बालकृष्ण खनालसाँच्चै, यो देश धनी भएछ
विद्या ठूलो हो भन्थे पहिले डलर ठूलो हुँदैछ अहिले छोडेर देश डलर कमाए छोरा र नाति उतै रमाए यहाँको जमिन बाझो रहेछ साँच्चै, यो देश धनी भएछ ।

बालकृष्ण खनाल :
युवा विदेशिएर
रेमिटेन्स भित्रिएर
सम्पदा सबै सिद्धिएर
नदी नाला बेचिएर
यो देश धनी भएछ ।
पुर्खाहरूले बेचेर खान्थे
आजका हामी किनेर खान्छौ
कमाउनलाई खाडीमा जान्छौ
अफैलाई आफै बहदुर ठान्छौ
बाँझा छन् हाम्रा खेतका गह्रा
पाउँदैन चारो चरा विचरा
उद्योग सारा बन्द गरेर
विदेशी वस्त्र लाउछौ फेरेर
वैदेशिक ऋणले चुर्लुम्म डुबेर
गर्छौ फुर्तीमाथि उठेर
माग्छौ भन्न त ढुङ्गो पुजेर
जनता दुःखी भए पनि
यहाँको शासक सुखी हुँदैछ
काम नपाई जनता रुँदैछ
युवा युवती विदेश गएछ
रेमिटेन्सले यो देश धनी भएछ ।
जनताका छोरो राष्ट्र प्रमुख भयो रे
सिँगान आए औषधि गर्न विदेश गयो रे
नेताको बाउ राजदूत भयो रे
नेता आफू मन्त्री भएछ
नेताको छोरो क्यासिनो गएछ
डलर को खेल हुदो रहेछ
साच्चै नै यो देश धनी भएछ ।
संसारको ठूलो डलर रहेछ
डलरको खातिर दुनियाँ मरेछ
विद्या ठूलो हो भन्थे पहिले
डलर ठूलो हुँदैछ अहिले
छोडेर देश डलर कमाए
छोरा र नाति उतै रमाए
यहाँको जमिन बाझो रहेछ
साँच्चै, यो देश धनी भएछ ।
१२ पढेर छोरा छोरी विदेश गएछन्
विश्व विद्यालय यहाँका बन्द भएछन्
निखारे देश बेचेर जन
बनेर नेता कमाए धन
हिजोका तालु आजका सभासद
हिज र आज उन्कै छ रजगज
गरिबको कहिल्यै आएन बखत
हलो र भाडो गोरु र गाडा कहाँ गएछ ?
साँच्चै, यो देश धनी भएछ ॥
०००
कैलाली
Subscribe
Login
0 Comments
Oldest






































