साइबर अपराध सम्बन्धी सचेतना सामग्री

धरोधर्म गर्छु (४१)

जलेको लास हेरेर रोएको दृश्य चाहियो सोही दृश्य फिँजाएर विदेशी दाम ल्याइयो । यसरी योजनावद्व जोगाउँदै गए वन देश चाँडै उँभोलाग्छ आओस् जाँगर बेस्कन ।

Nepal Telecom ad

डिल्लीप्रसाद मूलतिहुन :

भेट्टाए हरिया डाँडा चाँडै नाङ्गा गराउँछु
रोपेका बिरुवा मास्न गाई बाख्रा चराउँछु । (५२६)

जोगाउने कुरा गर्छु बाक्लो जङ्गल गाउँको
हुर्केका बिरुवा मास्ने आफै हूँ यस ठाउँको । (५२७)

भोट माग्दा म भन्नेछु मास्न दिन्न बचाउँछु
चोर्दा तस्करले काठ निद्रा लाग्छ निदाउँछु । (५२८)

जो गर्छन् घाँसको खोजी तिनैलाई फसाउँछु
यिनै तस्कर हुन् भन्दै कारागार पसाउँछु । (५२९)

मैले चराचुरुङ्गीको बासस्थान बनाउँछु
कुनैबेला गुलेलीले ताक्छु खुसी मनाउँछु । (५३०)

मासेर वनका पंक्षी रक्सी जाँड बुत्याउँछु
तिनैको गणना गर्ने योजना फेरि ल्याउँछु । (५३१)

ठूलो बजेटको पोको चारोको निम्ति ल्याउँछु
चारो खाएर पंक्षीको आफ्नो पेट सुन्याउँछु । (५३२)

पासो थापेर पासोमै गणना गर्छु दैनिक
ब्याधाभन्दा म बाठोछु यस्तो जुक्ति छ कोसित । (५३३)

वन्यजन्तु सुरक्षामा असाध्य ध्यान लाउँछु
शिकारी नपुगेसम्म जीवजन्तू बचाउँछु । (५३४)

वननै धनहो भन्ने नारा ज्यादै फिँजाउँछु
काँडोहूँ वनको आफै मौका हेरि बिझाउँछु । (५३५)

साथ तस्करको पाए थाल्छु गला मिलाउन
देशै जङ्गलझैँ लाग्छ म खोज्छु गीत गाउन । (५३६)

डँंढेलो वनमा लागे मलाई नसुनाउनु
हुन्न आगो निभाएर बरु ज्यान गुमाउनु । (५३७)

बस्ती सखापभो भन्ने समाचार बनाउँला
जोहो राहतको गर्दै हामी शोक मनाउँला । (५३८)

जलेको लास हेरेर रोएको दृश्य चाहियो
सोही दृश्य फिँजाएर विदेशी दाम ल्याइयो । (५३९)

यसरी योजनावद्व जोगाउँदै गए वन
देश चाँडै उँभोलाग्छ आओस् जाँगर बेस्कन । (५४०)

क्रमशः

०००
चाँगुनारायण, भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सभ्य सवाई

सभ्य सवाई

डिल्लीप्रसाद मूलतिहुन
कति मर्नु ?

कति मर्नु ?

डिल्लीप्रसाद मूलतिहुन
जान्दछौँ

जान्दछौँ

डिल्लीप्रसाद मूलतिहुन
राम्रो पाठशाला

राम्रो पाठशाला

डिल्लीप्रसाद मूलतिहुन
देउ पैसा

देउ पैसा

डिल्लीप्रसाद मूलतिहुन
देख्छस् डिल्ली तँ (२)

देख्छस् डिल्ली तँ (२)

डिल्लीप्रसाद मूलतिहुन
श्रेष्ठ सर्जकहरू बन्छन् सबै ती मुला

श्रेष्ठ सर्जकहरू बन्छन् सबै...

बिन्दु दहाल ‘मूकदर्शक’
त्रिशूलीको बगरबाट

त्रिशूलीको बगरबाट

शम्भु गजुरेल
शासक सत्याग्रह

शासक सत्याग्रह

डा. विदुर चालिसे
0
Would love your thoughts, please comment.x
()
x