साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बेलिबिस्तार

बल्लतल्ल ऋणले किन्ने ति सम्पत्ति तर किनहोला धक्कु ठुलो छिमेक वरपर ? किन्नेलाई उधारोको दशकौंको बोझ ऋण तिर्ने दुखजेलो बिच के को मोज ?

Nepal Telecom ad

डा. लोकेन्द्र पौड्याल :

तेल भिस्साको भ्रमण सकी
विदेशबाट आका
कथा हाल्न सिपालु छन्
हाम्रा साईला काका ।

गर्व गर्छन मेरो छोरो
चढ्छ राम्रो कार
छोरीले नि जागिर खाछे
भाछे जिम्मेवार ।

ज्वाइँसाहेब परिश्रमी
किनिसके घर
छोरो पनि खोजिराछ
किन्न वरपर ।

कोहि भेट हुुनै हुुन्न
बेलिबिस्तार पूरा
सुुन्नेलाई वाक्क लाग्ने
सधैँ यौटै कुरा ।

बल्लतल्ल ऋणले किन्ने
ती सम्पत्ति तर
किनहोला धक्कु ठुलो
छिमेक वरपर ?

किन्नेलाई उधारोको
दशकौंको बोझ
ऋण तिर्ने दुखजेलो
बिच केको मोज ?

घरको बारि बाँझो राख्दा
पनि काका दङ्ग
विदेश आश्रित उनको खुसी
अचम्म प्रसङ्ग ॥

०००
काठमाडौं

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Ishwor Pokharel
Ishwor Pokharel
1 year ago

गज्जब! गज्जब!

Nepal Telecom ad
गुण र दोषको मृत्यू

गुण र दोषको मृत्यू

डा. लोकेन्द्रप्रसाद पौड्याल
घरज्वाइँ

घरज्वाइँ

डा. लोकेन्द्रप्रसाद पौड्याल
सम्भावना

सम्भावना

डा. लोकेन्द्रप्रसाद पौड्याल
उर्जा

उर्जा

डा. लोकेन्द्रप्रसाद पौड्याल
पाँच वर्ष पर !

पाँच वर्ष पर !

डा. लोकेन्द्रप्रसाद पौड्याल
ससुराली टेन्डर

ससुराली टेन्डर

डा. लोकेन्द्रप्रसाद पौड्याल
सात फाँकी साइनो

सात फाँकी साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
बाउको बिँडो धान्ने रे

बाउको बिँडो धान्ने रे

फित्काैली डटकम
भानु बनेका सबका प्यारा

भानु बनेका सबका प्यारा

जगदीश्वर पाेखरेल
1
0
Would love your thoughts, please comment.x
()
x