साइबर अपराध सम्बन्धी सचेतना सामग्री

प्रकाशककाे पत्र

तपाईं यी कविता र व्यङ्ग्यआदिकाे जालमा कहिलेसम्म अल्झिनुहुन्छ ? अपराध, सेक्स, जासुसी अनि अनैतिक प्रेमजस्ता विषयमा किन केही लेख्नुहुन्न ? हाम्राे यस सुझावलाई गम्भीरतापूर्वक लिनुहाेला र समयकाे लाभ लिनुहाेला ।

Nepal Telecom ad

रवीन्द्रनाथ त्यागी :

व्यङ्ग्यानुवाद : रमेश समर्थन

मान्यवर,
तपाईंको दिनाङ्क तेइसकाे पत्र पाएँ । तपाईंले आफ्नाे राेयल्टीकाे हिसाब अहिलेसम्म नपाएको र यसै विषयलाई लिएर तपाईंले निकै दु:ख झेल्नुपरेकाे कुराे थाहा पाएँ । यस सन्दर्भमा तपाईंले आफ्नाे हिसाब नपाउनुकाे कारण हामीले नै यहाँबाट पठाउँदै नपठाएकाे हाे भन्ने निवेदन गर्न चाहन्छु । यता हामी एउटा प्रेस स्थापित गर्न व्यस्त भयाैं जसकाे लागत झन्डै पचास लाख आयाे । सबै लेखकहरूकै कृपा हाे । अब तपाईंका किताबहरू समीक्षाका लागि पढ्नै नपर्ने गरी सानका साथ छापिने छन् । हेर्नु मात्र नै पर्याप्त हुनेछ । “खाम हेरेर नै तिमीले पत्रकाे विषय थाहा पाउनुपर्ने छ ।” भनेझैं ।

याे वर्ष राम्राे रहेन । तपाईंजस्ता लाेकप्रिय लेखकका किताब पनि त्यति धेरै बिकेनन् । हालत कतिसम्म बिग्र्याे भने पाेहर बिकिसकेका पनि केही प्रति त फिर्ता आए । एकातिर त यस्ताे अवस्था रह्याे भने अर्कातिर धमिराले पनि धेरै साहित्य खाइदियाे । पाठकहरू निष्क्रिय रहे अनि धमिराहरू सक्रिय रहे ।

तीस रुपैयाँ दस पैसाकाे चेक संलग्न छ । रसिद पठाउन नबिर्सनुहाेला । याे राशि तपाईंको प्रतिष्ठालाई हेर्दा केही कम हाे भन्ने कुराे हामी स्विकार्छाैं तर ती लेखकहरूका बारेमा पनि साेच्नुस् जसलाई हामीले तीस रुपैयाँ पनि कहिल्यै दिएका छैनाैँ । एउटा अर्काे कुराे । तपाईं यी कविता र व्यङ्ग्यआदिकाे जालमा कहिलेसम्म अल्झिनुहुन्छ ? अपराध, सेक्स, जासुसी अनि अनैतिक प्रेमजस्ता विषयमा किन केही लेख्नुहुन्न ? हाम्राे यस सुझावलाई गम्भीरतापूर्वक लिनुहाेला र समयकाे लाभ लिनुहाेला । सके तपाईंले त्यस्ताे एकजना व्यक्तिका बारेमा सुन्नुभएकाे पनि हाेला जसकाे हातबाट एकपटक फुस्केकाे समय फेरि कहिल्यै फर्केर आएन । ठिक त्यस्तै जस्ताे एकपटक तपाईंको पाण्डुलिपिका साथमा पनि भएकाे थियाे ।
शेष कृपा ।

०००
हिन्दीका प्रखर व्यङ्ग्यकार रवीन्द्रनाथ त्यागीकाे हास्यव्यङ्ग्य सङ्ग्रह “प्रतिनिधि व्यङ्ग्य” भित्रकाे ” लेखक के नाम पाँच पत्र” भित्रकाे दमदार व्यङ्ग्य “प्रकाशक का पत्र” काे नेपालीअनुवाद ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तैलचित्र

तैलचित्र

रवीन्द्रनाथ त्यागी
एउटा ससानो कुरो

एउटा ससानो कुरो

रवीन्द्रनाथ त्यागी
स्ट्राइक

स्ट्राइक

रवीन्द्रनाथ त्यागी
प्रजातन्त्र

प्रजातन्त्र

रवीन्द्रनाथ त्यागी
हाम्रो राजभाषा

हाम्रो राजभाषा

रवीन्द्रनाथ त्यागी
अन्तर्य

अन्तर्य

मीनप्रसाद लामिछाने
सुव्यवस्था

सुव्यवस्था

सुरेशकुमार पाण्डे
नेताको व्यथा

नेताको व्यथा

रामकुमार पाँडे
0
Would love your thoughts, please comment.x
()
x