आर.सी. रिजालअनुभवी
पाका मान्छेले पश्चिमा कुसंस्कारलाई भगाउन र आफ्नो राम्रो संस्कारलाई जोगाउनु लाग्नुपर्ने होइन र ? हो यदि हाम्रो संस्कार अव्यावहारिक अवैज्ञानिक भए त्यसलाई सुधार गर्नु वा चटक्कै त्याग्नु म उचित ठान्छु ।

आर.सी रिजाल :
मभन्दा २ बर्ष जेठा ७५ वर्षे स्वीकार खत्री जो अफुलाई जिउँदो इतिहास भन्छ्न् । उनले – आफ्नो जन्मदिनमा मैन बत्ती फुकेको, केक काटेको, कागजको चुच्चे टोपी लगाको, गाला र नाकमा केक दलेर बेरुप पारेको देख्दा मलाई अनौठो लाग्यो ।
भोलिपल्ट जम्काभेट भयो । मैले – तपाईं त अणुबमले राष्ट्र र राष्ट्रियता ध्वस्त पार्न सक्तैन तर संस्कार, संस्कृति र परम्परालाई नस्ट वा ध्वस्त गरे राष्ट्र राष्ट्रियता नै मेटिन्छ । त्यसैले साहित्यकारको कलम यस्ता विकृति विरुद्ध उठ्छ भन्नुहुन्थ्यो । हिजो विदेशी संस्कृति स्वीकार्नु भएको पोस्ट फेस्बुकामा देखेँ भने । ङिच्च हाँस्दै उनले – मैले होइन भाइ नातिनातिनाले मेरो जन्मदिन मनाइदिएका रे भने ।
“तपाईंले दियो कलस थापेर, नेपाली ढाका टोपी लाएर, सेलरोटी पर्सादी चढाएर, अष्ट चिरञ्जीवीको पुजा गर्नुपर्ने होइन र ? नातिनातिनाले रहर गरे पहिला आफ्नो संस्कार अनुसारको विधि पुरा गरेर ल तिमीहरू केक खाने भए खाओ भन्दे हुन्थेन भने ।”
उनले – हो भाइ मेरो सोचाइ पनि त्यस्तै हो । तर घरका सदस्यले जोरिपारीले के भन्लान् ? समय अनुसार happy birthday भन्दै केक काट्नै पर्छ भने । अर्को कुरा विकृति विसङ्गतिमाथि औँला ठड्याउने काम हामी साहित्यकारको मात्र हो र ? जहाँसम्म फेसबुकको कुरा गर्नु हुन्छ, देख्नु भएको छैन् – पितृलाई पिण्ड दिँदा मान्छे क्यामरातिर हेरेर ङिच्च हाँसेका, किरिया बस्दा लँगौटीमै नाचेका, मलाई मात्र किन पेच हान्नुहुन्छ ? भन्दै अगाडि बढ्न लागे ।
मैले उनलाई रोक्दै – पाका मान्छेले पश्चिमा कुसंस्कारलाई भगाउन र आफ्नो राम्रो संस्कारलाई जोगाउनु लाग्नुपर्ने होइन र ? हो यदि हाम्रो संस्कार अव्यावहारिक अवैज्ञानिक भए त्यसलाई सुधार गर्नु वा चटक्कै त्याग्नु म उचित ठान्छु । हिजो तपाईंको रुप देखेर उही केलाई भन्दा देख्नेलाई लाज भनेझैं लाग्यो । तपाईंलाई साहित्यकार होइन ७५ वर्ष सास फेरेको अनुभवी मान्छेमात्र ठानेँ भने । खत्रीले – एक किसिमले तपाईंको भनाइलाई पनि नकार्न त सकिन्न । तर यस विषयमा पछि गहन छलफल गरौँला भन्दै अगाडि बढे ।
०००
हेटौंडा, मकवानपुर








































यसपटक स्वीकार खत्री फेला परेछन् ।