साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मेरो होमवर्क

म त आफ्नै नर्सरीमा घोटिने नातिलाई सम्झिन पुगेँ । उसले यति पुस्तक बोक्छ कि ती पुस्तक अघिल्तिर झिकेर चाङ लगाउँदा ऊ नै छोपिन्छ । ए यो प्रश्नले लक्षित गरेको उत्तर पत्ता लगाएँ भनेर म मख्ख परेँ तर जवाफ भनिनँ ।

Nepal Telecom ad

हरि खनाल :

बालबालिकासँग कुरा गर्ने बानी । बाटोमा खेलिरहेका दुई अन्दाजी नौ/दश वर्षका बालकहरूसँग उनीहरूका विषयमा केही सोधेको मात्र के थिएँ उनीहरू मेरो नजिक आइपुगे । ’अङ्कल केही प्रश्न सोधूँ ?’
‘कसरी नाईं भन्ने ?’ हवस् भनेँ ।

‘बेच्न पाइन्छ तर किन्नेले खेल्न पाउँदैन के हो ?’ म अकमकिएँ ।उनीहरू मेरो मुखतिर हेर्न थाले । अर्को केटोले भन्यो ता ता ता । मूल प्रश्नकर्ताले उसको मुख थुन्दै भन्यो ‘नभन न’ ।
‘अनि यो अङ्कलको जवाफ सुनेपछि अर्को प्रश्न गर्ने भनियो भने त दिन जान्छ त । अर्को सोधिहाल ।’
‘ल ठीक छ यो सोच्दै गर्नुहोला । अहिले आएन भने होमवर्क हुन्छ । अरू पनि सोधिहाल्छु ।’ प्रश्नकर्ताले आँखा नचाउँदै भन्यो । मैले स्वीकृतिसूचक टाउको हल्लाएँ । ‘खाने पिउने माने चोट पाउने साने के हो ?’ म फेरि अकमकिएँ । अर्को बालकले हाँस्दै भन्यो ‘यो पनि नआएको हा हा हा । उत्तरको सङ्केत दिऊँ र र र ‘।’ खास प्रश्नकर्ताले उसलाई हप्काउँदै भन्यो ‘नभन है । यो पनि होमवर्क ।’

अब त नसोध्लान् भनेको अर्को प्रश्न तेर्स्याए । ‘घरका सबै खेद् बस्ने जति क्षेद् के हो ?’ यो त झन् जटिल प्रश्न कसरी उत्तर आँकलन गर्ने ? यसो सोच्दा अन्तर्राष्ट्रिय स्तरको प्रश्न जस्तो लाग्यो । अर्को केटो भन्दै थियो ‘दे दे दे हाम्रो क्या’ फेरि पनि उसलाई मूलप्रश्नकर्ताले रोक्यो । म उनीहरूलाई हेरेर मुस्कुराएँ मात्र । ‘होमवर्क होमवर्क’ चिच्याए दुवै । अब जाऊँ ? के भनेको थिएँ । मूलप्रश्नकर्ताले हाँस्दै भन्यो ’यति होमवर्क गरेर पुग्छ ? हामीलाई स्कुलमा यति होमवर्क दिन्छन् यति दिन्छन् नभ्याएर निदाउँदा पनि हात चलाएर लेखिरहेका हुन्छौँ । जैरे तीन प्रश्न लगेर सुख पाउनुहुन्छ । बाँकी दुई । हि हि हि ।’ मूलप्रश्नकर्ता हाँस्यो । ’लौ लौ सोध ।’ मैले आत्मसमर्पण गरेँ ।

‘घरमा पकाएको दालतरकारीमा नुन चर्को भयो भने के गर्ने ?’ केटाले सजिलो प्रश्न सोध्यो जस्तो लाग्यो । मैले फ्याट्ट भनेँ ‘पानी थप्ने ।’ ‘हा हा हा ।’ उनीहरू जोडले हाँसे । यो चाहिँ होमवर्कमा नपठाउँ क्यारे । मूलप्रश्नकर्ता ठिटोले अर्कोसँग सल्लाह गर्यो । दुई भाइको मतो मिलेछ । ’अङ्कल नआएकै हो ?’ मैले भनेँ ’खै मैले जानेको जवाफ त दिएकै हुँ ।’

‘मिलेन नि ।’ प्रश्नकर्ता केटोले हाँस्दै भन्यो ।
‘के गर्ने त तिमी नै भन ।’ मैले समर्पण गरेँ ।
‘पहिले यु ट्युबर बोलाउने । अनि क्यामरा रेडी बनाएपछि नुन कसले हालेको हो त्यसलाई धारे हात लगाएर सराप्ने । हानाहान गर्ने । पकाएको दाल र सब्जी एकले अर्कोको टाउकोमा खन्याउने ।’ केटोले जवाफ दियो । मलाई केटोको जवाफ निकै मनपर्‍यो । मान्छेले भाइरल हुन अन्तरकुन्तर त प्रदर्शन गर्छन् भने यो त नुनकाण्ड न हो । मैले ताली बजाउँदै भनेँ ‘तिम्रो जवाफ सटिक लाग्यो । अब जाऊँ है ?’

