साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नारी विद्रोहका पाँच थरी आवाज

"अनि ?" "समर्पणको माल्यार्पण !" "अनि अनि ?" "अधिकारका खोक्रा आश्वासन !" "यत्तिले पुग्छ त ?" "हैन, अझै अपमानको घुट्का पिउन बाँकी छ !"

Nepal Telecom ad

लक्ष्मी रिजाल :

१. उपहार

“के उपहार ल्यायौ नारी दिवसमा ?”
“आफ्नै अधिकार !”
“त्यो त वर्षौंदेखि लुटिएको थियो, कहाँ भेट्यौ ?”
“हिजो भेला थियो, त्यहीँ आफैंलाई भेटें ।”
“अनि, के गर्यौ त ?”
“चुपचाप रहेर हेर्दै थिएँ- कसैले आवाज उठायो, कसैले ढोका ढकढक्यायो ।”
“अनि ?”
“मभित्रको डरलाई बन्धक बनाएँ र बोल्न सिकें ।”

“के भन्यौ त ?”
“अब न मौन बस्छु, न झुक्छु !”
“हेर न त, अझै धेरै बाँकी छ तिम्रो हिस्सा !”
“हिस्सा मात्रै होइन, अस्तित्व पनि लिन्छु- यो साँचो स्वरको बिउ छरेर !”
०००

२. कोसेली

“के पाइस् नारी दिवसमा ?”
“मुटुको एक टुक्रा !”
“के मतलब ?”
“मलाई न्याय खोज्ने आवाज !”
“अनि ?”
“हकका नाममा खोसिएको मेरो स्वतन्त्रता !”
“अरू के ?”
“सपना लुट्ने ती आँखाहरूको कठोर दृष्टि !”
“त्यसपछि ?”
“अझै पर्खाइको भारी बोकिरहेकी छु !”

“ल हिँड, अर्को दिवस पनि आउँदैछ, फेरि तिम्रो अस्तित्वमा धावा बोल्ने अवसर त छँदै छ !”
०००

३. समानताको भोज

“भोज खायौ ?”
“खाएँ ।”
“के के खायौ ?”
“अधिकारको सपना !”
“अनि ?”
“स्वाभिमानको स्वर !”
“अनि अनि ?”
“समानताको रहर !”
“अघायौ त ?”
“अझै भोकै छु !”
“ल हिँड ! आज नारी दिवस छ, हामी आफ्नै भाग खोज्नेछौं !”

समानता कहिल्यै भिखमा पाइँदैन, त्यसलाई लडेर जित्नुपर्छ !
०००

४. आवाज

“नारी दिवस मनाउन जाँदै छौ ?”
“हो, जाने त हो ।”
“त्यहाँ के हुन्छ त ?”
“प्रतिबद्धताको भाषण !”
“अनि ?”
“समर्पणको माल्यार्पण !”
“अनि अनि ?”
“अधिकारका खोक्रा आश्वासन !”
“यत्तिले पुग्छ त ?”

“हैन, अझै अपमानको घुट्का पिउन बाँकी छ !”
“ल, हिँड ! हाम्रा सपनाहरू मुर्च्छाउन दिनुहुन्न ।”

०००
५. विद्रोही

“आज के पायौ ?”
“सम्मानको खोक्रो भाषण ।”
“अनि ?”
“बराबरीको सुनौलो सपना !”
“अनि अनि ?”
“स्वतन्त्रताको चकनाचुर आशा !”

“थाक्यौ त ?”
“अझै म लडिरहेकी छु !”
“ल, हिँड ! हाम्रो आवाज दबाउन खोज्नेहरू अझै बाँकी छन् !”

– विद्रोह कहिल्यै सकिन्न, जबसम्म चुप बस्नुको मूल्य चुकाउनु पर्छ !

०००

कञ्चनरूप- १२, प्रगतिटोल, रूपनगर, सप्तरी ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
उचाइ

उचाइ

लक्ष्मी रिजाल
भाषण र भान्सा

भाषण र भान्सा

लक्ष्मी रिजाल
जागरणको घण्टी

जागरणको घण्टी

लक्ष्मी रिजाल
छायाको आवाज

छायाको आवाज

लक्ष्मी रिजाल
पसिनाको क्रान्ति

पसिनाको क्रान्ति

लक्ष्मी रिजाल
सुकिला अतिथि

सुकिला अतिथि

माधव पोखरेल गोज्याङ्ग्रे
‘एक कान दुइ कान मैदान’ = भाइरल

‘एक कान दुइ कान...

कृष्ण प्रधान
किन आउँदैन ?

किन आउँदैन ?

रामकृष्ण ढकाल
सिको

सिको

दिप मंग्राती
0
Would love your thoughts, please comment.x
()
x