याेगीश कृष्णतत्व ज्ञान
नेताजीमध्ये एकजना बम्किए– “तपाईँ पागल हो कि क्या हो ? यत्रो सान, मान, पद, प्रतिष्ठा त्यागेर कोही हिँड्छ ?” अरु नेताहरू गलल हाँसे । कार्यकर्ता सबका सामुन्ने हाँस्न सकेन ।

योगीश कृष्ण :
नेताजीहरू पालो पालो भाषण गरिरहेका थिए । कार्यकर्ता चकित थियो । त्योभन्दा बढी प्रशन्न थियो । ऊ दङ्ग परेर बेलाबेलामा ताली पनि पिट्ने गर्दथ्यो ।
हजारौँको ज्यान लिएर सत्तामा पुुग्ने नेता अहिंसाको कुरा गर्दै थिए । मानवताको बखान गरिरहेका थिए । दयाको महत्व बखान गर्दै थिए ।
अनगिनत भ्रष्टाचार, असंवैधानिक क्रियाकलापमा संलग्न नेता र शान्तिको सन्देश दिँँदै थिए ।
अनेकौँ जालझेल र विदेशी शक्ति केन्द्रको आडमा सत्तामा ररिरहन चाहने नेता सत्य र इमानको कुरा गर्दै थिए ।
नेताहरूको भाषण सुनेर कार्यकर्ताको मन पनि निर्मल भयो । जानिनजानी नेताहरूको लहैलहैमा लागेर जनता र मुलुकको अहित गरेँ कि भन्ने उसको मनमा लागिरहन्थ्यो । बल्ल हलुका भयो ।
कार्यक्रम सकियो । नेताहरूको समूह हाँस्दै बाहिर निस्कियो । कार्यकर्ता पछि पछि लाग्यो । करौडौँ मूल्य पर्ने उनीहरूका गाडीहरू पार्किङ् स्थलमा थिए । ड्राइभरहरू आआफ्ना गाडी ल्याउन तयार थिए । कार्यकर्ताले मुस्कुराएर हात जोड्दै सोध्यो– “हजुरहरू कहिले जाने हो ? म पनि सँगै जान चाहन्छु ।”
एक जना नेताले भृकुटि खुम्च्याउँदै सोध्यो “को जाने ? कता जाने ?”
कार्यकर्ताले उत्तर दियो– “अघि भित्र भाषण गर्दा यहाँहरूले बुद्धको मार्ग अनुशरण गर्ने भन्नुभएको थियो । म पनि गृहत्याग गरेर सँगै जान्छु ।”
नेताजीमध्ये एकजना बम्किए– “तपाईँ पागल हो कि क्या हो ? यत्रो सान, मान, पद, प्रतिष्ठा त्यागेर कोही हिँड्छ ?”
अरु नेताहरू गलल हाँसे ।
कार्यकर्ता सबका सामुन्ने रून सकेन ।
०००
काठमाडौं
Subscribe
Login
0 Comments
Oldest






































