साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बन्दैछ वृद्धाश्रम देश मेरो

कोही भुटानी जसरी खटाए सङ्ग्रामा नै कति पो पठाए गर्छन् सबै नै परको उसेरो बन्दैछ वृद्धाश्रम देश मेरो ॥

Nepal Telecom ad

रामशरण न्यौपाने :

बुझ्दैन यो सत्य यहाँ कसैले
के हुन्छ कुर्लेर भनेर मैले?
गाहस्थको घाम भयो अँधेरो
बन्दैछ वृद्धाश्रम देश मेरो ॥१

छोरा बुहारी जति खेदिदैछन्
खोजेर बाटो परको लिदैछन्
लाग्यो जवानी परदेश फेरो
बन्दैछ वृद्धाश्रम देश मेरो ॥२

खुल्ला छ चारैतिरको सिमाना
आयो असाध्यै छलको जमाना
बेचिन्छ मान्छेसरि नै पजेरो
बन्दैछ वृद्धाश्रम देश मेरो ॥३

कोही भुटानी जसरी खटाए
सङ्ग्रामा नै कति पो पठाए
गर्छन् सबै नै परको उसेरो
बन्दैछ वृद्धाश्रम देश मेरो ॥४

छन् वृद्धवृद्धा अति वेदनामा
अत्यन्त मर्माहत सासनामा
फेर्दै बसौँ खै कति पो हकेरो?
बन्दैछ वृद्धाश्रम देश मेरो ॥५

०००
भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
वृद्ध आश्रम बनून् शिवालय

वृद्ध आश्रम बनून् शिवालय

रामशरण न्याैपाने
वृद्धमा खुसी फुलोस् …

वृद्धमा खुसी फुलोस् …

रामशरण न्याैपाने
वृद्धाहरू सबल छन् अब राज्य हाँक्न

वृद्धाहरू सबल छन् अब...

रामशरण न्याैपाने
फर्केन छोरो दिन दागबत्ती

फर्केन छोरो दिन दागबत्ती

रामशरण न्याैपाने
होली

होली

रामशरण न्याैपाने
0
Would love your thoughts, please comment.x
()
x