धनराज गिरीउत्तर आधुनिक युद्ध !
मुसो महाराज दुलोमा छिरेर सुरुङ मार्गबाट कैलाश पुगिसकेको थियो । बर्बरिक बोल्यो, यो त मुसाको नैतिक विजय ! जाबो मुसाको विरुद्धमा यत्रो मोर्चाबन्दी ! लज्जाबोध भएन यी मेघा महाजन्तुहरूलाई ?

धनराज गिरी :
“यत्रो अन्याय सहन सकिन्न महाराज,अब युद्धको विकल्प छैन !” बाघ बोल्यो । महाराज शेरको राजसभा जारी छ।” गजराजको विचार!” शेर महाराज। “म मृगेन्द्रसित सहमत छु सरकार !” ऐरावत उम्कियो। चितुवाले पनि युद्धलाई नै समर्थन गर्यो ।
स्याल, हुँडार, गिद्ध, बाज, सबै युद्धकै पक्षमा । एक गैंडा मौन, किन ? उसलाई केही पनि थाहा थिएन ।”
दिव्यास्त्रहरू जम्मा गर्नु होला ! यो आजसम्म नभएको भयङ्कर युद्ध हुनेछ, उत्तरआधुनिक ! महादेव, इन्द्र, देवी भगवती, वनदेवी सबैले सहयोग गर्ने पक्का ! काग बन्धुले कायाकैरनको काम गर्ने । जङ्गलमा जे पनि हुनसक्छ । शत्रुलाई कमजोर मान्नुहुन्न ।” जम्बुमन्त्री बोल्यो । ” हो त, हामी शेरको पुर्खालाई जाबो एउटा खरायोले मूर्ख बनाएको थियो । भुसुनाले हात्ती रुवाएको कथा त यथार्थ हो । मोर्चामा कुनै कमी हुनुहुन्न । सेनापति पितामह शार्दूल ग्रीष्म हुनुहोला !” शेर महाराजको परमादेश !”
नारायण नारायण !” भन्दै नारद आए । बैकुण्ठ र कैलाशको समाचार सुनाए । लम्बोदर पार्वतीनन्दन दुर्वासा भएको कयाकैरन सुनाए । शान्तिदूत बनेर युद्ध रोक्न खोजे ! सकेनन् । बाटो लागे। “उत्तर आधुनिक युद्ध !” मोर्चा पुग्यो मैदानमा ।अर्को पक्ष, विपक्ष हेर्नलायक थियो ।
उता, अर्को पक्षमा गणेशजीको बाहन आरामसित कस्सिएर खडा । “आक्रमण !!” आदेश भयो। हावामा आक्रमण ! किन कि मुसो महाराज दुलोमा छिरेर सुरुङ मार्गबाट कैलाश पुगिसकेको थियो । बर्बरिक बोल्यो, “यो त मुसाको नैतिक विजय ! जाबो मुसाको विरुद्धमा यत्रो मोर्चाबन्दी ! लज्जाबोध भएन यी मेघा महाजन्तुहरूलाई ?” घटोत्कचले सम्झायो, “छोरा, यही हो उत्तर आधुनिक युद्ध ।”
०००
चितवन, हाल- क्यानडा
Subscribe
Login
0 Comments
Oldest





































