साइबर अपराध सम्बन्धी सचेतना सामग्री

यसरी बाँचौँ !

लुट्न सक्ने सबैलाई लुटेर बाँचौँ । भुट्न सक्ने सबैलाई भुटेर बाँचौँ, चाकरी, चाप्लुसी र भनसुनको, अचुक औषधि लिन नभुलौँ । थाहा नदिइकन आउन सक्छ यमराज, उसलाई फिर्ता पठाएर बाँचौँ ।

Nepal Telecom ad

गायत्री लम्साल :

जीवनको अर्थ बाँच्नुमा
छ साथी हो,
एक पटक मर्नुपर्छ भन्ने
बिर्सेर बाँचौ ।
कात्रोमा गोजी हालेर बाँचौँ,
भित्तेपात्रोको पाना फालेर बाँचौँ ॥

बाँच्ने आफू र बचाउने आफ्नालाई हो,
अरुका खुट्टा तानेर बाँचौँ ।
असल र इमान्दारहरूको टाउकोमा,
हानेर बाँचौँ ।
साम, दाम, दण्ड, भेद सहितका
सुण्ड, मुण्ड र गुण्डाहरूलाई
देशकै नाइके बनाएर बाँचौँ ।
हरेक दिन देश हल्का-हल्का मरिरहँदा
आफू भने मस्तसँग रमाएर बाँचौँ ॥

जसरी पनि बाँच्नुपर्छ मित्र हो ।
मरिसक्दा समेत,
काम नगरी कमाएको सम्पत्ति
सिङ्गै बोकेर बाँचौँ ।
मानवताको अस्तित्व सकिँदा समेत
आडम्बरको अमृत धोकेर बाँचौँ ।
जसरी पनि बाँच्नुको अभिष्ट
बाँच्नु नै छ भने,
पलपलमा काइदा लिएर बाँचौँ ।
अरुको मृत्युमा फाइदा लिएर बाँचौँ ।

लुट्न सक्ने सबैलाई लुटेर बाँचौँ ।
भुट्न सक्ने सबैलाई भुटेर बाँचौँ,
चाकरी, चाप्लुसी र भनसुनको,
अचुक औषधि लिन नभुलौँ ।
थाहा नदिइकन आउन सक्छ यमराज,
उसलाई फिर्ता पठाएर बाँचौँ ।
मरिसकेकाहरूलाई धूलो चटाएर बाँचौँ ॥

०००
काठमाडौं

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Ishwor Pokharel
Ishwor Pokharel
1 year ago

“…अरुको मृत्युमा फाइदा लिएर बाँचौं ।”
गज्जब भन्नु भो । 
राम्रो कविता ।

Nepal Telecom ad
हाकिमको सत्ता

हाकिमको सत्ता

गायत्री परिरोशनी
नागरिक एक्सप्रेस !

नागरिक एक्सप्रेस !

गायत्री परिरोशनी
बोक्सीका ताजा बात- ९

बोक्सीका ताजा बात- ९

गायत्री परिरोशनी
दाइजात्रा !

दाइजात्रा !

गायत्री परिरोशनी
आहा हेरेको हेर्‍यै !

आहा हेरेको हेर्‍यै !

गायत्री परिरोशनी
बोक्सीका ताजा बात- ८

बोक्सीका ताजा बात- ८

गायत्री परिरोशनी
भेडाकैरन

भेडाकैरन

होम सुवेदी
मिशिगन*को नृत्य

मिशिगन*को नृत्य

डा. दामाेदर पुडासैनी किशाेर
कालो भयो उर्वरा

कालो भयो उर्वरा

माधव पोखरेल गोज्याङ्ग्रे
सल्लाह दिने सयौँ यहाँ, साथ दिने कोही छैन

सल्लाह दिने सयौँ यहाँ,...

लक्ष्मण नेवटिया
भर्चुअल बाढी

भर्चुअल बाढी

नन्दलाल आचार्य
सिंहदरबारको ढोका

सिंहदरबारको ढोका

लक्ष्मी रिजाल
1
0
Would love your thoughts, please comment.x
()
x