‘अरे कहाँ जान पाइन्छ ? खै पाँच पुगेको ?’ अर्को केटोले बाटो छेक्यो ।
‘सकेको लेऊ को पर्छ छेउ ? के हो ?’ केटाले फेरि जटिल प्रश्न सोध्यो । एक मन त लाग्यो सहकारीको ऋण हो कि ? तर हो जस्तो लागेन किनभने लिने त यसमा पर्दैन नलिने पर्ने हो । ए हिजोआज गाडीहरूले असुल्ने भाडा वा व्यापारीको मुखको दामतिर लक्षित प्रश्न त होइन ? तर भन्दिन । यो जवाफ मिल्यो भने फेरि पाँच पुर्‍याउन अर्को थपिहाल्छन् । बरू होमवर्क नै सही मनले सोच्यो । ‘लौ लौ यो पनि होमवर्क ।’ मैले स्वीकारेँ । ‘प्रश्न त चार पुग्यो । लौ अब बाँकी एक भनिहाल मलाई ढिला भयो ।’ मैले नै आग्रह गरेँ ।

‘पुस्तकको भेल कमिसनको खेल गधा पनि बना पैसा पनि ठेल । यो प्रश्नलाई होमवर्कमा लैजाने कि यहीँ भन्ने ?’ मूलप्रश्नकर्ता केटोले सोध्यो । केही बेर विचार गरेँ । म त आफ्नै नर्सरीमा घोटिने नातिलाई सम्झिन पुगेँ । उसले यति पुस्तक बोक्छ कि ती पुस्तक अघिल्तिर झिकेर चाङ लगाउँदा ऊ नै छोपिन्छ । ए यो प्रश्नले लक्षित गरेको उत्तर पत्ता लगाएँ भनेर म मख्ख परेँ तर जवाफ भनिनँ । मलाई होमवर्कका लागि पाँच प्रश्न पुर्‍याउनु थियो । ‘लौ लौ बाबु यो पनि होमवर्क ।’ मैले भनेँ । उनीहरू किच्च हाँसे ।

‘अङ्कल ! यी सबै प्रश्नहरू टिप्नुभयो नि ?’
‘अँ दिमागमा टिपेको छु ।’
‘होम ट्युशन राख्नु त पर्दैन नि ?’ उसले फेरि सोध्यो ।
‘पर्दैन पर्दैन ।’ मैले भनेँ ।
‘ए घरमा पुगेर कपडा पनि फेर्न नपाउँदै सर म्याडम आउनुहुन्छ भनेर होला हाम्रो जस्तै ।’ प्रश्न नसोध्ने केटाले सोध्यो । मैले फेरि पनि नातिबाबुलाई सम्झेँ ।
‘तपाईंको घरमा मिस वा सर बस्नुहुन्छ हो ?’ प्रश्न गर्‍यो प्रश्नकर्ता केटाले ।
‘छैन बाबु ?’ मैले मुस्कुराउँदै भनेँ ।
‘अनि किन होम ट्युसन राख्नु नपरेको त ?’ केटोले मेरो जवाफ भुइँमा नखस्दै सोध्यो ।
‘मैले यो होमवर्क सरकारी विद्यालयमा दशैँको बिदाको बेलामा पाएको जस्तो ठानेको छु क्या ।’
मेरो कुरा कतिको बुझे कुनि ? दुई बालकहरू एकआपसमा हेर्दै हाँसे ।

०००
धादिङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
गधाको कथा

गधाको कथा

माधव पोखरेल गोज्याङ्ग्रे
परिचय

परिचय

दिव्य गिरी
अपेक्षा

अपेक्षा

सुशीला शर्मा
कामरेडमा नाउँ दरिएन

कामरेडमा नाउँ दरिएन

डा. गाेपीन्द्र पाैडेल
0
Would love your thoughts, please comment.x
()
x