँदै गए ।

एकदिन उनले मलाई “म तपाईंको शहरमा आकी छु । भेटघाट पनि गरौँ, फिल्म पनि हेरौं र मिल्छ भने कुनै होटलमा रात बसेर रमाइला गफ पनि गरौँन” भनिन् । मैले म तिमीसँग बाहिर भेट गर्न सक्तिन बरू मेरै घरमा आउ, मेरी श्रीमतीसँग पनि चिनजान हुन्छ भने । उनले निकै जोड गरिन्, मैले मानिन । उनी रिसाउँदै मलाई नामर्द भनेर अलप भइन् ।

बेलुका म अफिसबाट घर गएँ । घरमा आज विशेष परिकारहरू बनिएको देखेँ । मैले आज के को उपलक्ष्यमा यो सबै गरेकी भनेर श्रीमतीलाई सोधेँ । उनले आज बसन्ती हाम्रो घरमा आउँदैछिन् भनिन् ।

मैले अचम्म मानेर सोधेँ, “तिमी बसन्तीलाई चिन्छ्यौ र ?”
उनले भनिन्, “किन नचिन्नु ! त्यो बसन्ती भन्ने म नै हूँ । मैले तपाईंको परीक्षा लिएँ । तपाईं परीक्षामा पास हुनुभो । त्यसैको उपलक्ष्यमा यो सबै तयारी हो ।”

००
लालबन्दी, सर्लाही

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
भूत

भूत

वासुदेव तिमल्सिना
तिर्थालुको ध्यान

तिर्थालुको ध्यान

वासुदेव तिमल्सिना
चाइनिज माल

चाइनिज माल

वासुदेव तिमल्सिना
लोभ

लोभ

वासुदेव तिमल्सिना
मृत्युको भय

मृत्युको भय

वासुदेव तिमल्सिना
माया

माया

वासुदेव तिमल्सिना
सापटीले पार्छ आपत्ति

सापटीले पार्छ आपत्ति

भोलानाथ सुबेदी
जागिरको जाल कि साहुको चाल !

जागिरको जाल कि साहुको...

ठाकुरप्रसाद अधिकारी
बिन्ती, बक्सियोस् आज झोली

बिन्ती, बक्सियोस् आज झोली

डिल्लीराज अर्याल
रुख महात्म्य

रुख महात्म्य

देवीप्रसाद घिमिरे
0
Would love your thoughts, please comment.x
()
x